• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

मरेको एउटा समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस रै'छ । कुनै समय पूर्णकालिन सञ्चारकर्मीको भूमिकामा रहँदा थुप्रै समाचारहरु स‌कलन गरिए । ति प्रकाशन भए प्रसारण भए । त्यसै क्रममा मरेको यौटा समाचारको कुरा । 

समाचार लेखेर पढेर जिविका गर्न छोडिसकेको थिएँ । भूकम्पपछिको तत्कालिन राहतको काममा थिए । काठमाण्डौको एउटा सञ्चारमाध्यमबाट फोन आयो । बढ्दै गएको एन्टीबायोटिकको प्रयोगका बारेमा रेडियो रिपोर्ट बनाउनु पर्ने थियो । 

फार्मेसी सञ्चालक र बिरामीको कुरा रेकर्ड गर्न समस्या परेन । यसमा डाक्टरकै कुरा राख्न पाए अझै रिपोर्ट राम्रो होला भन्ने लागेपछि मैले डाक्टरसँग कुरा गर्न चरिकोटका अस्पतालमा कुरा गरें । एमबिबिएस डाक्टरसँग कुरा गर्नका लागि खोजेको नपाइएला जसो भो । एक जना अस्पतालमा डाक्टर भएको पत्ता लगाएँ । 

मसँग धेरै समय पनि थिएन । काम गर्ने अफिसको काम धेरै द्रुत गतिमा गर्नुपर्ने थियो । अनि रिपोर्ट पठाउने समय पनि नजिकिँदै थियो ।

डाक्टरसँग औषधी प्रयोगको बारेमा कुरा गरे । मलाइ डाक्टरहरु आफैंले बिरामीलाइ अनावश्यक औषधी प्रयोग गर्ने गर्छन कि गर्दैनन् भन्ने आवाज चाहिएको थियो । आधा घण्टा कुरा गरेपछि मैले मलाई आवाश्यक पर्ने आवाज रेकर्ड गरें । 

रिपोर्ट तयारी गरेर पठाइदिएँ । उताबाट राम्रो बनाउनुभएछ भन्ने जवाफ आयो । मैले लामो समयसम्म काम गरेको रेडियोलाई पनि रिपोर्ट दिएँ । कैलेकाँही जाँगर चल्दा काम नगरेपनि रिपोर्ट बनाएर रेडियोलाई दिने गरेको थिएँ । 

१ हप्तापछि तिर रेडियोमा काम गर्ने १ जनालाइ मेरो रिपोर्ट के भयो (बज्यो कि बजेन) भन्दा उसले त्यो प्रश्नको जवाफ नदिइ अरु नै कुरा गर्‍यो । त्यसको केहि समयपछि मलाइ उसले बतायो कि रिपोर्ट रेडियोबाट बजेन । सामान्य रोगमा पनि अनावश्यक रुपमा एन्टिबायोटीक प्रयोग गर्दा शरिरमा के कस्तो हानी हुन्छ भन्ने विषयमा बनाएको रिपोर्ट नबज्नुको कारण मैले बुझेको थिइन । पछि एक चियागफमा मलाइ रेडियोको साथीले रिपोर्ट नबज्नुको कारण बेलिबिस्तार लगायो । 

'रिपोर्ट छोडेपछि समााचार प्रमूखले रिपोर्ट हेरे । यो रिपोर्ट यो रेडियोबाट बजाउन मिल्दैन भने । किन र भनेर सोध्दा उनले जवाफ दिए । यो रिपोर्टमा प्रयोग गरिएको आवाज एउटा अस्पतालमा काम गर्ने डाक्टरको रैछ । उक्त अस्पतालले हामी जोडिएको कुनै पनि सामाग्री रेडियोबाट बजाउनु अघि हामीलाइ सोध्नपर्छ भनेको छ ।'

यसरी मेरो एउटा समाचार मर्‍यो । 


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना