• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

केसि कांग्रेस नै हुन् त कमरेड!

चिकित्सा शिक्षा सर्वसुलभ हुनुप¥यो। यो शिक्षामा पैसा हुनेहरुका लागि मात्र हुनुभएन्। लगायतका माग राखेर अनसन मार्फत राज्यलाई खबरदारी गरिरहेका डाक्टर गोविन्द केसि अनसन बसिरहेका थिए जुम्लामा। लामो समय कम्युनिष्ट आन्दोलन गरेर जेल बसेका खड्गप्रसाद ओली प्रधानमन्त्री थिए। अनसन लम्बिँदै गएको थियो। जनमत प्रष्ट २ कित्तामा विभाजन भएको थियो। एकथरी एकजना व्यक्तिले राज्यलाई चुनौती दिने? भन्ने मत राख्दथे। अर्काथरी केसी कांग्रेस भएका कारण उनले कम्युनिष्ट सरकारको विरोध गरेको बताइरहेका थिए। 


बजारमा पक्षविपक्षमा मतहरु आइरहेका बेला माक्र्सवादका बारेमा विद्यावारिधी गरिरहेका एक विद्धानसँग मेरो भेट भयो। उनलाई मैले सोधें “केसिले उठाएका माग त कम्युनिष्ट दर्शनका चरित्र हैनन्? कम्युनिष्ट नेता कार्यकर्ताले केसिको समर्थन गर्नुपर्ने हैन र?” उनले एकछिन सोचे र भने “माक्र्सबादको एक आधारभुत सिद्धान्त भनेकै सार्वजनिक विषय प्रमूख र व्यक्तिगत विषय गौण हुन्छ भन्ने हो। यो मात्रै हैन माक्र्सवादका अन्य सिद्धान्तका आधारमा विश्लेषण गर्दा पनि केसिले उठाएका सवालहरु माक्र्सवादी हुन् ।” 

अहिले पनि केसि अनसन बसिरहेका छन्। इलाममा अनसन बसेका उनलाई इलाम अस्पतालमा उपचार गर्न नसकिने ठानेर नै काठमाण्डौ ल्याइएको छ। यसै बीचमा सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेका छन्। जसमा आफुसँग भएका सम्झौता नसमेटिएका भनेर केसिको अनसन जारी छ। केसि कांग्रेस भएका कारण उनले अनसन गरेको एक थरिको विश्वास छ। केसिलाई कांग्रेस बनाउन कम्मर कसेर लागेका छन् एक हुल तर्कवाजहरु। कसैको कुरा संसदिय सर्वोच्चतामा छ। केसिका माग पुरा भएमा यो देशमा के तात्विक फरक पर्छ? यस्तो खालको तथ्यगत विश्लेषण भएको लेख पढ्ने रहर पनि पुरा भएको छैन। 

म राजनीतिक मान्छे होइन्। राजनीति गर्ने सोख होइन। राजनीतिक दर्शनहरु भने रुचीका विषय हुन्। मैले आजसम्म बुझेको कुरा के मात्र हो भने कम्युनिष्ट विचारधाराले सार्वजनिक विषयलाई धेरै जोड दिन्छ। यो विचारधाराले राज्यलाई नागरिकको बलियो अभिभावकका रुपमा लिन्छ। नागरिकहरुलाई राज्यको अनुमतिपालक।

कम्युनिष्ट विचारधारका प्रणेता कार्ल माक्र्सले समाजमा धनि र गरिवको वर्ग हुने र सामन्ती राज्यव्यवस्थाले धनीहरुकै हितमा काम गर्ने भएका कारण समाजमा विद्रोह हुने वर्गसंघर्षको सिद्धान्त अघि सारे। यसै सिद्धान्तलाई अंगिकार गर्ने भनेर नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो। यहि दर्शनमा उनिहरुले जनतासँग मत मागे र अहिले उनिहरु २ तिहाइ मतका साथ सत्तामा छन्। 

हुन त अहिलेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपि ओलीले एक अन्तवार्तामा नेपालमा अहिले धेरैमा कम्युनिष्ट चरित्र नभएको स्विकार गरेका छन्। त्यसै भएर हुन सक्छ कार्यकर्ताहरु राज्यले शिक्षामा लगानी गर्नुपर्छ भन्ने एकजना अभियन्तालाई कांग्रेसी देख्छन्। केसिलाइ कांग्रेस देख्न लागेपछि उनिहरुले कल्पना गरेको कम्युनिष्ट कस्तो होला भन्नेमा अचम्म मान्नपर्ने अवस्था आइपरेको छ। 

कम्युनिष्ट पार्टीले गर्ने व्यवस्थाको झल्को तत्कालिन नेकपा माओवादीले पश्चिममा जनकम्युनहरु खडा गरेर अलिअलि सुरु गरेकै थियो। हिजो कम्युनिष्ट भएर गाँउगाँउमा संगठन खडा गर्दै हिँडेका इमानी कार्यकर्ता आज केसिलाई कांग्रेस बनाइएको देख्दा खुसी हुँदा हुन् कि, तिनीहरुको मनमा के के खेल्दो हो? 

राज्यलाई बलियो बनाउने कुरामा कम्युनिष्टहरुकै विरोध हुन लागेपछि हिजो कांग्रेसले सरकारी उद्योग निजीकरण गरेर देशलाई धरासयी बनायो भन्ने तर्क गर्दा त अलिकति असजिलो लाग्नुपर्ने हो कम्युनिष्ट कार्यकर्तालाई। त्यो लाग्ने रैनछ किनभने अव कम्युनिष्टहरुले आफ्नो आधारभुत चरित्र नै गुमाइसकेछन्।

केसिसँग मेरो कुनै किसिमको लिनुदिनु छैन। केसिले हाम्रा नेताहरुलाई ४ थरी जन्ममिति भएका प्रमाणपत्र हुनेहरुले न्यायालय नेतृत्व गरिरहेका छन् भने। जुन समयक्रममा पुष्टि भयो। साँच्चे राज्य थियो भने उनले कारवाही भोग्नुपर्ने थियो। हाम्रो नयाँ नेपालमा उनले राज्यबाट पुरस्कारै पाए! इमानी कार्यकर्ताले यसमा पनि हात दुख्नेसम्म ताली बजाए। 

शिक्षामा नीजिकरण हुनु हुन्न यो राज्यको दायित्वमा पर्छ भन्ने कम्युनिष्ट दर्शन हो। कांग्रेसको दर्शनले राज्य नियामक मात्रै हुन्छ भन्ने विश्वास राख्छ। उसले बजार नै सबै कुरा हो भन्छ। बजारले जे माग्छ त्यहि नै नीति नियम निर्माण गर्नु हो पुँजीवादी धारा। 

‘....केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन। प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरु, सामाजिक संस्थाहरु, नेताहरु र अधिकारीहरुको बारेमा आफूलाई लागेका कुराहरु स्वतन्त्र रुपमा बोल्न दिनुपर्छ ....’ जनताको बहुदलिय जनवादमा मदन भण्डारीले भनेका कुरा हुन् यी। अहिले सरकार र यसका समर्थकको कुरा सुन्दा लाग्छ सरकारका बारेमा कुरा नगर। गर्न मन लागे प्रशंसा गर। 

अन्तमा, घाँस खान लागेपछि बाघ बाघ हुँदैन बाघकै छोरो भएपनि। सकेसम्म राज्य लुट्न खोज्ने र त्यसो भएको समर्थनमा ताली ठोक्नेहरु कम्युनिष्ट हुन सक्दैनन्। कम्युनिष्ट भन्नेहरुले कम्युनिष्टका आधारभुत चरित्र त थाहा पाउनैपर्छ, अवलम्बन गर्नैपर्छ। हैन भने ति भेडाको छाला खोल ओढेका व्वाँसाहरु हुन्, जो भेडाजस्तै देखिएर भेडाकै शिकार गरिरहन्छन्। 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना