• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आस्थामा व्यापार छिरेपछि !

मन्दिरको गेटमा राखिएको सुचना 
कालीञ्चोक मन्दिर जान लागेका कालिञ्चोक गाउँपालिकाका पदम पाठक कुरी बजार पार गर्नेवित्तिकै राखिएको सुचना देखेर अचम्ममा परे। सुचनामा लेखिएको थियो 'विहान ६ बजे गेट खोल्ने पूजारीले ६:३० बजे पूजा गरेपछी भक्तजनहरुले ६:३० बजे पछिबाट पूजा गर्ने दिउँसो ११:५५ वजे नित्य पूजाको लागि ३० मिनेट बन्द हुनेछ र बेलुकी ४:०० बजेपछि बन्द हुनेछ।'
सुचना देखेपछि उनले स्थानीयहरुसँग त्यसको सोधखोज गरे। स्थानीयले २ महिनादेखि यो नियम लगाइएको जानकारी दिए। त्यसपछि उनले भने "यो काम गलत छ। व्यापारिक स्वार्थका लागि मन्दिरमा नयाँ नियम लगाइएछ। यसको म विरोध गर्छु।"
कालिञ्चोक मन्दिरमा भेटिएका डिल बहादुर तामाङ भने ३ वर्ष अगाडिदेखि नै यो नियम लगाइएको दावी गर्छन। उनले आफूलाई मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष भनेर परिचय दिए। उनका अनुसार समितिमा प्रमूख जिल्ला अधिकारी अध्यक्ष छन्। उनैको अध्यक्षतामा बसेको बैठकले यो नियम लगाएको हो। नियमित रुपमा मन्दिर जाने भक्तजन भने तामाङको भनाइमा सहमत छैनन। उनिहरु भन्छन् 'कालिञ्चोकमा निर्माण गरिएको केवलकार सञ्चालनमा आएपछि यो नियम लगाइएको हो। यसमा कुरीमा रहेका होटलहरु तथा केवलकार सञ्चालन गर्ने स्वार्थ छ।' 
कुरी बजारमा रहेको सुचना पार्टी खिच्दै दर्शनार्थी
कालीञ्चोक गाँउपालिकाका प्रमूख विनकुमार थामी समय तोकेर कसले सुचना टाँस गर्‍यो भन्ने थाहा नभएको बताउँछन्। "कसले टाँसेको हो भन्ने खोजी भइरहेको छ। गाँउपालिकाले सुचना हटाउन निर्देशन समेत दिइसकेको छ, " थामीले भने। 
यसबारेमा प्रमूख जिल्ला अधिकारी सागरमणि पाठक सँग प्रतिक्रिया लिँदा उनले भने "यसबारेमा कुनै निर्णय भएको छैन । स्थानीयहरुले आफुखुसी टाँसेका हुन सक्छन । त्यसलाई हटाउन निर्दर्शन दिइसकिएको छ।"

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना