• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

बत्ति बाल्ने अर्जबे कामी, कसैले सम्झिए कि सम्झिएनन् !

संयोगहरु बाट नै त जिन्दगी अगाडी बढेको छ !

बुढाभीमसेन माध्यामिक विद्यालयले निकाल्ने स्वर्णमहोत्सव स्मारिकामा मैले लेख्ने विषय नै हुने थिएन । म त्यससँग कुनै प्रकारबाट पनि सम्बन्धित थिइन । एउटा परिक्षामा परिक्षार्थीको रुपमा सहभागी हुन विद्यालयसम्म गएको हुँ । त्यसभन्दा बढि केहि छैन । 

तर पनि यो सामग्री मलाई विद्यालयकै स्वर्णमहोत्सव स्मारिकामा लेख्ने अवसर जुरेको छ । सुरुमा अलिकति पृष्ठभूमि ।

म जनकपुरमा काम गर्थें । घर आउँदा/जाँदा तामाकोसीबाट बस फेर्नुपथ्र्याे । २०७४ सालको अन्तिमतिर । जनकपुर जान भनेर हिँड्दा तामाकोसीमा केहि घण्टा बस्नुपर्ने भयो । चरिकोटबाट ७ बजे हिड्ने बस तामाकोसीबाट छुटिसकेको थियो । ९ बजे हिड्ने बस आइपुगेको थिएन । मसँग पुगनपुग १ घण्टा समय थियो । क्यामेरा र रेकर्डर झोलामा थिए । मलाई तामाकोसीमा जडान भएको च्छोरोल्पा पूर्वसुचना प्रणालीको फोटो खिच्न मन लाग्यो । म त्यो खोज्दै चरङ्गेतिर गएँ । त्यतैतिर भएको जस्तो लागेको त्यो चिज मैले नियाल्दै गएँ । परसम्म पुग्दा पनि भेटिन । तामाकोसीमा पानीभीत्रै गएर बालुवा निकालिरहेका थिए डोजरहरु । नदिमा खाल्डै खाल्डा थिए । केही फोटो तिनकै खिचें । फर्कँदै गर्दा एकजना वृद्ध घरमा घाम तापिरहेका थिए ।

भूकम्पबाट चर्किएका तर नभत्किएका घर लहरै थिए । मैले समय हेरें । मसँग आधा घण्टा समय बाँकि नै थियो । बालाई सोधें आरामै हुनुहुन्छ ? हामी गफिन लाग्यौं उनले बुढाभीमसेन माध्यामिक विद्यालय स्थापनाका कुरा सुरु गरे । 

मैले झोलाबाट रेकर्डर झिकेर अन गर्दासम्म केहि प्रसङ्ग छुटिसकेका थिए ।   

......म के को सम्धी हजुर भनेर हाम्रा मुखियाले भने । 

त्यस्तो तोड पारेर नभन्नुस हजुर, मलाइ के भन्नु भएको थियो र मैले के गरिन ? तपाँइहरुले केहि भनेर पो मैले गरिन कि, नभनेर गरिन । कहाँ के भैराछ म के जान्नु । अव मेरो जिल्लाभरी हेर्नुप¥यो । मलाई भन्नेले भन्दापनि भ्याउनलाइ गारो गर्छ । मेरो मात्र हात हैन । मैले भनेर मेरो हुकुम चल्ने हैन । के गर्नु पर्ने हो मैले ? आजसम्म भन्नु नै भएको छैन ल भन्नुस ।

हजुर, हामीले एउटा स्कुल स्थापना गरेको कोटा माग्न जाँदा कोटा पनि दिँदैन । जफेका हरिहर शर्मा हाकिम रैछन, मागापौवा, लामिडाँडा कताकताका पनि रैछन् । कोटा माग्दा दिएनन् । हामीले तपाँइहरुकै ज्वाइचेला ओराङमा हो ससुराली, हाम्रो गाउँका अम्बरबहादुर विष्टका नाती उसलाई महिनाको दश रुपैंया देको । अहिले ३ वर्ष भैसक्यो उसले १० रुपैयामा पढाको । १० रुपैंयामा पाउने मान्छे नै हैन । हामीलाइ हार्न नसकेर पढाको हो । स्कुल जान्छ भन्ने त्राहीले । स्कुल स्थायी गराउनका लागि मात्र । 

ओहो ! ल कहाँनिर पर्छ स्कुल ?

उ.. त्यो माथी । 

ल आजको १० दिनमा दुईटा केटा आउँछन् । विश्वविद्यालयबाट दुईटा केटा आउँछन् । तिनिहरुलाई देखाउनु । तिनले नक्सा लिन्छन । भविश्यमा क्याम्पस हुँदा चाहिनेसम्मको कम्पाउण्ड नक्सा खडा गर्छन । उनिहरुलाई देखार पठाउनु । विर्सनुहोला ! ग्यारेन्टि, लेखेर राख्नुस । 

१० दिनमा केटाहरु आए । 

यहाँ बुढाभीमसेन प्रावि कहा हो साहुजी ? 

बुढाभीमसेन प्रावि केलाइ हजुर ? 

हामी विश्वविद्यालयबाट आएका । हामीलाई यहाँको माननीय ढालबहादुर(खड्का) ज्युले पठाउनुभएको । स्कुल हेरेर कम्पाउण्ड सहितको नक्सा लिएर आउ भनेर पठाउनु भा । 

चिया खाएर जाऔं हजुर भनेर हाम्रा तालुकदारले भनेछन् । 

चिया नखाउँ बुबा । कोहिले दाउरा बोकौं । कोहिले भाँडा बोकौं । कोहिले पानी बोकौं । माथि नै चिया पनि पकाऔं । काम पनि गरौं । 

पानी त उहिँ छ हजुर । 

झन जाति भो । अरु सामान लिएर जाऔं । 

हामी सबै गयौ । सबै हेरेपछि एउटा बारीको पाटो, झण्डै छ माना जति मकैको विउ लाग्ने पाटो माथि कामीको थ्यो । कामीका सन्तान कोहि थिएनन् । बुढाबुढी मात्रै थिए । 

यो जग्गा लिन सक्नुहुन्छ कि हुन्न ? यो जग्गा लिन सके राम्रो हुने थियो । पछि क्याम्पस हुन्छ । क्याम्पस भाको बेलामा कम्पाउण्ड अलि पुग्दैन । 

कामीलाई तत्काल डाकियो । कामी आयो । 

ए हजुर यो पाटो बारी मिलाउन सक्नुहुन्छ ? मोल कति हो ? 

गाउँलेहरुले भने ।

जति दिनुहुन्छ त्यति । बत्ति बल्ने कुरो हो । मेरो छोराछोरी कोही नभएपनि मैले यो बत्ति बाल्न मद्धत गर्नैपर्छ । यो अँध्याराको वत्ति हो । यस्तो बत्ति बाल्ने ठाउँमा म दिन्न भन्दिन । म मरेपछि कसले खान्छ ? सित्तै जान्छ । ल कागज लेख्नुस म तुरुन्त सहि गर्छु । 

पैसा कति ? 

जति दिनुहुन्छ त्यत्ति । म मोल गर्दिन, जति दिनुहुन्छ त्यति दिनुस । म पनि अँध्याराको वत्ति बाल्नलाई सहयोग गर्ने हुँ  । सहयोग गर्दाखेरिमा हामीलाइ पनि माथि दैवले उज्यालो ठाउँमा लान्छ कि ! दे सन्तोक छ, नदेपनि सन्तोक छु म । हँसिलो मुख छ मेरो । 

अर्जबे कामी भन्थे । उसको खास नाम त मलाइ पनि थाहा छैन ।

उसको जग्गासहितमा बनाको नक्साले अहिले स्कुल रिमिझिमि भाको छ हजुर । 
...............

यो सामग्रीका लागि मैले उनीसँग गरिएको कुराकानीको पुरै रेकर्ड सुनें । उनको नाम सोधिएको रैनछ । मलाई त्यो प्रश्न गरेकै जस्तो लागेको थियो । लाग्नु र हुनु कति फरक छ !

फोटो पनि खिचेको थिएँ । प्रविधिले धोका दियो । ड्राइभ विग्रियो । फोटोसँगै अरु थुप्रै सामग्री मेटिए । पुरानो डायरीमा मिति र उनको नाम भने फेला प¥यो । नाम खड्गबहादुर राउत । कुरा गरेको मिति २१ चैत्र २०७४ । यत्ति र उनले बोलेको सम्झना बच्यो । त्यहि नै प्रस्तुत गरें । तपाईंका लागि !

२०७५ फागुन ९ गते मनाइएको स्वर्णमहोत्सव स्मारिकाका लागि लेखिएको लेख 
'स्वर्णमहोत्सव स्मारिका २०७५, पेज ५४-५५'

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना