• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सम्झनामा त्यो वातावरण दिवस !

आज वातावरण दिवस रैछ । धेरै वातावरण दिवसहरु मनाइयो । कतै विर्सिएर गए । कति प्रसङ्गबस सम्झनामा आउलान । २० वर्षअघितिरको एउटा वातावरण दिवस भने सम्झनामा छ । किनभने त्यसमा मैले कविता बाचन गरेको थिएँ । त्यो पनि विद्यालयकै मिसले लेखिदिनुभएको । 

वातावरण जोगाउँ हामी सबै मिली 
वातावरण जोगाएमा बन्छ हरियाली । 


यो २ लाइनभन्दा बढि कविता सम्झन सक्दिन । हनुमन्तेश्वर उच्च माध्यामिक विद्यालयमा ग्रिन क्लबले कविता प्रतियोगिता आयोजना गरेको थियो । विद्यालयको तर्फबाट म कविता बाचनमा जाने भएँ । आफूलाइ कविता भनेको के हो थाहै थिएन । रजुना मिसले कविता लेखिदिनुभयो । विद्यालय पोशाकमै जानुपर्ने थियो कार्यक्रममा । अरु त्यसरी लगाउन मिल्ने कपडा पनि थिएनन् कि ! 

विहानै सर्ट धोएर चिसै सर्ट लगाएर काब्रेतिर लागियो । बाटामा गाउँलेले भेटे । उनिहरु काब्रेबाट लहरेमाने पसलको सामान लिएर आएका थिए । लुगा चिसै देखेर उनिहरुले भने के भयो । मैले खोलामा लडें भने । पुलबाट । सबैले पत्याएछन् । पछिसम्म पनि सोध्दै थिए । मलाइ अहिले लाग्छ सहि कुरा भनेको भए पनि हुन्थ्यो होला । 

हनुमन्तेश्वर माध्यामिक विद्यालयमा कविता सुनाइयो । डरले के के भनियो । थाहा भएन । पुरस्कार पाउनु त परको कुरा !

आज म कविता लेख्छु । तर लाग्छ कविताप्रतिको आकर्षण यहि घटनाले बढाइदिएको हो । कविता लेखेर पनि प्रतियोगितामा सहभागि गराउने रजुना मिस र प्रतियोगितामा पठाउने विद्यालयले नै मलाई अरुका अगाडि बोल्न सक्ने बनाइदिए । आजका लागि मेरो त्यहि सम्पत्ति हो । सबैमा आभार । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना