• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

महाभारत कथाः सत्य हारेको बेला

नागहरुका आमा विनिता र गरुडका आमा क्रदु एकपटक घुम्न गएका थिए । दुवै कश्यप ऋषिका पत्नीहरु थिए । दुवैले सूर्यको घोडा देखे । त्यो सेतो रङ्गको थियो ।
पछि दुवैबीचमा कुरा हुँदा विनिताले घोडाको पुच्छर कालो भएको बताइन । क्रदुले मानिनन् । दुवैले वाजी राखे जित्नेको हार्ने दासी हुने शर्त राखेर ।

घोडा पुरै सेतो रङ्गको भएको कुरा दुवै जनालाई थाहा थियो । विनिताले छोरा सर्पहरुलाई बोलाइन र भनिन । बाजी मैले हारेपछि म दासी बन्नपर्छ त्यसै भएर तिमिहरु गएर घोडाको पुच्छरमा बेरिएर त्यसलाइ कालो बनाओ ।
सर्पहरुमा विवाद भयो । आमाको अपराध लुकाउन हामी मतियार नबनौं भन्नेहरु र आमाको भनाइ मान्नपर्छ भन्नेहरु । भनाइ मान्नेहरु सूर्यको घोडाको पुच्छरमा बेरिन गए । नजानेलाई आमाले श्राप दिइन् । तिमीहरु जन्मेजयको यज्ञमा जलेर मर । श्राप पाउनेहरुले ब्रह्मासँग अनुरोध गरे । ब्रह्माले पनि आमाको कुरा ठीकै छ भन्दिए । अपराधमा सघाउनेहरु हाइहाइ भए । सत्यका पक्षमा उभिनेहरु जन्मेजयको यज्ञमा डढेर मरे ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना