• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वैत्येश्वर जग्गा प्रकरणः मुहानदेखी चुहानसम्म (भाग १)

आजभोली २०७७ असोजको २१ गते दोलखामा वैतेश्वर गाउँपालिकाको जग्गा अपचलनका बारेमा व्यापक चर्चा छ । यो प्रकरणमा गाउँपालिकाले गठन गरेको छानविन समितिले आज गाउँपालिकामा एक कार्यक्रम गरेर प्रतिवेदन सार्वजनिक गर्‍यो । यसले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र केहि वडाध्यक्षको परिवारका सदस्यका नाममा जग्गा भएकाे कुरा सार्वजनिक गरेको छ । 

यो प्रकरण कानुनी रुपमा प्रश्न उठाउन नमिल्ने तर नैतिक प्रश्न जोडिने खालको हो भन्ने मेरो बुझाइ छ । यसका बारेमा मैले पाएका जानकारीहरु क्रमश राख्दै जानेछु । आजको अंकमा गाउँपालिका केन्द्र कसरी पाँडुडाँडा भयो । पाँडुडाडामा जग्गा प्राप्तीका लागि के के कदमहरु चालिए भन्ने बारेमा जानकारी । 
देश संघिय संरचनामा जाने भएपछि स्थानीय तहहरुका सिमाना निर्धारण गर्नका लागि विभिन्न बैठकहरु आयोजना भए । यसरी आयोजना भएका बैठकले स्थानीय तहकाे नाम तथा केन्द्र सिफारिस गर्नुपर्ने थियो । साविकका गैरिमुदी, मिर्गे, काब्रे, नाम्दु र क्षेत्रपालाई मिलाएर बैतेश्वर गाउँपालिका बनाइयो । यसमा केन्द्रका बारेमा कुराकानी हुँदा बीचमा पर्ने पाँडुडाडा बनाउने भन्ने तय भयो । जिल्लाको पुनसंरचना गर्न गठित प्राविधिक समितिले पालिकाको केन्द्र पाँडुडाँडा भएको प्रतिवेदन पुनसंरचना आयोगमा पठाएको थियो । २०७३ फागुन २७ गते प्रकाशित राजपत्रमा स्थानीय तहको नाम र केन्द्र तोकिएको थियो । यसमा वैतेश्वर गाउँपालिकाको केन्द्र साविकको काब्रे गाविसको कार्यालयमा भनेर आयो । 


स्थानीय तहको चुनाव सम्पन्न भएपछि गाउँपालिकाको पहिलो बैठक केन्द्र तोकिएको पाँडुडाँडामा बस्यो । यस बैठकमा केन्द्र पाँडुडाडा बनाउने निर्णय भयाे । २०७४ जेठ ११ गते बसेको वैतेश्वर गाउँपालिकाको पहिलो कार्यपालिका बैठको २ र ३ नं. निर्णयमा अस्थायी केन्द्र बनाउने र स्थायी केन्द्र बनाउने निर्णय गरियो । ५३ जना उपस्थित रहेको उक्त बैठकमा अस्थायी केन्द्र काब्रेबाट नाम्दुमा सार्ने निर्णय भयो । घर खोज्न र भाडा तोक्न उपाध्यक्ष रविचन्द्र आचार्यको नेतृत्वमा ३ सदस्यीय घरभाडा सिफारिस समिति गठन गरियो । यसैगरि केन्द्र पाँडुडाडा हुने भनेर नेपाल सरकारमा सिफारिस गर्‍यो । स्थायी केन्द्रका बारेमा सबैको एकमत भए पनि अस्थायी केन्द्र सार्ने विषयमा भने साविकको काब्रे गाविसका २ जना वडाध्यक्षहरुले बैठकमा लिखित असहमति जनाए ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना