• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

हिरोसिमा अणुबम आक्रमण ३ः जापानमा तेश्रो अणुबम किन खसेन ?

जापानको हिरोसिमामा मानव सभ्यताकै पहिलो अणुबम आक्रमण गरिएको थियो १९४५ अगष्ट ६ मा । यसले करिव १ लाख ५० हजार मानिस मारिएको आशंका गरिन्छ । यस शहरमा बम खसाउने जहाज चलाएका पाइलट पल टिबेट्स ले २००२ मा दिएको अन्तर्वार्ताको अन्तिम अंशः पहिलो अंशमा अणुबम बनाउने तयारी त्यसमा सम्लग्न मानिस लगायतका विषयमा कुरा गरेका थिए । दोश्रो अंशमा बम खसाल्दाको क्षणका बारेमा बताएका थिए । यस अंशमा बम खसालेर फर्केपछि के के भयो भन्ने उनले बताएका छ्न् ।

स्टुडस: तपाँइले विष्फोटको आवाज सुन्नुभयो ? 

पल: अँ सुनें । विष्फोटनको कम्पन हामी मोडिन लाग्दा हामीसामु आइपुगेको थियो । अन्तिममा बसेको सैनिकले भन्यो यहाँ आइपुग्यो । त्यसबेला उसले भनेको थियो हामीले खरानीमा लात्ती हान्यौं । हामीले जहाजमा बमको कम्पन थाहा पाउन एसिलेरोमिटर जडान गरेका थियौं । यसले २ र G को आधा भएको जानकारी दिएको थियो ।

अर्को दिन हामीले वैज्ञानिकहरुबाट तथ्याङ्क पायौं । उनिहरु यसका बारेमा सबै जानकारी लिएर बसेका थिए । उनिहरुले भने 'बम पड्कँदा तिमीहरुको जहाँज बम खसेको ठाउँबाट १०.५ माइल टाढा थियो ।' 

स्टुडस: तपाँइले च्याउ आकारको बादल देख्नुभयो?

पल: तपाँइले हरेक प्रकारका च्याउ आकारका बादल देख्नुभएको छ, तर तिनीहरु बमअनुसार फरक फरक हुन्छन् । हिरोसिमाको बमले च्याउजस्तो आकार बनाएन । यसलाइ पत्रकारले मात्र भनेका हुन् ।  यो तुरुन्त माथी आयो । यो नरकजस्तै कालो थियो । यसमा अलिअलि सेतो र खैरो पनि थियो । यसको माथिल्लो भाग पट्याइएको क्रिसमसको रुखजस्तै थियो । 

स्टुडस: तल के भयो होला भन्ने लागेन?

पल: खरानी! मैले यो एक इतिहासकारले भनेजस्तै भयो होला भन्ने सोचें । उनले भनेका थिए 'एक माइक्रो सेकेण्डमा हिरोसिमाको अस्तित्व सकिनेछ ।' 

स्टुडस: फर्केर तपाँइले राष्ट्रपति ट्रुम्यान भेट्नुभयो । 

पल: हामी अहिले १९४८ को कुरा गरिरहेका छौं । म पेन्टागन फर्कँदा मैले प्रमूख कार्ल स्पाजबाट सुचना पाएँ । उनि वायुसेनाका प्रमूख थिए । हामी स्पाजको अफिसमा गयौं । जनरल डुलिटल र कर्नेल डेभ सिलन त्यहाँ थिए । स्पाजले भने मैले राष्ट्रपतिबाट हामी तत्कालै कार्यालयमा आउनु भन्ने सुचना पाएको छु । डुलिटल र स्पाज त्यसकै विषयमा कुरा गरिरहेका थिए । यसमा म धेरै बोलिनँ । हामी कारबाट उत्रिएपछि हामी ओभल अफिसतिर अगाडि बढ्यौं । त्यहाँ ट्रुम्यानको हेरबिचार गर्ने एउटा कालो मानिस थियो । उसले भन्यो जनरल स्पाज तपाँइ यो डेस्कतिर फर्कनुहोला । त्यसरी फर्किएपछी स्पाज डुलिटल र सिलेनको दाहिनेतिर परे । सैनिक आदेशअनुसार यो एकदम सहि थियो किनकी स्पाज वरिष्ठ थिए । डुलाइटलाइ उसको देब्रेतिर बस्न भनियो । 

त्यसपछि मलाइ ति मानिसले राष्ट्रपतिको डेस्कभन्दा पछाडी दायापट्टि कुर्सिको व्यवस्था गरे । त्यो राष्ट्रपतिको देब्रे हातको पछाडिपटि पर्थ्यो । हामीलाई कफि दिइयो । हामीले त्यो सक्नै लागेका बेला राष्ट्रपति आइपुगे । हामीले उहाँलाइ सलामी चढायौं । उनले हामीलाइ बस्न भने । अनुहारमा गज्जबको मुस्कानसहित उनले भने जनरल स्पाज म तिमीलाइ पहिलो बायुसेना प्रमूख भएकोमा बधाइ दिन चाहन्छू । यो लामो समयको थिएन । स्पाजले भने धन्यवाद सर यो धेरै ठूलो पुरस्कार हो । म यसका लागि आभार व्यक्त गर्छु । उनले डुलिटललाइ भने त्यो सामान उडाउनु एकदमै महत्वपूर्ण कुरा थियो । डुलिटलले भने राष्ट्रपति महोदय । त्यो दिनभरको सम्पूर्ण काम थियो । उनले डेभ सिलनतिर हेरेर भने कर्णेल सिलन म तिमीलाइ धन्यवाद दिन चाहन्छु । तिमीले हवाइ क्षेत्रमै पुन इन्धन भण्डारणका लागि बेलैमा सोच्यौ । केहि दिनदेखी नै हामीले यसको आवश्यकता महशुस गरेका थियौं । उसले भन्यो धेरै धेरै धन्यवाद । 

त्यसपछी उनले मलाइ १० सेकेण्डसम्म हेरिरहे । त्यसपछी उनले भने तिमीले के सोच्यौ ? मैले भनें राष्ट्रपति महोदय मलाइ लाग्छ मैले मलाइ जिम्मा दिएको काम गरें । उनले आफ्नो हात बजाए र भने  तिमीले जे गर्‍यौ त्यो गज्जब भयो । र मैले नै तिमीलाइ पठाएको थिएँ ।यसमा तिमीलाइ कसैले अप्ठ्यारो पारेका छन् भने मलाइ जानकारी गराउ ।"

स्टुडस: कसैले तपाँईलाई अप्ठ्यारो पारे?

पल: अँहँ.

स्टुडस: तपाँईले अहिलेसम्म बमको विषयलाई लिएर केहि सेकेण्ड सोच्नुभयो ?

पल: एक सेकेण्ड सोच्ने? अँहँ । हेर स्टुड्स पहिलो कुरा म अमेरिकन सेनामा थिएँ । त्यहाँ मैले मेरो क्षमताले भ्याएसम्म लड्नुपर्थ्यो । मलाई के लाग्छ भने मैले त्यो गर्नैपर्थ्यो । दोश्रो कुरा मसँग जहाजबारेमा धेरै अनुभव थियो...मैले खाएको जागिरमा यसै गर्नुपर्छ भन्ने त थिएन । त्यसो भएको हुँदा मैले यो कामलाई मेरै सोचाइका आधारमा गरें र मलाई यसो गर्नुपर्छ भन्ने आदेश आएपछि जुनसुकै बेला मैले त्यो काम गर्नै पर्थ्यो । 

मैले पाएको लक्ष्यका बारेमा मेरो सोचाइ के थियो भने मैले त्यहाँ कुनै पनि खालको गलत गर्नुहुने थिएन । मैले गलत पनि गर्न सक्थें म अनुमान गरिएभन्दा धेरै फटाहा पनि हुन सक्थें । २९ वर्षको उमेरमा म मा गधामा जस्तै विश्वास थियो । मलाई कुनै काम गर्न सक्दिन भन्ने नै लाग्दैनथ्यो । यो कुराचाँही जहाज र मानिसहरुमा पनि लागु भयो । त्यसै हुनाले मलाइ कुनै पनि खालको समस्या भएन । हामीले राम्रै काम गरेका थियौं । मैले त्यो सम्झँदा हामीले धेरै मानिसको ज्यान लियौ फेरी यसका कारण धेरैको ज्यान पनि त जोगियो । हामी त्यहाँ(जापान) आक्रमणका लागि जानु हुन्नथ्यो । 

स्टुडस: नागासाकीमा दोश्रो अणुबम बक्सर किन खसालियो ? 

पल: कसैलाई पनि थाहा छैन । अहिलेसम्म कसैले थाहा पाएका छैनन तर मलाई थाहा छ । पहिलो बम खसालियो तर जापानीहरुबाट २/३ दिनसम्म कुनै किसिमको प्रतिक्रिया आएन । दोश्रो खसालियो । अझै २ दिनसम्म कुनै प्रतिक्रिया आएन । त्यसपछी मलाई जनरल कुर्टिस लेमे(प्यासिफिक हवाइ सैन्य प्रमूख)ले फोन गर्नुभयो  र भन्नुभयो तिमीले अव अर्कोको तयारी गर्नुपर्‍यो । मैले हुन्छ सर भनें । उहाँले अव कहाँ गर्ने भनेर सोध्नुभयो । मैले उताहमा भनें । उहाँले भन्नुभयो ल अव यहाँबाट जाऔं । तिमी र तिम्रो टोली अव उड्नुपर्छ । हुन्छ सर मैले भनें । मैले टोलीलाइ खबर गरें । हामी ट्रिनियान गयौं । जव तिनीहरु क्यालिफोर्नियाको अवतरण गर्ने स्थानमा पुगे युद्ध समाप्त भयो । 

स्टुडस: जनरल लेमेको मनमा तेश्रोको कुरा किन आयो होला ?

पल: कसैलाई थाहा छैन । .

स्टुडस: एउटा कुरा । सेप्टेम्बर ११ पछि मानिसहरु हाइड्रोजन बमका बारेमा कुरा गर्न लागेका छन् । तपाँईलाई के लाग्छ ? 

पल: यसलाइ यसरी कुरा गरौं । यी आतङ्कबादीहरुका बारेमा मलाई तपाईंको जति पनि जानकारी छैन । जव तिनीहरुले ट्रेड सेन्टरमा बम पड्काए मलाई के भैरहेको छ भन्नेमा विश्वास भएन । हामीले शत्रुहरुसँग धेरै ठाउँमा लडाँइ गरेका छौं । त्यसमा हामीलाई शत्रुहरु को हुन र कहाँ छन् भन्ने थाहा हुन्थ्यो । यी मान्छेहरु को हुन र कहाँका हुन् भन्ने हामीलाई थाहा छैन । यो कुराले मलाई दिग्दार बनाउँछ । किनभने तिनीहरुले अझै आक्रमण गर्न सक्छन् । मैले यसमा धन खर्च गर्छु । यसले नाटकिय रुपमा ध्वंस गर्छ । तिनीहरुले यो काम आफ्नो उपयुक्त समयमा गर्छन् । हामीले यिनीहरुलाइ नष्ट गर्नका लागि उपयुक्त अवस्था सिर्जना गर्नुपर्छ । यो काम तिनीहरुलाई अदालतमा लाने खालको होइन । हामीले तिनीहरुका लागि ५ सेकेण्ड पनि खर्च गर्नुहुन्न ।   

स्टुडस: बमका बारेमा के भन्नुहुन्छ ? आइन्सटाइन बम पड्केपछि विश्व फेरिन्छ भन्थे । 

पल: त्यो ठीक हो । यो फेरिन्छ । 

स्टुडस: ओपेनहाइमरलाइ यो थाहा थियो ?

पल: ओपेनहाइमर वितिसके । उनले विश्वका लागि केहि गरेका थिए तर मानिसहरुले बुझेनन् । यो स्वतन्त्र विश्व हो । 

स्टुडस: जव तपाँईले मानिसहरुले तिनीहरुलाई बम हान्नुपर्छ भनेको सुन्नुभो । तपाँईलाइ के लाग्यो । 

पल: अँ, यसमा मैले छान्न पाएको भए कुनै हिच्किचाहट हुने थिएन । म तिनीहरुलाई उडाइदिन्थें । तपाँईले निर्दोश मानिसहरु युद्दको एक समयमा मार्नुहुन्छ । तर हामीले विश्वभरी नै कहिल्यै त्यस्ता खराब युद्ध लडेनौं जहाँ विपक्षले निर्दोशको हत्या नगरेको होस । यदि पत्रिकाले काम नलाग्ने कुरा तिमीले धेरै नागरिक मार्‍यौ भन्छन् । त्यो तिनीहरुको त्यहाँ रहने अटल भाग्य हो ।  

स्टुडस: इनोला गे ८२ नम्बरबाट आएको थियो । त्यो जहाँजमा आफ्नो नाम राख्दा आमाको भनाइ के थियो ? 

पल: म तपाँइलाइ बुबाले के भने भन्ने कुरामात्र बताउँछु । मेरी आमा कुनै राम्रो वा नराम्रो कुरा हुँदा पनि आफ्नो भाव परिवर्तन गर्नुहुन्थेन । जव उहाँ फुरुङ्ग हुनुहुन्थ्यो उहाँको पेट हल्लन्थ्यो । मलाई मेरो बुबाले भन्नुभएको थियो कि जव मियामीमा टेलीफोन बज्यो आमा पहिले शान्त हुनुभयो । त्यसपछि यो कुरा रेडियोमा बज्यो उहाँले भन्नुभयो तिमीले आमाको पेटमा घण्टी बज्दा बच्चाहरु नाचेजस्तै नाचेको देख्नैपर्थ्यो । 

हिरोसिमामा अणु बम आक्रमण गर्ने जहाजका पाइलटसँगको यो अन्तर्वार्ता अनुवाद तपाँइलाई कस्तो लाग्यो ? आफ्नो भनाई राख्नुस है । 

अन्तर्वार्ताका सुरुका २ अ‌ंश 

१. हिरोसिमामा अणु बम खसाउने पाइलट भन्छनः बम युरोपमा पनि खसाउने योजना थियो ! 

२. हिरोसिमामा अणुबम आक्रमणः पाइलटको कुरा-२

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना