• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

संस्था र सदस्य दुवै पक्षलाई समस्या परेको छ ।



 हेमन्त चौंलागाँई
अध्यक्ष, जिल्ला सहकारी संघ, दोलखा
व्यवस्थापक, राष्ट्रिय सहकारी बैंक, दोलखा शाखा
सुरुमा कोरोनाको कुरा कस्तो लागेको थियो ?


सुरुमा कोरोना चाइनामा सुरु भयो भयो भन्ने सुनियो । सुरुमा मलाइ के लाग्यो भने त्यो चाइनामा मात्रै सिमित रहला । जुन ठाउमा सुरु भयो वुहान सहर, त्यसमा मात्रै सिमित होला । अरु ठाउँमा फैलन्न होला भन्ने लाग्यो । किनभने अन्य यस्तै खालका रोगहरु पनि वाहिर धेरै नफैलिएको सुनिन्थ्यो । यो पनि त्यस्तै होला जस्तो लाग्यो । तर अहिले देश लगायत विश्वमा नै फैलिएको छ ।

सूरुमा धेरै डर लागेको पनि थिएन । पछिल्ला दिनमा देशमा लकडाउन नै सुरु भएपछि, कडिकडाउ सुरु भएपछि, विभिन्न देशमा तिब्र गतिमा संक्रमण हुन लागेपछि र मृत्यु नै हुन लागेपछि भने यसले भयावह रुप लिन्छ भन्ने लाग्यो । अव सतर्क हुनैपर्छ भन्नेजस्तो लाग्यो । हामी आफूपनि सतर्क रह्यौं र अरुलाई पनि सर्तक रहनका लागि अनुरोध ग¥यौं ।

हामी कोहि पनि बाँकी नरहेर सबैलाई संक्रमण पो होलाकी भन्ने त्रासदी पनि भयो । अहिले आएर के लाग्दैछ भने यो रोग फैलन त फैलन्छ तर त्यत्ति डराउनुपर्ने अवस्था त होइन कि । रोग फैलँदा पनि सबैमा पुग्दैन । संक्रमण भएका पनि सबै यसकै कारणबाट मृत्यु हुँदैन जस्तो लाग्न लागेको छ । अहिले पनि सबै मृत्यु भएका भनेकामा यसैका कारणबाट मृत्यु हुनेको संख्या त एकदमै कम छ । लागिहाल्दा पनि त्यसरी डराउनु पर्दैन तर सुरक्षाका उपाय अपनाउनुपर्छ भन्ने लागेको छ ।

सुरुवाती अवस्थामा कसरी सुरक्षाका उपायहरु अपनाउनु भयो ?

चैत्र ११ गतेबाट लकडाउन सुरु भयो । सुरुको एक साताका लागि भएको लकडाउनमा घरबाट त कतै बाहिर निस्किएन । धेरै ठूलो सावधानी अपनाइयो । परिवारका सदस्यहरुलाई पनि कतै ननिस्कन भनियो । जो धेरै घुमफिर गर्छ सबैभन्दा खतरामा उ थियो । त्यसरी हेर्दा परिवारमा घुम्ने मान्छे म नै थिएँ । सर्तकता अपनाइयो ।

पहिलो हप्ता वितेपछि फोनहरु आउन लागे । साथीहरुले किन बाहिर ननिस्केको ? किन यत्ती धेरै डराएको ? भन्न लागे । हामी त्यसरी डराएर बसेर त हुँदैन । हाम्रा विभिन्न जिम्मेवारी पनि त छन् । यसरी घरमा बसेर हुँदैन भन्ने कुराहरु पनि आए ।

चैत्र २० गते सहकारी दिवसमा भीमेश्वर नगरपालिकाले गरेको कार्यक्रममा पहिलोपटक निस्किएँ । त्यसपछि विभिन्न जिम्मेवारीका कुराहरुका कारण पनि अलिक निस्कने क्रम बढ्यो डर पनि घट्दै गयो ।

सहकारी क्षेत्रमा कोरोनाको असर के रह्यो ?

सहकारी क्षेत्रको समग्रमा असर ग¥यो । सहकारीबाट ऋण लिएका सदस्यहरुले आफ्नो व्यवसाय गर्न सकेनन् । यसले गर्दा सहकारी क्षेत्रमा ऋण उठ्न सकेन । कतिपयलाई त यो राम्रो बहानाबाजी पनि भएको छ । उद्योगी व्यवसायीहरु, होटल तथा पर्यटनमा यसको सबैभन्दा ठूलो असर परेको छ । यस्ता क्षेत्रमा लगानी गरेका सहकारीहरुमा ठूलो असर परेको छ । बचत संकलनमा पनि ठूलो असर परेको छ । सहकारी संस्थाहरुमा सदस्य पुग्न नसक्ने अवस्था आयो । केहि पैसा भएका मानिसहरुले पनि भोली के होला होला भनेर भएको पैसा पनि आफैंसँग राख्न लागे । यसले सहकारीमा रकम संकलन हुन नसक्ने अवस्था आयो ।

पैसाको चलखेल वा कारोवार नै हुन सकेन । यसले संस्था तथा शेयर सदस्यहरु दुवैलाई असर पारेको छ । संस्थाहरुलाई शेयर सदस्यहरुलाई कसरी व्याज दिने भन्ने समस्या, सदस्यहरुलाई बचत तथा ऋण कसरी बुझाउने भन्ने समस्या आएको छ । यसपटक जिल्लाका लगभग सबै संस्थाहरु शेयरमा लाभांस दिन सक्ने अवस्थामा छैनन् । यसमा सदस्यहरुले अन्यथा लिनुहुन्न किनभने अहिले परिस्थिती नै विषम छ ।

अर्को समस्या भनेको शेयर सदस्यहरुमा मानसिक समस्या पनि देखिन लागेको छ । कोरोना लागिहाल्यो भने के गर्ने भन्नेमा चिन्ता बढेको छ । किनभने हाम्रा क्वारेन्टाइन, आइसोलेसन तथा अस्पतालको अवस्था पनि त्यस्तै छ । जिल्लामा कोरोनाको पिसिआर गर्ने मेसिन छैन । नतिजा बेलामा आउँदैन । आरडिटि गर्दा सबैमा पोजेटिभ आउँछ । त्यो भरपर्दो पनि भएन । यसका कारणले मानसिक तनावको अवस्था सदस्यहरु आयो ।

अघिल्ला वर्षहरुमा फागुन चैत्र महिनाबाट सहकारीहरुले सदस्यहरुका लागि सहकारी शिक्षाका कार्यक्रमहरु गर्दथे । यो पटक ति सबै कामहरु हुन सक्ने अवस्था नै रहेन । ती कार्यक्रममा शेयर सदस्यहरुसँग सञ्चालकहरुले अन्तरक्रिया तथा छलफल गर्थे । यसले संस्थालाई अगाडि बढाउन सक्थे । त्यो भएन ।

तपाँईले भनेको बहुआयामिक कोरोनाको असर घटाउनका लागि सहकारीहरु के गर्दैछन् ? अवको बाटो के हुनुपर्छ ?

लकडाउनकै बीचमा पनि जिल्ला सहकारी संघले सहकारी संस्थाहरुसँग छलफल तथा अन्तरक्रियाहरु गरिरहेको छ । यस्तो बेलामा संस्थाका म्यानेजरहरुसँग पनि अव कसरी काम गर्ने भनेर छलफल गरेका छौं । कार्यालय सञ्चालनका लागि संस्थाहरुसँग हामीले धेरै सहजिकरण गरेका छौं ।

अव सदस्यहरुलाई राहत दिनुपर्छ भनेर छलफल भईरहेको छ । पहिला पहिला राहत भनेकै ऋण लिने सदस्यलाई सहुलियत दिने भन्ने अवस्था हुन्थ्यो । भूकम्पका बेलामा पनि यसै गरियो । अहिले हामीले बचतकर्तालाई पनि हेर्नुपर्छ भनेर बचतमा व्याज थप गर्ने कुरा भएको छ । ऋणमा व्याज सहुलियतका साथै हामीले यस्तो कार्यक्रम पनि ल्याएका छौं ।

कोरोनाको आपतकालिन अवस्थामा यहाँका संस्थाहरुले सदस्यहरुका लागि जुनसुकै अवस्थामा पनि सहयोग गर्नका लागि निश्चित रकम तयारी अवस्थामा राख्ने व्यवस्था गरियो । रातको १२ बजे नै पनि कुनै सदस्यलाई आपत परेको अवस्था आएमा संस्थाहरु खोलेर रकम दिन सक्ने गरि तयारी अवस्थामा राख्यौं । आपतका अवस्थामा सदस्यहरुलाई यस्ता खालका सहयोग गरेको पनि अवस्था छ । ऋण प्रदान गर्ने कार्य पनि रोकिएन । बचत फिर्ताको काम पनि रोकिएन ।

अगामी दिनमा सदस्यहरुलाई पर्याप्त राहत उपलब्ध गराउनेगरि काम गरिरहेका छन् सहकारीहरुले । पर्याप्त भन्नाले सहकारी तथा शेयर सदस्यको क्षमता तथा हैसियत अनुसारका कति काम गर्न सक्छन त्यहि हुन्छ । यसमा संस्थाका नीति नियम हेरेर, संस्था पनि बाँच्ने सदस्य पनि बाँच्ने गरि कार्यक्रम गरिन्छ ।

अव हामी पुर्नकर्जाको व्यवस्थामा जाँदैंछौ । व्यवसायहरु जोगाउनका लागि पुर्नकर्जा आवाश्यक छ भन्ने व्यवसायीबाट आएपछि म आवद्ध जनसचेतन सहकारीले नै यसमा काम सुरु गरेको छ । जिल्लाका अन्य सहकारीहरु पनि यसमा काम गरिरहेका छन् । थप ऋणको लागि पनि काम भएका छन् ।

यो महामारीले सबैभन्दा ठूलो असर रोजगारी सिर्जना, विपन्न वर्गको आयआर्जन लगायतका क्षेत्रमा गरेको भन्ने कुराहरु आएका छन् । यसमा चाँहि के कस्ता योजनाहरु छन् ?

दोलखा जिल्लामा भएका उद्योग व्यवसायहरुले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकेका छैनन् । सहकारी क्षेत्रलाई पनि के आरोप लाग्ने गर्दछ भने रोजगार सिर्जनामा यो क्षेत्रले काम गर्न सकेन । यूवाहरु स्वदेशमै काम गर्न नपाएर विदेशिन पर्ने अवस्थामा परिवर्तन आउन सकेन । यी आरोपमा केहि हदसम्म सत्यता पनि छ । हामीले यी कुराहरुलाई मध्यनजर गर्दै यहाँको परिवेशलाई मध्यनजर गर्दै के कामहरु गर्न सकिन्छ भनेर योजना निर्माणमा लागेका छौं । सदस्य संस्थाहरुलाई घरेलु तथा मझौला किसिमका उद्योगहरु सञ्चालन गर्नका लागि योजना ल्याउनुस भनेर भनेका छौं । सदस्य कोहि यस्ता काम गर्न चाहन्छ भने उसका लागि लगानी गर्नका लागि तयार छौं । कृषि तथा पशुपालनका लागि हामी सहुलियतमा लगानी गर्नका लागि तयार छौं । जिल्लामा केहि मानिसहरु यस्ता काममा लागिरहेको पनि हामीलाई सुचना आएको छ । यसरी भएका उद्यमबाट उत्पादित वस्तुहरुको बजारीकरणका सहकारीहरुले काम गर्ने गरि हामी समन्वय गरिरहेका छौं । यसका लागि स्थानीय सरकारहरु पनि काम गर्न इच्छुक भएको मैले पाएको छु । संकलन केन्द्रहरुको व्यवस्था गरेर उत्पादक र उपभोक्ताहरुको प्रत्यक्ष सम्पर्क गराउनका लागि हामी काम गरिरहेको अवस्था छ । केहि त्यस्ता फर्म कम्पनीहरुसँग यो कामका लागि हामी छलफलमा छौं ।

बचत तथा ऋण सहकारीहरुले यो काम सिधै गर्न नमिल्ला । बहुउद्धेश्यिय, कृषि तथा अन्य यस्तै खालका सहकारीहरुले यस्तो खालको काम गर्न सक्ने भएकाले यो काममा हामी अगाडी बढिरहेका छौं ।

अन्तमा कुनै विषय छ कि ?

सबै सहकारीकर्मी, शेयर सदस्यहरुलाई म जोखिमको अवस्थामा सावधानी अपनाउनका लागि आग्रह गर्दछु । कोरोनाको विमा गर्ने सरकारले कार्यक्रम ल्याएको छ । आफ्नोतर्फबाट ३ सय राख्दा सरकारले ३ सय राखेर १ लाख रुपैंयाको बीमा गर्ने  प्रावधान छ । यसमा कर्मचारी, सञ्चालक तथा शेयर सदस्यहरुले फाईदा लिन सक्छन् ।

अव संस्थाहरुको लेखापरिक्षण गर्ने समय आएको छ । कुनै खालको समस्या आईपरेमा हामी सहयोगका लागि तयार छौं । त्यसपछि साधारण सभाको समय आउँदैछ । यसमा कसरी मितव्ययी भएर काम गर्ने भन्ने चुनौती छ । विगतमा सहकारीहरुले खाजा खर्च दिँदै आएको अवस्थामा यस वर्ष दिन नसक्ने अवस्था छ । साधारण सभामा पनि कसरी सर्तकता अपनाएर सम्पन्न गर्ने भन्ने समस्या छ । सबैले सुरक्षित रहेर काम गर्नका लागि म अनुरोध गर्न चाहन्छु ।
दीक्षण दैनिक

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना