• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वैत्येश्वर जग्गा प्रकरणः मुहानदेखी चुहानसम्म (भाग ४)

वैत्येश्वर जग्गा विवादका बारेको यो चौथो ब्लग हो । यसअघि मैले कसरी घटनाक्रमहरु विकास भए भन्ने बारेमा लेखेको थिएँ । त्यसले तपाँइलाई घटना बुझ्न सजिलो बनाउँछ । पढ्नु भएको छैन भने पनि म यस ब्लगको अन्तमा सबै ब्लगहरुको लिङ्क राख्नेछु । 

आज २०७७ असोज २५ मा पनि सामाजिक सञ्जाल वैतेश्वर गाउँपालिकामय भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी दोलखाले घटनामा संलग्न ३ जनालाई गम्भिर किसिमको कारवाही गरेको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरि गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य र जग्गा व्यवस्थापन समितिका सदस्यहरु बालकुमार दाहाल र पदमबहादुर दाहाललाई कारवाही गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । मैले अघिल्लो ब्लगमा गाउँपालिका कार्यसमितिमा क कस्को जग्गा लिने भनेर निर्णय गरेको कुरा राखेको थिएँ । यो ब्लगमा अहिले गाउँपालिकामा रहेको जग्गा को को बाट प्राप्त भएको हो भन्ने तथ्याङ्क राख्नेछु । 

अघिल्लो ब्लगमा नै गाउँपालिकाले को को बाट कति जग्गा लिने भन्ने निर्णयबारेमा मैले लेखेको थिएँ । गाउँपालिकाको निर्णय लेख्नेबेलामा सबै कुरा पक्कापक्की भएपछि नै लेखियो होला । यसरी लेखेपछि फेरि पदाधिकारीहरुले पटक पटक जग्गाका बारे फरक फरक तथ्याङ्क बोलिरहेका थिए । अहिले गाउँपालिकाले बुझाएको प्रतिवेदन पनि यस्तै छ । प्रतिवेदनको पाना नं. ८-१० मा गाउँपालिकाको जग्गा को को बाट आयो भनेर उल्लेख गरिएको छ । यसमा २१ हजार ९ सय ६० व.मि. जग्गा पालिकाको नाममा रहेको भनिएको छ । प्रतिवेदनमा राखेको विस्तृत विवरण लाई जोड्दा १० व.मि. कम  २१ हजार ९ सय ५० व.मि. मात्र हुन आउँछ । १० व.मि जग्गा त यतै हराइसक्यो । 

जग्गा को को ले दिए त । २०७४ असोज ९ गते १४ हजार १ सय ६० व.मि जग्गा गाउँपालिकाका नाममा स्थानीयले दान दिए । यसैगरि सोहि वर्षको असोज १८ गते ४ हजार ४ सय ८५ व.मि जग्गा स्थानीयले गाउँपालिकाका नाममा दान दिएका छन् । असोज २४ मा १ कित्ता,फागुन ९ मा ३ कित्ता र २०७५ पौष १९ मा १ कित्ता जग्गा गाउँपालिकाका नाममा पास भएको प्रतिवेदनमा उल्लेख छ । 

गाउँपालिकाको प्रतिवेदनलाई आधार मान्दा गाउँपालिकाले निर्णय गरेको जग्गा नै गाउँपालिकालाई प्राप्त भएको छैन । कि.न.२८२८ बाट कित्ताकाट गरेर जग्गा प्राप्त हुने भनिएको भएपनि हालसम्म उक्त जग्गा पालिकामा प्राप्त भएको छैन । कि.नं.२७३३ को ८३५ वर्ग मिटर जग्गा पनि प्राप्त भएको छैन । 

टेबुलमा रातो रंग लगाइएका व्यक्तिहरु अघिल्लो ब्लगमा लेखेका जग्गा दिने भनेर निर्णय नगरेका व्यक्तिहरु हुन् । गाउँपालिकालाई जग्गा दिन्छु भनेर पनि जग्गा चाँहि किन दिएनन् होला । त्यो कुराको भेउ चाँहि पाउन सकिएको छैन । गाउँपालिकाले पनि जग्गा लिने भनेर उसै निर्णय त गरेन होला नै । यसरी निर्णय गरेको जग्गा नै नआउनु चैं सबैभन्दा गम्भिर विषय मलाई लाग्छ । 

वैतेश्वर गाउँपालिकाको जग्गा विवादका बारेमा यो अन्तिम ब्लग हो । यी ब्लगमा राखेका सामाग्रीहरु तपाँइलाई कस्तो लाग्यो ? यसैको अन्तिममा रहेको फेसबुक कमेन्ट बक्समा लेख्नुभयो भने पनि हुन्छ । त्यता लेख्नुभएन भने मलाई म्यासेज गर्नुभयो भने पनि तपाँइको विचार मैले सुन्न पाउने थिएँ । 

अघिल्ला ब्लगका लिङ्कहरु 



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना