• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पशुपतिसँगका पाँच प्रसङ्ग !

समय बलवान छ, त्यसै भनिएको हैन रैछ ! आफ्ना घर देखेर तर्सनुपर्ने अवस्था भुकम्पले ल्यायो । जुटेर हैन, फुटेर अगाडि बढौं भन्ने अवस्था कोरोनाले । 


महामारीकै रुप लिएको छ कोरोनाले अहिले । उसै पनि स्वास्थ्य सेवा आम नागरिकलाई सहज पहुँचमा हुनुपर्छ भन्ने गोविन्द केसीहरु पागल हुने देश हो नेपाल । यस अवस्थामा स्वास्थ्य सेवा आफ्नो पूर्ण क्षमतामा चलिरहेको छ । यो पूर्ण क्षमताले महामारी धान्न सकेको छैन । यसैले समाचारहरु आइरहेका छन् । अस्पतालमा बेड नपाएर विरामीको मृत्यु । अक्सीजनको अभावमा विरामीको मृत्यु । काठमाण्डुका अस्पतालमा बेड नभएपछी विरामीलाई उपत्यका बाहिर लगियो । यसैले हाम्रो स्वास्थ्य सेवाको हैसियत देखाउँछ । 

महामारीले धेरैको ज्यान लिइसकेको छ । यसैमा बागमती प्रदेश सभाका सांसद पशुपति चैलागाँई पनि थपिए । उनका बारेमा केहि सम्झनाहरु;

१.

जिरी लामोसाँघु सडकमा एकाधिकार थियो अरनिको यातायातको । एकाधिकार अन्त्य गर्नका लागि अभियान चलायो एउटा संस्थाले । खर्च पनि राम्रै गर्‍यो । एकाधिकार सकियो कि सकिएन अहिले अवस्था छर्लङ्ग छ । कार्यक्रमकै सिलसिलामा एउटा बहसमा पशुपतिलाई वोलाइएको थियो । कार्यक्रम सकिएपछी उनले भनेका थिए मैले विद्यार्थी राजनीति गर्दा भक्तपुर काठमाण्डुका पुराना बसको एकाधिकार हटाउन खोजेको । उनिहरुका कामदार नै धेरै हुने रैछन । नयाँ जानेले त तिनीहरुको सामना नै गर्न सक्ने रैनछ । अरनिकोका पनि ३ सय बसका करिब ९ सय त कामदार नै छन् । यो २०६२ तिरको प्रसङ्ग थियो । 

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी एमालेको तर्फबाट उम्मेदवार थिए । उनको घर मेरो घरबाट २ घण्टा पैदल दुरीमा पर्छ । निर्वाचनका लागि मौन अवधी सुरु भईसकेको थियो । चैत्र २७ गते । गाउँमा एकजनालाई करेन्ट लागेर हामीले उनको घर छेउकै बजार मैनापोखरी लैजानुपर्ने भयो । उपचारका लागि । उनी त्यसदिन त्यही बजारमा रहेछन् । माओवादी त्यसबेलाको उदाउँदो शक्ति थियो । त्यसै भएर बजारमा माओवादीले उनीमाथि आक्रमणको प्रयास गरे । माओवादी नेताहरु सँगै रहेछन् । अप्रिय अवस्था सिर्जना भएन । उनले पनि केहि भन्न खोज्दै थिए । माओवादीहरुले उनलाई बोल्न दिएनन् । आफ्नै घरआँगनमा बोल्न नपाएका उनले चुनाव जित्ने कुरै भएन । संविधान जारी गर्न नसकी अन्त भएको संविधानसभामा उनले भाग लिन पाएनन् । 

पूर्णकालिन पत्रकारका रुपमा मैले उनीसँग कतिपटक कुराकानी गरें ठ्याक्कै याद छैन । २ ओटाचाँहि सहकारीका बारेमा थिए । दोलखा मात्र नभई नेपालकै राम्रा सहकारीमध्येमा पर्ने जनसचेतन सहकारीको रेडियो कार्यक्रमका लागि र उसकै रजत स्मारिकाका लागि अन्तर्वाताहरु लिनु थियो । अन्तर्वार्ता दिने विषयहरुमा उनी सहज थिए । रजत स्मारिकाका लागि अन्तवार्ता काठमाण्डौमा लिएको थिएँ । अन्तर्वार्ता सकेपछि उनले आइप्याडमा मलाई केहि तस्विरहरु देखाएका थिए । ति तस्बिरमा व्यवसायिक कृषि गर्दै गरेका किसानहरुका तस्विर थिए । एकजना उनीसँगै कृषि बारेमा कुरा गर्न आएका जनता (कार्यकर्ता ?)लाई उनले भनेका थिए अव यसमा कसलाई के भन्न पर्ने हो म भनुँला । सायद त्यो कुनै कृषिसम्बन्धी योजना नै थियो । त्यसबेला मलाई लागेथ्यो साँच्चै हाम्रा कति राजनीतिज्ञहरुमा अरुलाई देखाउन यस्ता उदाहरणहरु होलान् ? भाषण दिनु र व्यवहारमा उतार्नु कति फरक छ ! 

एकपटक काठमाण्डौ जाँदा हामीबिचमा अन्तरङ्ग कुराकानी भएको थियो । विष्णु पौडेलसँग जोडिएको बालुवाटार प्रसङ्गले बजार तताएको थियो । मैले यसै विषयमा कुरा गरें ।त्यसमा उनले जवाफ दिए । 'खराब काम गरेपछि आज या भोली त्यसका बारेमा जवाफ त दिनैपर्छ नी !' उनको आत्मविश्वासयुक्त जवाफ सुनेपछि मलाई लागेथ्यो । यदाकदा बजारमा सुनिने सुकुम्बासी आयोगमा बस्दा तराइमा कठ्ठाका कठ्ठा जग्गा आफ्ना नाममा जोडेको भन्ने कुरा पनि विशुद्द राजनीतिक दाउपेच मात्रै हो । 

यो यात्रामा उनले ३६ सालको जनमत संग्रहमा दोलखामा कसरी निर्दलले जित्यो ? भीमबहादुर तामाङसँग सल्लाह लिन हिँडेका उनिहरुको देवी न्यौपाने भेटेपछी योजना कसरी परिवर्तन भयो ? दोलखामा कम्युनिष्ट आन्दोलन सुरुवात कसरी भएको थियो ? हनुमन्तेश्वरमा कसरी निम्न माध्यामिक तहको पढाइ सुरु भयो ? लामोसाँघु जिरी सडकमा बाँडिएको मुआब्जाले कसरी मानिसको ज्यान गएको थियो ?  यस्तै यस्तै विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा समाज विकासको गतिमा नै छ भन्नेमा हामी सहमत भएका थियौं । 

५.

ठ्याक्कै एक महिना अगाडि । एकजनाले पशुपतीलाई भेट्नु पर्‍यो भने । मैले के काम छ भनें । उनले एउटा धार्मिक संस्थामा विवाद रहेको र त्यसको समाधानका लागि उनले पहलकदमी लिइदेउन भनेर कुरा गर्न भेट्न खोजेको भने । पशुपति दोलखामा नै भएको मलाई थाहा थियो । मैले कहाँ हो भनेर फोन गरें । उठेन । त्यसपछी म्यासेज गरें । उनले म्यासेजमा नै जवाफ दिँदै राइजिङ्ग स्टार स्कुलमा भएको बताए । हामी उनले भनेकै स्थानमा पुग्यौं । राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन समारोहमा व्यस्त रहेछन् । मसँगै गएका व्यक्तिले यस्तो भिडभाडमा त के कुरा गर्न सम्भव होला र । म पछि फोनमा नै कुरा गरुँला भनेपछि हामी त्यहाँबाँट फर्कियौं । 

फर्कँदै गर्दा लाग्यो । 'हामी जनता नेताहरुले के के मात्रै गरिदिए हुन्थ्यो भन्ने ठान्छौं । साँच्चै नेताले गर्नैपर्ने काममा जनताका यस्ता कामले कति अलमल्याउँछ होला ?' त्यही सन्देश नै हामीबिचको अन्तिम सन्देश हुन पुग्यो । 

कोरोना भएको थाहा पाएपछि फोन तथा एसएमएस गर्न मन लागेन । पहिलो लहरमा कोरोना संक्रमित मेरो एकजना साथीले त फोन र सन्देशका कारण विरामी अवस्थामा झन तनाव थपियो भनेर गत वर्ष फेसबुकमा लेखेका नै थिए । समस्यामा परेका बेला झन तनाव किन दिनु र !

जन्मनु जती शास्वत सत्य हो मृत्यु पनि त्यत्ती नै । तर यो सत्य हामी स्विकार्न सक्दैनौ । यसैले मृत्युका समाचारमा नरमाइलो लाग्छ । मन भारी हुन्छ । तैपनि सत्य त यहि नै हो । नस्विकारेर हुँदैन । पशुपति दाई । अन्तिम विदाई !!

यो लेख जनताका लागि नेताले के-केसम्म गरोस् ! शिर्षकमा इकागज अनलाइनमा जेठ ८, २०७८ ८:३६ बजे प्रकाशित भएको थियो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना