• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

महाभारत कथाः पाण्डवले जुवा खेल्दा कृष्ण कहाँ थिए ?

२०७८ सालको कृष्ण जन्माष्टमी । आजको दिनमा कृष्णका बारेमा केहि त लेख्न पर्ने ? लेख्ने चैं के ? कृष्णका बारेमा नलेखिएको नै के होला र ? विश्वको सबैभन्दा ठूलो महाकाव्य महाभारत नै कृष्णका वरपर रहेको छ ? पुर्वीय दर्शनको महत्वपूर्ण ग्रन्थ गीता नै महाभारतमा छ । 

संस्कृतको १ लाख श्लोकवाला महाभारत पढ्दा विभिन्न कुराहरुको जानकारी भयो । जसलाई पहिले याद नै गरिएको थिएन । महाभारतको अध्ययन गर्दै गर्दा हामीले याद नगरेको धेरै विषय छन् । तिमध्यको एक हो, अरु बेला सधैं पाण्डवको साथमा रहने कृष्ण पाण्डवले जुवा खेलेर सर्वस्व गुमाउँदा भने सँगै हुँदैनन् । त्यस महत्वपूर्ण अवस्थामा कृष्ण कहाँ थिए त ? पाण्डवहरुले वनवास नै जानुपर्ने गरी जुवा खेल्दैछन् भन्ने कृष्णले थाहा नै पाएनन् ? त्यो दृश्यमा कृष्ण देखिन्नन् किन ? 

दोश्रोपटक जुवा हारेपछी पाण्डवहरु वनवास जान्छन् । महाभारतको वनपर्व यहींवाट सुरु हुन्छ । पाण्डवहरु वनवास गएपछि कृष्ण भेट्न पुग्छन् । वनपर्वको १३ र १४ औं अध्यायमा कृष्णले आफू उक्त बेला अनुपस्थित भएको कुरा पाण्डवहरुलाई जानकारी दिन्छन् । 

कथा यसप्रकार रहेको छ । 

वनमा गएपछि पाण्डवका आफन्तहरु आउँछन् र युद्धमा कौरवहरुसँग वदला लिने कुरा गर्छन् । पाण्डवहरुलाई सम्झाइ बुझाइ गर्छन । यसैक्रममा कृष्ण पनि पाण्डवहरुलाई सान्त्वना दिन वनमा जानुहुन्छ । पाण्डवहरुलाई भन्नुहुन्छ त्यो वेला म द्वारका वा त्यसको नजिक भएको भए तिमीहरु यो संकटमा पर्ने थिएनौ । मैले धृतराष्ट्रहरु र कौरवपक्षका मानिसहरुलाई जुवाले कसरी नल राजाको विनाश भयो भन्ने कुरा भनेर जुवा खेल्न रोक्थें । 

कृष्णले फेरी पाण्डवहरुलाई भन्नुभयो । 'स्त्रीप्रतिको आशक्ति, जुवा खेल्ने, शिकार खेल्नु र जाँडरक्सीको सेवन यी चार कुराको लतलाई कामनाजनित दुख भनेर बुझिन्छ । जस्तोसुकै परिस्थितिमा पनि यी चार काम गर्नु हुँदैन । यसमा पनि जुवा त खेल्नै हुँदैन । 

जुवाले एकै दिनमा सबै सम्पत्तीको नास हुन्छ । यसले सवै किसिमका दुख दिन्छ । यस्तै कुरा गरेर म जुवा खेल्न रोक्थें । नमानेको भए बल प्रयोग गरेरै भए पनि रोक्ने थिएँ । तिमीहरुले दूख पायौ । थाहा पाउने वित्तिकै म भेट्न आइहालें ।'

कृष्णका कुरा सुनेर पाण्डवहरु अचम्ममा परे । युधिष्ठिरले सोधे 'त्यस दिन तपाँइ द्वारकामा थिइन भन्नुहुन्छ । कहाँ हुनुहुन्थ्यो त ?'

'म त्यसदिन शाल्वको सौभ विमान नष्ट गर्न गएको थिएँ । तिमीहरुले आयोजना गरेको राजसुयज्ञमा अग्रपुजा कस्को गर्ने भन्नेमा विवाद हुँदा शिशुपालको वध गर्नुपरेको थियो । यो कुरा था पाएर शाल्व मसँग युद्ध गर्नका लागि आयो । म तिमीहरुसँग हस्तिनापुरमा थिएँ । उसले मलाई द्वारकामा छ भन्ने ठान्यो र त्यहाँ गएर विध्वंस मच्चाउन लाग्यो । त्यहाँ धेरै मानिसहरुको हत्या गर्‍यो । त्यहाँका मानिसहरुसँग उसले सोध्थ्यो । कृष्णले युद्ध गर्ने ठूलो मनसुवा गरेको छन् । तिनलाई युद्धमा हराउने मेरो मनसुवा छ । म तिनलाई पराजित गरेर मात्रै फर्कन्छु । 

शाल्वसँग शौभ विमान थियो । त्यसैमा चढेर उसले मलाई खोजिरहेको थियो । मेरो भाई शिशुपालको हत्या गर्ने कृष्णलाई म यमलोक नपुर्‍याई छोड्दिन । त्यो कहाँ छ भनेर उसले मानिसहरुसँग मेरा बारेमा सोधीखोजी गर्दथ्यो ।

साल्भलाई नष्ट गर्न म समुद्रको टापुमा गएँ र उसलाई युद्धको निम्ता दिएँ । त्यहाँ उसको र मेरो केहि समय घमसान युद्ध भयो । उसलाई मैले मारेर फर्कँदा त तिमीहरु जुवा हारेर वनवास गयौ भन्ने सुनें । र तत्कालै यहाँ भेट्न आएँ । '

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना