• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

जेसिजसँगको आवद्धताः केहि सम्झनाहरु !

कैलेकाँही यसो पछाडी फर्कनु पनि रमाइलै हुने रैछ । पुराना स्मृतिहरु खोतल्दा छुट्टै अनुभव हुने रैछ । त्यस्तै केहि सम्झनाहरु यस आलेखमा खोतल्न खोजिएको छ। जेसिज जीवनको यात्राबारे केहि व्यक्तिगत अनुभव ! 



सम्झेर ल्याउँदा जेसिज पहिला रेडियोबाटै सुनियो होला । जम्मा एउटा रेडियो सुनिने समयमा हुर्केको म । रेडियो नेपालबाहेक कान्तिपुर एफएम र सगरमाथा एफएम सुनिन्थे मेरो गाउँमा । त्यो पनि मुस्किलले !


जेसिजको नेपालमा इतिहास लामै छ । अझ दरबारसँगै जोडिन्छन् यसका इतिहासहरु । राजनीतिको कुरा गर्न नपाइने बेलामा पनि राजाकै मुखुन्जी शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने इतिहास यसै संस्थासँग छ । यसै संस्थासँग कसरी जोडिइयो भन्नेबारे केहि चर्चा अवको क्रममा । 


वाल्यकालको सबैभन्दा हितैषी मित्र । उसले कतैबाट ल्याएको थियो जेसिजको लोगो भएको कोटमा लगाउने व्याच । उसको घरमा विभिन्न खालका मानिसहरुको आउजाउ भैरहन्थ्यो । घरमा आएका कसैले उसलाई जेसिज सुनाएको हुनुपर्छ । त्यस्तै कोही मानिसबाट उसले त्यो पाएको हुनुपर्छ भन्ने मलाई आज लाग्छ । उसले मलाई त्यो देखाएर भनेको थियो । ‘यो लोगो लगाएपछि सिंहदरवार सजिलै छिर्न पाइन्छ !’ 


सिंहदरबार छिर्न सजिलै पाइने त्यो लोगोबारे उसले अरु कुरा पनि बतायो होला नै । ति कुरा म आज सम्झन सकिरहेको छैन । उमेर बढ्दै जाँदा सम्बन्धहरु हितैषी रहन सकेनन् । कतै स्वार्थ छिर्‍यो होला। कतै त्यस्तो अनुभव मात्रै भयो होला । मुखले एउटा कुरा गरेर मनमा अर्कै भावना राख्न नसक्ने बानी भएका कारण सम्बन्धको बाक्लोपना कम हुँदै गयो । कतिपय अवस्थामा ठ्याम्मै बन्द बन्द पनि भयो । कहिले मधुरो, कहिले चहकिलो हुँदै समय वितिरहेको छ । 


त्यसपछि जेसिज हरायो । २०१८ मा दोलखामा जेसिजको शाखा खुल्ने कुरा भयो। एकैपटक दोलखा शाखा र कालिञ्चोक शाखा प्रस्तावित गरिए। सुरूमा दुवै पक्षले अलिकति कम्मर कसेरै दोलखामा आफ्नो उपस्थिति जनाए। प्रस्तावित शाखाहरू प्रस्तावित मै सिमित भए ।  दुवै शाखाले मान्यता पाएनन्। 


कालिञ्चोक शाखाको नेतृत्वमा सोविता गौतम थिईन। उनी राजनीतितिर लागेपछि यो शाखाको कुरा लगातार उठेन। दोलखा शाखाको कुरा भने निरन्तर अगाडि बढिरह्यो। यसले आफूलाई विभिन्न कार्यक्रममार्फत परिचय दिलाउँदै लग्यो । यसै क्रममा २०२२ को नेपाल जेसिजको विरगञ्ज सम्मेलनमा यसले शाखाको मान्यता पायो। 


अहिले दोलखामा जेसिज अभियान वामे सर्ने क्रममा छ। लामो समय दातृ संस्थाहरूको सहयोग पाएको यो जिल्लामा स्वयंसेवक भावना विकास गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ। 


देश नै अहिले संकटको अवस्थामा छ। आर्थिक मन्दि छ । युवाहरुको पलायन दिनानुदिन बढ्दो क्रममा छ। गाउँहरू मानिसविहिन हुने यात्रामा छन्।  धनी र गरिबबीचको खाडल बढ्दो छ। यस्ता थुप्रै कुराहरू छन् । 


संकटमा अवसरहरू पनि फेला पर्छन । यसले नै पहिचान दिन्छ । जेसिज अभियानलाई यो संकटमा आफ्नो अस्तित्व देखाउने गरि परिचालन गर्न सकिए जेसिजको अभियान अझै माथिल्लो स्तरमा पुग्ने नै छ। यसका लागि सबै पक्षको सुझवुझपूर्ण अभियान जरूरी छ। 


जय जेसिज !

apawaad@gmail.com


नेपाल जेसिजको प्रकाशन JCI Nepal Souvenir 2023 पृष्ठ ११५ 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना