• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

शालिक आवाज

“अपवाद
हे जिउँदाहरु हो 
के तमासा हेरिरहेछौ
माथी पुग्ने नाममा
आफ्नै कारणबाट
दिन प्रतिदिन तल खसिरहेछौ

नचाहेरै पनि
टुलुटुलु तिमीहरुको
आँखै बन्द गर्नूपर्ने
मष्तिष्क खल्बल्याउने
फोहोरी खेल 
कति दिन कति समय
हेरिरहुँ म 
यो चोकको विचबाट

म यहाँ जहिलेदेखि राखिएँ 
त्यहि दिन त्यसै बेलादेखि
धेरैपटक थुप्रै चोटी
तिम्रा अगुवाले 
मलाई झै
तिमीहरुलाई पनि
आफ्नो स्वार्थका लागि 
प्रयोग गरिरहेछ लगातार
हजारौँ पटक तिमीलाई
मेरो नाम लिदैँ अलमल्याइरहँदा
म वेचैन छु 
के गर्ने के नगर्ने
सोच्न  सकिरहेको छैन  
म ढलेका बेला 
देश जलेका बेला 
कति धेरै सपना 
मैले तिमीहरुका लागि सोचेको थिएँ

खै पुरा हुने दिन कहिले आउला
म आश गरिरहेको छु 

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना