आफन्तहरुको मृत्यु नियाल्दै
आफ्नो काल पर्खदै
बधशालाको कोठाभित्र
निरुदेश्य निरन्तर
भयभित हुँदै
मुखभरि फिंज काडेर
झण्डै १ दर्जन
हत्याहरु नियाल्दा
उ कराउन सकेन
एकनाश हेरिरह्यो
मानिसहरुले हत्यासँगै
सम्पुर्ण जिउ छ्यान्नब्यान्न पारे
शरिरका अङ्ग प्रत्यङ्ग
एक एक गरि नियाल्दा
उ सोचिरह्यो
आखिर मान्छे को हो ?
स्मृतिपटलमा घुमिरहेछ
आफ्नै सन्तानलाई झैं
मायालु व्यवहारका साथ
कुँडो पिठो खान दिएको
वर्षामा ओत र
गर्मिमा छहारी दिएको |
अवको मृत्यु
उसकै नाममा गनिएको छ
बधशालाको गन्धभित्र
लगातार सोचिरहेछ
मान्छे, माया गर्छ कि अभिनय
उत्कृष्ट कि निकृष्ट प्राणी
यत्रतत्र छरिएका आफन्तका हड्डिहरु
गन्दै मृत्यु पर्खदैछ
बधशालाभित्रको पाडो
अर्जुन “अपवाद”
मिर्गे–५,दोलखा
apawad@hotmail.com
मानवीय संवेदनालाई प्रष्टसँग लेखिएको कविता मन परिहाल्यो । साथमा कताकता व्यंग्यजस्तो नि लाग्यो । अरु पनि कविता पढ्न पाइयोस् ।
ReplyDelete