• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल:बहिराको देश

 “अपवाद”
बहिराको देश भित्र, गित गाइ के हुन्छ र ? 
आवाज के हो थाह छैन,हाम्रा कुरा को सुन्छ र ? 
 
बोल्दा बोल्दा घाँटी सुक्यो, कस्ले सुन्यो हाम्रा कुरा 
आफ्नै तालमा बज्छन डम्फु, मनमा कुरा को गुन्छ र  ? 
  
ढुङ्गाको मन हुनेसँग, दयाको के आश गर्नु ?
आसुँभित्र डुब्नेसँग सर्मथनमा को रुन्छ र ? 
  
बगिरहन्छ समय, आफ्नै सुरमा एकनाशले 
लक्ष्यलाई भट्नैपर्छ, बिच बाटैमा को थुन्छ र ? 
  
सबै कुरा बुझ अब, सोच्ने बेला भइसक्यो 
खुस्काउनुछ सबै जालझेल नयाँ जाल को बुन्छ र ? 
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना