• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सुरीमा दरबन्दी जिरीमा जागिर

अर्जुन “अपबाद”
दोलखाको सुरिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दि अनुसारका कर्मचारी नबस्दा त्यस क्षेत्रका जनताहरु आधारभुत सेवा लिनबाट बञ्चित छन । यस केन्द्रमा १ जना एम बि बि एस डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीको दरबन्दि रहेको छ । तर यहाँ नियमित रुपमा कर्मचारी नबस्दा स्थानिय बासिन्दा उपचारका लागि २ घण्टा पैदल यात्रा गरेर सिङ्गटी बजार धाउनु परिरहेको बताउँछन सुरि का स्थानियवासिन्दा प्रल्हाद सुरेल ।

केन्द्रमा नियमित रुपमा पियन मात्र बस्ने र अन्य कर्मचारी भने कहिलेकाँही मात्र आउने गरेका गनासो गर्छन स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सल्लाहकार भागवत खड्का ।  “प्राय केन्द्रमा भेटिने भनेको पीयन मात्र हो अरु कर्मचारी केन्द्रमा हत्तपत्त भेट्नै गाह्रो छ ।” उनले भने  । केन्द्र स्थापना भएपछि सुरुमा डाक्टर गएपनि त्यसपछि नगएको खड्का बताउछन । आफुहरुले कर्मचारी उपस्थित नभएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय दोलखामा अवगत गराए पनि त्यसको सुनुवाइ हुन नसकेको खड्काले बताए । 
यता जिल्ला  स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमूख इन्द्र प्रसाद यादब डाक्टर नभएको कुरा आफुलाइ जानकारी भएको भए पनि स्वास्थ्य मन्त्रालयले नै अन्य ठाँउमा खटाएको कारण कार्यालयले केही गर्न नसकेको बताउनुहुन्छ ।“त्यहाँका लागि खटाइएका कर्मचारी जीरी जिल्ला अस्पतालमा छन तर स्वास्थ्य कार्यालय ले नै त्यहाँ खटाएका कारण हामीले केही गर्न सक्दैनौ ” यादबले भने ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

हाम्रो फेसबुक पाना