• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल:तिमीसँग जिउनुभन्दा

- अर्जुन ‘अपवाद’

तिमीसँग जिउनुभन्दा सेरिएर मर्नु जाती ।
क्षणिक हुने यो नातालाई यहीं अन्त गर्नु जाती ।

झूटा रै’छन कसम तिम्रा म सामु तिम्ले खा’का,
भोली एक्लै रुनुभन्दा विश्वासघातमा पर्नु जाती ।

तिमी आफ्नै बाटो लाग्यौ म आफ्नैतिर,
तिम्रो आश मर्यो अब अन्तै बसाइ सर्नु जाती ।

निर्णय लिने समय भो कति बसौँ  दोधारमा,
तिम्रो हात नपाइने भो एक्लै जंघार तर्नु जाती ।

सबै कुरा बुझिसकें के छ अब बुझ्न बाँकी,
उजाड मनमा बस्नुभन्दा अर्कै मन भर्नु जाती ।

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना