• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

विदेशीको नोकर हुनुभन्दा त...............

   
अर्जुन “अपवाद”

देशमा  रोजगारीको अवसर नभएको भन्दै अहिले दैनिक १ हजार युवा विदेसिने गर्दछन । देशमा काम गर्ने अवसर नभएको भन्दै युवा वैदेशिक रोजगारिमा आर्कषित भइरहेको बेलामा दोलखाको बोच गाविसका तेजेन्द्र बहादुर केसीले भने बैदेशिक रोजगारबाट फर्किएर आफ्नै गाँउमा माछापालन व्यवसाय सुरु गरेका छन ।
    दोलखाको बोच गाविसमा २०३४ सालमा जन्मेका उनि पढाइको सिलसिलामा काठमाण्डौ छिरेका थिए । काठमाण्डौमा पढाइका क्रममा उनले मानवअधिकार आयोगमा काम गर्न लागे । १८ महिना आयोगमा काम गरिसकेपछि उनले नेपाली सेनाको जागिर खाए । २ वर्ष नेपाली सेनामा काम गरेपछि उनि बैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तानमा गए । अफगानिस्तानमा सुरक्षा इन्चार्ज भएर उनले काम गरे । तर त्यस स्थानमा पनि उनले लामो समय काम गर्न सकेनन । उनलाई आफ्नै स्थानमा केही गर्ने सोचले झकझक्याइरहेको थियो । यसै क्रममा उनि ककनी पुगे र त्यहाँ गरिएको माछापालनले उनलाइ  आफ्नै ठाँउमा पनि माछापालन गर्न सकिन्छ भन्ने लाग्यो र गाँउ फर्केर माछापालन गर्न लागे ।“ ककनीमा माछापालन गरेको देखेपछि आफ्नै ठाँउमा पनि माछापालन सम्भव होला जस्तो लाग्यो । त्यहाँबाट फर्कैपछि माछापालन सुरु गरेँ ।” उनले भने ।
माछा  पोखरिमा  माछा स्यहार गर्दै तेजेन्द्र
    उनले व्यवसायिक रुपमा माछापालन गर्न लागेको १ वर्ष पुग्न लाग्यो । यस वर्षबाट आम्दानी पनि लिन लागेका छन । यस वर्षवाट व्यवसायिक रुपमा वजारमा आँउछ उनले भने । रेन्बो ट्राउट जातको माछा पालनका लागि दोलखाजस्ता पहाडी जिल्ला एकदमै उपयुक्त रहेको उनको बुझाइ छ । पहाडी जिल्लामा हुने खोलामा चिसो पानी बहन्छ यो माछाका लागि अति नै उपयुक्त हुन्छ । चिसो पानी बग्ने स्थान नभए पनि अन्य विभिन्न जातका माछा पालन गर्न सकिने उनले बताए ।
    मलेसिया जानका लागि लाग्ने खर्च लाई सहि उपयोग गर्ने हो भने देशमा सम्मानित जीवन जिउन सकिने उनी बताँउछन । कैयौं युवा आफ्नो स्थानमा भएका सम्भावना केलाउनतिर नै लाग्दैनन । माछापालन गरिएको पोखरीको छेउमा माछातिर हेर्दै उनले बताए । आगामी दिनमा उनि दोलखा जिल्लालाई माछापालनको नमुना जिल्ला बनाउने तयारीमा छन । एकजनाबाट त्यो कुरा सम्भव होला र ? तर उनले रसुवाको उदाहरण दिंदै भने त्यहाँ सुरुमा तीन स्थानमा मात्र माछा पालन गरिन्थ्यो तर अहिले रेन्बो ट्राउट जातको माछाको उत्पादन सबैभन्दा बढि रसुवामा हुन्छ । 

    विदेशमा गर्ने परिश्रम नेपालमा नै गर्ने हो भने त्यसले सानदार जीवनशैली जिउन सक्ने उनी बताँउछन ।“ विदेशिको नोकर हुनुभन्दा स्वदेशमा काम गरि मालिक हुनु धेरै राम्रो हो । विदेशमा पनि पैसाका बोट हुने हैन ।” उनले अगाडी थपे ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना