• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

चोरी अभियोगमा ४ पक्राउ


अर्जुन “अपवाद”
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोको सामान चोरी गरेको आभियोगमा दोलखा जुँगु का विर वहादुर नेपाली सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरिका जीवन वर्देवा, रामप्रसाद चौधरी र गोरखाका सुरजवहादुर गुरुङ रहेका छन ।
   २ हप्ताअगाडी आयोजना स्थलबाट हराएका सामाग्रीहरु उनिहरुको साथमा फेला परेपछि गोगर इलाका प्रहरी कार्यालयले सामानसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट गाडीको २ ओटा ब्याट्री, फलामका पातासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।  उनिहरुलाई आवाश्यक अनुसन्धान पछि कानुनी कारवाही अगाडी वढाइने प्रहरीले जानकारी दिएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना