• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वृक्षारोपण कार्यक्रम सम्पन्न


चौथो गणतन्त्र दिवसको अवसर पारेर मिर्गे–५, चिलाउनेखर्कमा रहेको आकाशगंगा रिलेकले जेठ १५ गते वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कालिढुङ्गा सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको सडकको दायाँवायाँ अमृसो लगायतका घाँसे विरुवाका साथै विभिन्न प्रजातीका विरुवाहरु गरि झण्डै ३०० विरुवा रोपिएको थियो । स्थानिय रुपमा निर्माण गरिएका सडकहरुवाट वर्षेनी भू–क्षय हुने गरेकाले सो को रोकथामका लागि सडक किनारामा वृक्षारोपण गरिएको रिलेकका उपाध्यक्ष दीपकुमार दाहालले जानकारी दिए । वृक्षारोपण समारोहमा क्लवका सदस्यहरु र स्थानिय वासिन्दाहरु गरि २० जनाभन्दा वढिको सहभागिता रहेको थियो । क्लवले कार्यक्रममा सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र वितरण गरेको थियो । सोही अवसरमा क्लवको अगुवाईमा स्थानिय बासिन्दाले प्रयोग गर्ने खानेपानीको मुहान सरसफाई समेत गरिएको थियो ।

Read in English

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना