अर्जुन “अपवाद”
“......... म १४ वर्षको थिएँ । बुबा सरकारी विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । बुबा तालिम लिन सदरमुकाम जानुभएको थियो । सदरमुकामबाट फर्किएपछि माओवादी हाम्रो घरमा आए र बुबासंग कुराकानी गरे । त्यसको २ दिनपछि रातको १० वजेतिर माओवादी हाम्रो घर आए र बुबालाई लिएर जान लागे । हामी सबै रुन लाग्यौं । माओवादीले हाम्रा बुबालाई घरबाहिर निकालेपछि हामी पनि पछाडी लाग्यौ । माओवादीले बुबालाई खाँबामा वाँधे । हामी परिवारका सदस्य सबैलाई पनि खाबाँमा बाँधे र कञ्चटमा वन्दुक तेर्साइयो । हाम्रा अगाडी नै वावुको घाँटी रेटेर हत्या गरियो । मलाई अहिले पनि घटना सम्झेर जीउ काम्छ । बुबाको हत्या भइसकेपछि रात हामीले दाम्लोमा नै बाँधीएर वितायौं । विहान गाँउले आएर हाम्रो दाम्लो खोले । माओवादी त्रासका कारण हामीले बुबाको मलामी पाएनौं । मुस्किलले नौ जना मात्र भए ......................।”
सुर्खेतका ताराप्रसाद पौडेलले आफ्नो कथा वताईरहँदा कार्यक्रमका सहभागीहरुको आँखा भरिएका थिए । एसिया रिसोर्स फाउण्डेशन र जागृति वाल तथा युवा क्लवले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानवाट आएका सहभागिहरुले आफ्ना भोगाइ प्रस्तुत गरिरहँदा शसस्त्र द्धन्दको समयमा द्धन्दरत पक्षहरुले गरेका ज्यादतीहरु सहजै आकलन गर्न सकिन्थ्यो । द्धन्दको समयमा सेनाद्धारा वावु वेपत्ता वनाइएकी रुकुमकी लिला पाण्डेको कथा पनि कम दर्दनाक थिएन । आफ्नो कथा भन्न उनलाई एकदमै अप्ठ्यारो भएको थियो । कथा बताँउदै गर्दा उनी विचविचमा रोकीएकी थिइन । २०६० सालमा उनको बुवालाई सेनाले पक्राउ गरेर लगेको आजसम्म कुनै पत्तो छैन । वुवालाई पक्राउ गरेपछि माओवादीमा लागेका दाई पनि दोहारो भिडन्तमा मारिए । यसले गर्दा उनलाई अहिले परिवारको अभिभावकत्व गर्नु पर्दाको पिडा छ ।

यि र यस्तै खालका कथाहरु वोकेका २ दर्जन युवाहरु देशको विभिन्न भागबाट कार्यक्रममा जम्मा भएका थिए । इलामका युवराज गौतम द्धन्दका समयमा इलामबाट पत्रकारिता गर्थे । द्धन्दका समयमा लेखेका समाचारका कारण उनले द्धन्दरत पक्षहरुले दिएको मानसिक यातना पाएका थिए । द्धन्दरत पक्षहरुले समाचारको श्रोत खोल्नका लागि दिएको दवावका कारण मानसिक यातना पाएको उनि वताँउछन । कैलालीका मेखराज फुलारा आफैं त द्धन्दमा परेनन तर द्धन्दरत पक्षहरुले गरेका ज्यादतिलाई उनले नजिकैवाट नियालेका छन । सरकारी सेनासंग विवाह गरेकै कारण माओवादीले युवतीको हत्या गरेको उनलाई अझै सम्झना छ । माओवादी खोज्दै आएको सेनाले गाँउका निर्दोश मानिसको हत्या गरेका थिए । यस्ता घटनाले गर्दा समाजमा अझै पनि त्रासको वातावरण छ । देशका विभिन्न स्थानवाट प्रतिनिधित्व गर्दै आएका सहभागिहरुले यस्तै यस्तै भोगाइहरु कार्यक्रममा राखेका थिए ।
द्धन्दकालिन अवस्थामा स्थानिय स्तरमा मानव अधिकार महिला तथा वाल अधिकार लगायतका विषयमा अवलम्बन गरिएका उपायहरुका वारेमा अनुभव आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले द्धन्दकालिन अवस्थाहरुका वारेमा आफूहरुले सुरक्षित रहन अवलम्बन गरेका उपायहरुका बारेमा जानकारी आदानप्रदान गरेका थिए ।
द्धन्दमा प्रभावित भएका परिवारहरुका लागि सरकारले सत्य तथा मेलमिलाप आयोग वन्नुपर्ने सहभागिहरुको माग रहेको थियो । हाम्रो सरकार संग अरु केही भन्नु छैन । हाम्रो परिवारका सदस्यहरुको हत्या गर्ने हत्याराहरुलाई राज्यले कानुन वमोजिम कारवाही गरोस । सुर्खेतका ताराप्रसाद पौडेलले भने ।