असोज १ गते गएको भूकम्पका पिडितहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले राहत वितरण गरेको छ । भुकम्पका कारण घरमा क्षति पुगि विस्थापित हुने र घर चर्किएर विस्थापन हुने खतरामा पुगेका १६ परिवारलाई राहत वितरण गरेको प्रमूख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भूकम्पको क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा ५० परिवारभन्दा धेरैको निवेदन परेको छ । प्राप्त निवेदनहरुमा आवाश्यक छानविनका लागि जिल्ला प्रशासन कार्यालयको टोलीले भिमेश्वर नगरपालिका, नाम्दु, क्षेत्रपा, मिर्गे, भिरकोट झुले लगायतका गाविसमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा फेला परेका पूर्ण रुपमा विस्थापन हुने १० परिवारलाई प्रति परिवार १० हजार र आँशिक क्षती हुने ६ परिवारलाई ५ हजारका दरले पहिलो लटमा १ लाख तीस हजार रुपैंया वितरण गरिएको हो । १० हजारको दरले राहत रकम पाउनेमा जीरी गाविसका १, जफेका ३, भिरकोटका ३, वोचका र लाँकुरीडाँडाका २ परिवार रहेका छन । भने आंसिक क्षति भई ५ हजारको दरले रकम प्राप्त गर्नेमा झुले गाविसका ३, नाम्दु गाविसका ४ र लाकुरीडाँडाका १ परिवार गरि ६ परिवार रहेका छन । जिल्लाका विभिन्न क्षेत्रमा भुकम्पवाट घर क्षती भएका अन्य परिवारलाई आवाश्यक छानविनपछि राहत रकम प्रदान गरिने भट्टराईले जानकारी दिनुभयो ।

apawad@hotmail.com
No comments:
Post a Comment