जिल्ला प्रशासन कार्यालयको कोठामा रहेको सामाग्री कर्मचारीहर निकाल्न लाग्दा दोलखाका धेरै पत्रकार कार्यालयमा पुगिसकेका थिए । २ ओटा भन्दा वढि कोठामा राखिएको सामाग्री जलाउने तयारी हुँदै गर्दा नगरपालीकाको फोहोर वोक्ने गाडी पनि आइपुग्यो । सामाग्री त जलाउने भइयो तर मट्टितेल रहेनछ ।
पत्रकारहरुको भिडवाट मट्टितेल नी वरामद गरेको भए हुन्थ्यो नी भन्ने पनि सुनियो । सामाग्रीहरु टुडिंखेलको एक छेउ पु¥याएपछि पेय पदार्थ खोलेर नष्ट गर्न लागे प्रहरीहरु ।
प्रहरीहरु नष्ट गर्न लागदा एक सरकारी कर्मचारी भन्न लागे । यो सामाग्री जलाउनु भन्दा त वरु रक्सी वनाएको भए हुन्थ्यो नी ? उनको कुरामा सहि थपन आइपुगिन एकजना माओवादी कमरेड । उनीहरुका कुराहरु चल्दै गर्दा प्रहरीले खाद्यसामाग्रीको थुप्रोमा मट्टितेल खन्याएर आगो लगाउनु सुरु गरिसकेको थियो । आगो लाग्दै गएपछि राजनैतिक दलका मानिसहरु कोहि अनुमति र कोही विनाअनुमती नै त्यहाँवाट हिंडिसकेका थिए ।
दोलखाको विभिन्न क्षेत्रमा रहेका पसलहरुको अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयले वरामद गरेको अन्दाजी २ हजार किलोग्राम खाद्यसामाग्री जलायर नष्ट गर्दै गर्दा टुडिंखेलमा देखिएको दृश्य हो यो । पत्रकार, राजनैतिक दलका प्रतिनीधि लगायतको उपस्थितिमा आज चरिकोटको टुंडिखेलमा खाद्यसामाग्री जलाइएको हो । जलाइएका खाद्यसामाग्रीमा सिन्के चाउचाउ, मैदा, तेल, कोकोकोला लगायतका पेय पदार्थ रहेका छन । खाद्यसामाग्रीमा उपयोगको मिति नराखिएको तथा खाद्य अवधी गुज्रिएको भेटिएपछि अनुगमन टोलीले त्यस्ता सामाग्री वरामद गरेको थियो । वजार अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने सहायक प्रमूख जिल्ला अधिकारी रोशन ज्ञवालीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment