अर्जुन “अपवाद”
दोलखाको काटाकुटीकी विमला दुलाल शिक्षण कार्यमा संलग्न हुनुहुन्छ । शिक्षणका क्रममा विद्यार्थीहरुले संविधानसभाका वारेमा जिज्ञासा राख्दा उहाँलाई प्रष्ट जवाफ दिन अप्ठ्यारो पर्ने गर्दथ्यो । “धेरै कुरा नजानेको हुनाले गलत कुरा पो जानकारी दिइन्छ की भन्ने लागेर विद्यार्थीले संविधानसभाका वारेमा प्रश्न नराखे हुन्थ्यो भन्ने लाग्थ्यो ।
संविधानसभामा भइरहेका गतिविधिहरुका बारेमा रेडियोमा सुने पनि त्यसलाई राम्ररी वुझ्न पाएको थिइन”, उहाँ भन्नुहुन्छ । आजकाल भने उहाँ संविधानसभाका वारेमा विद्यार्थीहरुलाई राम्ररी वताउन सक्ने हुनुभएको छ ।
संयुक्त राष्ट्रसंघिय कार्यक्रम युएनडिपी र सामुदायिक सुचना नेटवर्क सिआईएन काठमाण्डौंको सहयोगमा रेडियो शैलुङ्ग सामुदायिक एफएम दोलखाले उत्पादन गर्ने सरोकार संविधानको रेडियो कार्यक्रम रेडियोवाट प्रशारण सुरु भइसकेपछि विमला दुलालजस्ता धेरुै मानिसहरुको संविधान सम्वन्धी जिज्ञासालाई यसले समाधानका लागि सहयोग गरेको छ । देशमा संविधान वन्दै छ । तर संविधानमा उल्लेख गरिएका प्रावधानहरुले स्थानिय स्तरमा कस्तो प्रभाव पार्छन भन्ने विषयमा जानकारी पाउने साधन केही पनि थिएन । यस्तो अवस्थामा यो रेडियो कार्यक्रमले धेरै नै सहयोग गरेको पवटीकी गायत्री आचार्यको भनाई छ । रेडियो सुन्ने भनेको कि त गीत सुन्न की त समाचार सुन्नका लागि मात्र थियो । जव यो कार्यक्रम रेडियोवाट प्रसारण भयो । यो कार्यक्रमको पनि म नियमित श्रोता नै भइसकेको छु । समुदायमा प्रत्यक्ष संलग्न रहेर काम गर्ने मजस्ताले त यो कार्यक्रम नियमित रुपमा सुन्नु अत्यन्तै जरुरी छ भन्ने मलाई लाग्छ । उनले भनिन ।
संविधानसभाका वारेमा केन्द्रमा मात्रै कुराकानी तथा वहस हुने र त्यो वहस स्थानिय मानिसहरुका लागि बुझ्न कठिन हुने हुनाले यो कार्यक्रम सुरु गरिएको कार्यक्रमको स्थानिय स्तरमा संयोजन गरिरहेको संस्था महिला उत्थान विकास मञ्च दोलखाकी उपाध्यक्ष देवी शिवाकोटीको भनाई छ । यो कार्यक्रमले गर्दा स्थानिय स्तरमा पनि संविधानका वारेमा छलफल सुरु भएको शिवाकोटी वताउछिन । “यो कार्यक्रम सुरु हुनुभन्दा पहिले गाँउघरमा संविधानका वारेमा कुरा ग¥यो भने स्थानिय वासिन्दा यो त सांसदको काम पो हो त । हामीलाई त यसका वारेमा चासो राखेर काम छैन भन्ने गर्थे । तर हिजोआज उनिहरु नै संविधानका वारेमा हामीसंग कुराकानी गर्न चाहन्छन”, शिवाकोटीले भनिन ।
कार्तिक महिनादेखि सुरु भएको यो कार्यक्रमको अहिलेसम्म ६ ओटा श्रृङ्खला प्रसारण भइसकेको छ । अहिलेसम्म संविधान निर्माण प्रकृया, राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदन, मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त समिति प्रतिवेदन, न्याय प्रणाली समिति प्रतिवेदन, अल्पसख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति प्रतिवेदनका विषयमा कार्यक्रम उत्पादन गरिएको कार्यक्रम निर्माता विनिता शिवाकोटीले जानकारी दिइन । “कार्यक्रममा संविधानसभामा के भईरहेको छ भन्ने विषयमा सामुदायिक सुचना नेटवर्क सिआईएनले कार्यक्रम निर्माण गर्ने तथा त्यस विषयमा स्थानिय स्तरमा पर्ने प्रभाव तथा स्थानिय वासिन्दाको सो का वारेमा रहेको वुझाई स्थानिय रेडियोले समेट्ने गरि कार्यक्रम निर्माण गर्ने गरिन्छ”, शिवाकोटी भन्छीन ।
कार्यक्रमले गर्दा धेरै मानिसमा संविधानसभाका वारेमा जिज्ञासा पैदा गराएको छ । धेरै श्रोताहरुले संविधानका वारेमा जानकारी अझै धेरै चाहियो भन्छन । स्याङ्जा घर भई हाल चरिकोट वस्ने पदम पोखरेललाई संविधानसभा अन्तर्गतको साँस्कृतिक तथा सामाजिक ऐक्यवद्धताको निर्धारण समितीले प्रस्तावित गरेका कुरामा चित्त बुझेको छैन । समितीले प्रस्तावित गरेको मस्यौदाका वारेमा उनले रेडियोवाट नै थाहा पाएको वताए । उनले भने यो कार्यक्रममा यस समितीका वारेमा कुराकानी गर्न वोलाईएका शान्तकृष्ण श्रेष्ठको कुरा सुनेपछि मलाई भोली देशले अपनाउने भाषा नीतिले सहजता भन्दा जटिलता थप्छ की भन्ने आशंका पैदा भयो । हामीले खोजेको समुन्नत नेपाल हो । सहज वनाउने नाममा जटील वनाइयो भने त्यसले फेरी देशलाई पछिल्तीर धकेल्छ । उनले कार्यक्रममा प्रतिकृया स्वरुप लेखेको पत्रमा उल्लेख गरेका छन । शिवाकोटीले वताइन ।
संविधान देशको मुल कानुन हो । यसमा भएका प्रावधानहरुले नै देशको शासनव्यवस्था जनताका मौलिक हकहरुको ग्यारेन्टि गर्ने गर्दछ । यदी यसको निर्माण प्रकृयामा जनताको मत पाएर संविधानसभामा पुगेका सांसदहरुले चाहेजती ध्यान दिन सकेनन भने यसले देशलाई अगाडी लैजानुको सट्टा पछाडी धकेल्ने खतरा पनि त्यत्तिकै छ । सबैले चनाखो हुनु पर्छ यस वेला ।
apawad@hotmail.com