• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कुखुरापालनमा दोलखा आत्मनिर्भर


अर्जुन “अपवाद”

दोलखामा २ वर्षअगाडीसम्म वजारमा हुने कुखुराको मासुको माग काठमाण्डौले धान्ने गर्दथ्यो । वजारमा कुनै कार्य गर्नका लागि १, २ हप्ता अगाडी नै व्यापारीहरुसंग मासु अर्डर गर्नुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरीएको छ ।
अहिले दोलखामा खपत हुने कुखुराको मासूको पूर्ण हिस्सा दोलखाले नै आपुर्ती गर्ने गर्दछ । सदरमुकाम चरिकोटमा रहेका २७ ओटा मासु पसलमा खपत हुने कुखुराको मासुका लागि अहिले दोलखाका कुखुरापालकहरुले पर्याप्त रुपमा कुखुरा खपत गरेर काठमाण्डौमा समेत निर्यात गर्न सक्षम भएका छन ।
जिल्ला पशुविकास कार्यालय दोलखाले उपलव्ध गराएको जानकारी अनुसार हाल दोलखामा वार्षिक रुपमा १७९ मेट्रिक टन कुखुराको मासु उत्पादन हुने गर्दछ । अघिल्लो वर्ष १७१ मेट्रिक टन मासु उत्पादन भएको थियो । कुखुराको अण्डा उत्पादन पनि दोलखामा  वढेको छ ।  गत वर्ष १२ लाख १२ हजार अण्डा उत्पादन भएकोमा यस वर्ष १२ लाख ४५  हजार अण्डा उत्पादन भएको थियो । दोलखामा दैनिक रुपमा सरदर १००० केजी कुखुराको मासु खपत हुने मासु व्यवसयी संघ दोलखाका कार्यसमिती सदस्य विरशंकर शाही वताँउछन । “रोगीहरुले पनि खान मिल्ने र सबैभन्दा सस्तो पर्ने भएकाले उपभोक्ताहरु कुखुराको मासुतर्फ आकर्सित भएका हुन ” शाही वताँउछन  । जिल्ला पशुसेवा कार्यालयका प्रमूख डाक्टर जगत वहादुर सिंखडाका अनुसार पछिल्लो समय दोलखामा कुखुरापालन तर्फ मानिसहरुको आकर्षण वढ्दै गएको छ । कम लगानीमा सुरु गर्न सकिने र धेरै प्राविधिक ज्ञान आवाश्यक नपर्ने भएका कारण यस पेशातर्फ आर्कषण वढेको हो । 
विदेशवाट फर्किएर कुखुरापालन 
सदरमुकाम चरिकोटको चरिघ्याङका निमा लामा रोजगारीको सिलसिलामा  मलेसियामा काम गर्न पुगेका थिए । मलेसियामा सुपरमार्केटमा सेल्सम्यानको काम गर्ने लामा गत वर्ष स्वदेश फर्किएपछि अहिले कुखुरापलन व्यवसयमा संलग्न छन । भर्खर २७ वर्ष पुगेका लामाले आफ्नो घरमा अहिले ३०० कुखुरा अटाउने व्यवस्थित कुखुराको खोर निर्माण गरि व्यवसायिक कुखुरापालन सुरु गरेका छन । गत फागुन महिनादेखि कुखुरापालन सुरु गरेका उनी भन्छन वजारमा कुखुराको वढ्दो माग देखेर यो पेशातर्फ लागेको हुं । प्राविधिक ज्ञान अभावका कारण सुरुमा धेरै केही कुखुरा पनि मरे तर अहिले त धेरै कुरा सिकियो ।  मासुको प्रयोजनाका लागि पालिएका कुखुरामा केही रोग देखा परेमा जिल्ला पशुसेवा कार्यालयमा सल्लाह लिने गरेको छु” उनले भने । 
दोलखाको विकट गाँउका रुपमा चिनिने आलम्पु गाविसकी कुमारी थामी पनि अहिले चरिकोटमा कुखुरापालन व्यवसाय गर्छिन । गत वर्ष श्रीमान कामका लागि विदेश उडेपछि उनि आफ्ना २ वालवालिका सहित चरिकोटमा वसोवास गर्न थालेकी हुन । गत वर्षको असार महिनावाट यो व्यवसाय सुरु गरेकी उनले यसका लागि सुरुमा ४० हजार रुपैया लगानी गरेको जानकारी दिइन । यहि पेशावाट उनले आफ्ना २ छोराछोरीलाइ चरिकोटकै एक नीजि विद्यालयमा पढाइरहेकी छिन । “यस व्यवसायका लागि वजारको अभाव छैन । कुखुरा तयारी भईसकेपछि व्यापारीहरु खोरमा नै आईपुग्छन ।” थामीले भनिन । 
कुखुरापालन व्यवसायमा युवाको आर्कषण 
पछिल्लो समयमा कुखुरापालन व्यवसायमा युवाहरुको संलग्नता वढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयले हरेक वर्ष सञ्चालन गर्ने युवा स्वरोजगार कार्यक्रममा कुखुरापालन व्यवसाय गर्नेको संख्या वढि छ । कार्यालयले गरेको युवा स्वरोजगार कार्यक्रममा आर्थिक वर्ष ०६४÷६५ मा ३० युवा मध्ये १३ जनाले कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन । त्यसैगरि ६५÷६६ मा ३० मा ४, ६६÷६७ मा ५२ मा १० र ६७÷ ६८ मा ३० मा ४ जना युवाले कुखुरापालन व्यवसाय सञ्चालन गरेका थिए भने कालिञ्चोक पशुपालन तथा दुग्ध उत्पादन सहकारी वोचले सामूहिक रुपमा कार्यालयको सहयोगमा कुखुरापालन गरिरहेको छ । 
वैकल्पीक पेशा वन्दै कुखुरापालन 
दोलखाकै नाम्दु गाविसका टिकाराम खतिवडा स्थानिय सरकारी विद्यालयका शिक्षक हुन । गत वर्षदेखि उनले पनि कुखुरापालन गरेका छन । “विद्यालयमा काम गर्ने शिक्षकले पनि व्यवसाय गर्न हुन्छ भन्ने लागेर यो व्यवसायमा लागेको हुँ” घिमिरे भन्छन । घिमिरेले अण्डाका लागि २०० लेयर्स कुखुरा पालन गरेको  जानकारी दिए । वजारका लागि कुनै समस्या छैन । वजार भन्दा अलिक वाहिर भएका कारण मासुका लागि भन्दा अण्डा उत्पादनका लागि उपयुक्त हुने लागेर लेर्यस जातको कुरा  पालन गरेको घिमिरेको भनाई छ । विद्यालय जानु अघि र विद्यालयवाट आईसकेपछि उनि कुखुराको स्याहार सुसारमा लागिहेका भेटिन्छन । विद्यालय गएको समयमा घरमा रहने अन्य सदस्यले स्याहार गर्ने गर्दछन । 
दोलखाको क्षेत्रपामा घर भएका शान्त जिरेल चरिकोटको एक सरकारी कार्यालयमा काम गर्ने गर्दछन । विगत वर्षदेखि कुखुरापालन गरेका उनि कुखुरापालन व्यवसायवाट राम्रै आम्दानी हुने वताँउछन । कखुरापालनवाट मासिक रुपमा १०,१५ हजार आम्दानी हुन्छ होला  उनले भने । 
व्यवसायीमा प्राविधिक ज्ञानको अभाव 
जिल्ला पशु सेवा कार्यालयका अनुसार दोलखा जिल्लामा लेर्यस जातका कुखुरापालकको संख्या ४२ रहेको छ भने ब्रोइलर कुखुरा पालन गर्ने किसान १८९ रहेका छन । तर कार्यालयमा जानकारी नगराई कुखुरापालनमा संलग्न किसानहरुको संख्या पनि धेरै छ । कुखुरापालनमा अति आवाश्यक प्राविधिक ज्ञान पनि हासिल नगरी कुखुरा पालन गर्ने किसानको संख्या धेरै भएका कारण किसानले आशातीत उपलव्धी हासिल गर्न सकेका छैनन । दोलखा जिल्लावाट हुने पंक्षीजन्य वस्तुको आयात निर्यात व्यवस्थित गर्नका लागि पशुसेवा कार्यालयले अस्थायी चेकपोष्टको निर्माण गरेको छ । गत असार महिनाको ३ गतेबाट स्थापना गरिएको चेकपोष्टमा जिल्लाबाट वाहिर जाने तथा जिल्ला भित्रिने पशुपंक्षीको लगत राख्ने गरिएको छ । यस अवधिमा जिल्लामा २६५५ ओटा कुखुराका चल्ला दोलखा भित्रिएको र दोलखावाट ५२० ओटा कुखुरा वाहिरएको कार्यालयले जानकारी दिएको छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना