अपवाद
अघिल्ला गणनाहरुमा दोलखालीहरुको संख्या प्रत्येक पटक वढ्ने गर्दथ्यो । नेपालमा प्रत्येक १० वर्षमा गरिने जनगणना यस वर्षको असारमा सञ्चालन भएको थियो । २०५८ सालमा भन्दा २०६८ सालमा १६ हजार दोलखाली घटेका छन ।
जनसंख्या वृद्धिदर धनात्मकवाट ऋणात्मक वन्न पुगेको छ जसअनुसार जनसंख्या वृद्धिदर –०.८६ रहेको छ । केन्द्रिय तथ्याङ्क विभागले निकालेको प्रारम्भिक तथ्याङ्कअनुसार २०५८ सालमा २ लाख ४ हजार २ सय २९ जनसंख्या रहेकोमा २०६८ सालमा १ लाख ८८ हजार १ सय ८६ जना मा सिमित हुन पुगेको छ । जसमा ८८ हजार १ सय ६३ पुरुष तथा १ लाख २३ जना महिला रहेका छन ।
यसपटक जनसंख्या गणना गर्दा विगतभन्दा फरक विधि अपनाइएका कारण जनसंख्या घटेको जिल्ला विकास समिती दोलखाका सुचना अधिकृत विक्रम कार्कीको ठहर छ । उनि भन्छन “अघिल्लो पटक स्थायि वसोवास गर्ने आधारमा यस पटक भने अक्सर गरेर वसोवास गर्ने आधार लिएका कारण विभिन्न कारणले वाहिरिएका दोलखालीहरु यस जनसंख्यामा नसमेटिएका कारण जनसंख्या घटेको देखिएको हो” कार्कीले भने ।
यस पटकको जनसंख्यामा विदेश जाने मानिसहरुको पनि तथ्याङ्क राख्ने कार्य गरिएको छ । दोलखामा यस पटक १० हजार १ सय ७२ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन । यसैगरि देशभरवाट वैदेशिक रोजगारीमा जानेको संख्या १९ लाख १७ हजार नौ सय ३ जना रहेका छन । यसपटक दोलखा लगायत नेपालभरका २२ जिल्लामा जनसंख्या घटेको छ । जनसंखया घट्ने जिल्लामा दोलखा लगायत रामेछाप, सोलुखुम्वु लगायत रहेका छन ।
No comments:
Post a Comment