• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नयाँ संविधानले घर भाँडीने चिन्ता ।



अर्जुन अपवाद 

मेरो माइतीको जात श्रेष्ठ हो । अहिले मैले मधेसी मुलका नागरिकसंग विवाह गरें तर यो संविधानले मलाई मेरो घरपरिवारमा असर गर्छ की भन्ने चिन्ता लाग्छ । कुरा सुन्ने सबै गलल्ल हाँसे ।
तर पनि उनले कुरा जारी राखिन अव जातजातीका कुरा गर्ने दिन आएका छन । नयाँ संविधानले गर्दा मेरो पारिवारीक स्थिती पनि डामाडोल होला भन्ने पिर लाग्न लागेको छ । अव वच्चाहरु पनि शुद्ध जन्माइदिनु पर्ने अवस्था आएको छ । दोलखाकी कमला श्रेष्ठको कुरा सुनेपछि सुरुमा हाँसोले गुञ्जिएको हल एकाएक शान्त भयो । सबैले नयाँ संविधानका कारण सकरात्मक असर मात्रै पर्छ भनिरहेका वेला उनको यो कुराले सबैलाई यसै कुरामा केन्द्रित गरायो । उनको कुरा सुनिसकेपछि हरी जिरेलले भने यसरी जातियतामा गएर देशलाई दीर्घकालिन फाइदा हुन्छ भन्ने मलाई लाग्दैन । उनले थपे दोलखाको इतिहास हेर्ने हो भने यहाँवाट विगतमा र अहिले पनि साँसदहरु जनजाती समूदायवाट प्रतिनिधि भएका छन । तर उनिहरुले प्रतिनिधित्व गरेको समुदायको खासै विकास भएको छैन । यसकारण जातिय मुद्धाले सबै समस्या समाधान गर्छ भन्ने मलाई लागेको छैन । 
यसरी विभिन्न क्षेत्रका व्यक्तिहरुको एकै थलोमा वसेर नयाँ संविधानबारेका धारणा सुन्ने वातावरण वनाएको थियो जागरण नेपाल र महिला उत्थान केन्द्र चरिकोटले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमले । नयाँ संविधानका लागि निर्वाचन क्षेत्रस्तरिय अन्तरक्रिया कार्यक्रममा वोल्ने धेरैजसले नयाँ संविधानमा उल्लेख गरिने प्रावधानका कारण सहज भन्दा असहज स्थिती पैदा हुने हो की भन्ने चिन्ता व्यक्त गरे । सबै नागरिकका भनाईहरु अघिल्लो लहरमा वसेर दोलखाकी सभासद शान्ती पाख्रिनले टिपोट गरिरहेकी थिइन । दोलखामा लामो समयदेखि साहित्य क्षेत्रमा लागेका साहित्यकार एवं स्तम्भकार विष्णु सुवेदीले जातियता विखण्डनको विउ हुन नहुने वताए । अहिलेको राज्य पूर्नसंरचना अन्तगर्त दोलखा तीन क्षेत्रमा वाँडिएका कारण यसले असजिलो हुने लागेका छ वेलकुमारी तामाङलाई उनले भनिन जता परेपनि दोलखा एकै प्रदेशमा परे हुन्थ्यो । 
कार्यक्रममा पार्टिहरुको तर्फवाट भनाई राख्दै एकिकृत नेकपा माओवादीका इश्वर थापा, नेपाली कांग्रेसकी सुनिता नेपाली र एमालेका हिरा थोकरले नयाँ वन्ने संविधानले जनतालाई सहजता तर्फ लैजान खोजिरहेको वताए । यसपछि वोल्ने पालो संविधानसभाका सदस्य शान्ती पाख्रिनको थियो । उनले दोलखा कुनै पनि हालतमा खण्डित हुन नहुने मत व्यक्त गरिन । “संविधानका वारेमा धेरैले चासो व्यक्त गर्नुभएको छ । यसले हामीलाई अझै जिम्मेवार वनाएको छ”, उनले भनिन । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना