अर्जुन "अपवाद"
सुरुमा आफ्नो धान रोप्ने खेतमा अलैंची रोप्दा मिर्गे–२, जैनालुका मान बहादुर तामाङका वारेमा गाँउघरमा कुरा काट्ने धेरै थिए । धान फल्ने खेतमा अलैंची लगायर किन बुद्धि विगारेको होला ?
यस्ता कुरा सुन्दा उनि कत्ति विचलीत भएनन र आफ्नो अभियानमा निरन्तर लागिरहे । यस वर्ष उनले आफ्नो मेहनतको स्वादिलो फल चाख्न पाए । धान रोप्दा ४ हजार पनि नआउने खेतमा उनले रोपेको अलैंचीवाट उनले साँढे चार लाख रुपैंया आर्जन गर्न सफल भए । यो देखेपछि उनले गरेको यो अलैंची खेतिको अभियान गाँउघरमा सकरात्मक चर्चा गर्ने विषय भएको छ । “यसका कारण गाँउका युवाहरुमा पनि यसले सकरात्मक चर्चा पाएको छ । केहि युवाहरु त यसका अव हामी पनि यस्तै काम गर्नुप¥यो भन्ने लागेका छन । यसले मलाई सन्तोष लाग्छ,” उनले भने ।
यस्ता कुरा सुन्दा उनि कत्ति विचलीत भएनन र आफ्नो अभियानमा निरन्तर लागिरहे । यस वर्ष उनले आफ्नो मेहनतको स्वादिलो फल चाख्न पाए । धान रोप्दा ४ हजार पनि नआउने खेतमा उनले रोपेको अलैंचीवाट उनले साँढे चार लाख रुपैंया आर्जन गर्न सफल भए । यो देखेपछि उनले गरेको यो अलैंची खेतिको अभियान गाँउघरमा सकरात्मक चर्चा गर्ने विषय भएको छ । “यसका कारण गाँउका युवाहरुमा पनि यसले सकरात्मक चर्चा पाएको छ । केहि युवाहरु त यसका अव हामी पनि यस्तै काम गर्नुप¥यो भन्ने लागेका छन । यसले मलाई सन्तोष लाग्छ,” उनले भने ।
४ वर्ष पहिले रोजगारी गर्नका लागि उनि भारतको सिक्किम पुगेका थिए । सिक्किममा उनले अलैंचीको वगानमा काम गर्ने अवसर पाए । त्यहाँका वासिन्दाको अलैंचिका कारण सुध्रिएको जीवनस्तर देखेपछि उनलाई गाँउमा फर्केर आफ्नै खेतवारीमा पनि अलैंची खेती गर्ने सोच पलायो । उनी भन्छन मेरो पनि यस्तै ठाँउमा जग्गा छ किन नगर्ने भन्ने लाग्यो त्यसपछि मैले त्यस ठाँउमा हुने अलैंचीको विउ लिएर गाँउमा आएर नर्सरी गरें । अनि आफ्नो आठ पाथी धानको विउ जाने सम्पूर्ण जग्गामा यसको व्यवसायिक खेति सुरु गरें । उनले आफ्नो भोगाई हामीलाई वताए ।
उमेरले ५० नाघेका तामाङ्ग अलैंचीका वारेमा तिन वर्ष अगाडी ईलाममा गएर अलैची समवन्धि तालिम लिएर आए पछी आफनै आठ पाथी धानको विउ जाने खेतमा अलैंची खेती गरेको वताए । तीन वर्ष अगाडी रोपेको अलैंची यस वर्ष फलन लागेको छ । यस वर्ष उनले चार सय एकाउन्न किलो अलैंची विक्री गरेको र यसवाट चार लाख एकाउन्न हजाररुपैंया आम्दानी गरेको उनले हामीलाई जानकारी दिए ।
- अलैंचीको विक्रीवाट ३० लाख भित्रियो ।
मिर्गे ५ चिलाउनेखर्कका उद्धवप्रसाद दाहालले पनि यस वर्ष अलैंचीको विक्रि गरेर ४० हजार रुपैंया आम्दानी भएको जानकारी दिए । “खेतमा धान लगाँउदा पनि प्रत्येक वर्ष ढलेर केही आम्दानी लिन सकिन्नथ्यो । त्यसपछि मैले झण्डै १ रोपनी खेतमा अलैंची खेती गरें । अहिले त वर्षमा झण्डै ४०, ५० हजार आम्दानी हुन्छ,” उनले भने । अन्नवालीको तुलनामा स्याहार गर्न समेत सजिलो हुने भएका कारण पटिल्लो समयमा मिर्गे गाविसमा अलैंचीखेती तर्फ किसानको आर्कषण वढ्दै गइरहेको छ । मिर्गे गाविसको २, ५,६,७ र ८ नं. वडामा अहिले यसको व्यवसायिक रुपमा खेती गर्ने किसानहरु वढिरहेका छन । यसका कारण स्थानिय वासिन्दाको मुल आम्दानीको श्रोत नै अलैंची बन्न पुगेको छ । मिर्गेका अमृतकुमार तामाङका अनुसार यस वर्ष मिर्गेमा झण्डै ५० लाख रुपैंया वरावरको अलैंचीको कारोवार भएको छ । यस वर्ष गाँउमा १ हजार रुपैंया प्रतिकिलोमा अलैंचीको कारोवार भएको थियो ।
- जिल्लामा १२ मेट्रिक टन उत्पादन
जिल्ला कृषि विकास कार्यालय दोलखामा रहेको तथ्याङ्क अनुसार यस वर्ष दोलखामा १२ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालय दोलखाका वागवानी विकास अधिकृत नवराज सापकोटा अनुसार दोलखामा गैरिमुदी,सुरी सुनखानी, सुष्पाक्षमावती लगायतका गाविसमा अलैंचीको व्यवसायिक खेति गर्ने गरिएको छ । २ हजार मिटरदेखी १ हजार २ सय मिटरसम्मको उचाइमा खेति गर्न सकिने अलैंचीको दोलखा जिल्लामा अहिले ९५ हेक्टरमा खेति गरिएको सापकोटाले वताए । उनका अनुसार दोलखा जिल्लामा रामसाई जातको अलैंचीको खेती गर्ने गरिन्छ ।
- किसानमा प्राविधिक ज्ञान अभाव
दोलखामा व्यवसायिक अलैंचीको खेति सुरु भएपनि यसको भण्डारणका वारेमा किसानहरुमा प्राविधिक ज्ञानको अभावका कारण वर्षेनी ठुलो परिमाणमा नोक्सानी व्यहोरीरहेका छन । अलैंचीको राम्रोसँग भण्डारण गर्न नसक्दा यस वर्ष पनि दोलखामा किसानहरुले ठुलो क्षति व्यहोरेका कृषि विकास कार्यालयका सापकोटा वताँउछन । भण्डारण गर्नका लागि भट्टिको प्रयोग गर्न नजानेका कारण झण्डै आधाजसो अलैंची कुहिएर जाने गरेको छ ।
- भाउ घट्दा पनि किसानलाई असर परेन
सुरुका दिनमा उकालो लागेको अलैंचीको भाउ पछिल्लो समय ओरालो लागिरहेको छ । तर दोलखाका किसानमा भने यसको कुनै प्रभाव परेन । यहाँका किसानले अलैंचीको मुल्य आकासिएका वेलामा सबै अलैंची वेचीसकेका थिए । चरिकोटका अलैंची व्यापारी नवराज श्रेष्ठले भने । ओसीलो तथा सिमसार जग्गामा हुने अलैंचीका कारण दोलखालीहरुको आयस्तर सुध्रिएको छ ।