• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वुढ्यौली उमेर, तरुनो जोश



मुखमा दाँत अव धेरै वाँकी छैनन । गालाका दारी कपासजस्तै फुल्न लागिसके । धेरैले भन्छन यो उमेर त धर्मकर्म गर्ने हो नी । के यस्तो मरिहत्ते गरेको ।
दोलखाको लाँकुरीडाँडा गाविसका नर वहादुर फँयाल ६९ वर्ष पूग्नुभयो । १० वर्षअगााडी भूसंरक्षण कार्यालयको सहयोगमा अलैंची खेती सुरु गर्नुभएका उहाँले यस वर्ष १५० किलो अलैंची उत्पादन गर्नुभयो । यसवाट उहाँले झण्डै १ लाख पचास हजार रुपैंया आम्दानी गर्नुभयो । यसवाट उहाँ दंग हुनुहुन्छ । खाली रहेका ३ रोपनी जग्गामा उहाँले अलैंची खेती सुरु गर्नुभएको थियो ।
आफ्नो अलैची बगानमा फुयाल   
 फोटो जिल्ला भू संरक्षण कार्यालय 
अहिले उहाँलाई यो खेतीका कारण घरखर्च गर्ने सबै पैसा कमाउन सफल भएका छन । घरमा अहिले उहाँसंग श्रीमती मात्र हुनुहुन्छ । छोराहरु कोहि बिदेस कोहि सहरतीर वस्छन । उनिहरुलाई पनि गाँउमा नै अलैंची खेति गर्न फर्काउने गरि खेती गर्ने उहाँको सोचाई छ । काम गर्दा उहाँले आफ्ना पुराना दिन सम्झँदै अहिले भन्दा त्यस वेला धेरै दुख पाएको वताउनुभयो । त्यती बेला काम गर्न भारतका थुप्रै ठाँउ धाइयो । पसिना पनि विदेशमा थुप्रै वगाइयो तर पैसा त आफ्नै ठाँउमा पो रैछ त ? उनले भने ।
अहिले पनि धेरै युवा विदेश छन । त्यहाँ पनि पसिना नै वगाउनु पर्छ । यहाँ पनि पसिना वगाउने हो भने धेरै आमदानी गर्न सकिने उहाँको वुझाई रहेको छ । उहाँको सिको गर्दै गाँउमा अहिले छिमेकीहरु पनि अलैंची खेतमिा छन । यसले गर्दा उनिहरुले पनि राम्रै रकम आनम्दानी गरिरहेका छन । चरिकोटमा भएको कृषि प्रदर्शनीमा भेटीएका फूँयाल अव फर्केर किवी खेति गर्ने सोचमा छन । यहाँ यसको स्टल  हेरें । मलाई आफ्नो ठाँउमा यसको खेती गर्न सकिन्छ जस्तो लाग्यो अव म यसको खेती सुरु गर्छु । 
गालामा परेको चाउरी प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तर उहाँको जाँगर कुनै युवाको भन्दा कम छैन । स्टलमा जानकारी लिन आउनेलाई उनि अलैंचीको खेति गर्ने तरिकाका वारेमा जानकारी दिइरहेका छन । हुन त यो उमेरमा धेरै मानिसको जीवन सक्रिय हुँदैन । तर उनको जीवन हेर्दा यो भनाईमा विश्वास लाग्दैन । उनि सधैंभरी खेतवारीमा हुन्छन । अहिले पनि घरमा पाँचवटा वाख्रा छन । यसका साथसाथै उनि गाँउमा सक्रिय जीवन विताईरहेका छन । उनले राखेको छोराहरु फर्काउने लक्ष्य पुरा होस हाम्रो कामना । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना