• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तथ्याङ्कमा प्रयाप्त, वजारमा अभाव

अर्जुन अपवाद 
दोलखाको सदरमुकाम चरिकोटमा रहेको होटलहरुमा दुग्धजन्य परिकारहरुको अभाव छ । दोलखाको वजारमा प्रयाप्त दुध नपाइने कारण परिकारहरु नवनेको होटल व्यवसायीहरु वताउने गर्छन । होटल व्यवसायी पुष्कर कार्की वजारमा स्थानिय वासिन्दाले ल्याउने दुध समयमै सकिने भएका कारण दुग्धजन्य पदार्थ निर्माण हुन नसकेको वताँउछन । उनका अनुसार चरिकोटमा मागअनुसार दुध उपलब्ध हुने गरेको छैन । यसका कारण दुग्धजन्य सामाग्री पकाउनु पर्दा काठमाण्डौवाट प्याकेटमा आएको दुध प्रयोग गर्नुपर्छ । कार्की भन्छन “स्थानिय वासिन्दावाट जिल्लामा उत्पादन भएको दुध प्रयोग गरेर त दुध चिया निर्माण गर्न पनि पुग्दैन । विहानको १२ वजेभित्रै सकिन्छ ।”

तर जिल्ला पशूविकास कार्यालयसंग रहेको तथ्याङ्कमा भने दोलखामा दुध प्रयाप्त मात्रामा उपलब्ध भइरहेको देखिन्छ । दोलखामा गत आर्थिक वर्षमा १४१५० मेट्रिक टन दुध उत्पादन भएको थियो । “विश्व खाद्य संगठनले तोकेको मापदण्ड भन्दा वढि नै दोलखामा दुध उत्पादन भइरहेको छ ।” कार्यालय प्रमूख जगतवहादुर सिंखडाले भने । विश्व स्वास्थ्य संगठनले वर्षमा एक व्यक्तिका लागि १९.२ लिटर दुध आवाश्यक हुने तथ्याङ्क निकालेको छ । यसका अनुसार दोलखाको जनसंख्याको लागि १२३८१ मेट्रिक टन दुध उपलव्ध भए हुन्छ । तर दोलखामा त्यो भन्दा वढि नै दूध उत्पादन भइरहेको छ । सिंखडा वजारमा दुध अभाव हुनुको कारण दुधको अन्य परिकार वनाउने गरिएकाले हो भन्छन । विश्व खाद्य संगठनले आवाश्यक भनेको परिमाणमा दोलखामा दुध उत्पादन भए पनि दुधको चिज तथा अन्य खाद्य सामाग्री निर्माण गरिएकाले वजारमा पिउने दुधको अभाव भएको हो उनले भने । 
दुध वेचेरै घरखर्च 
दोलखा सदरमुकाम चरिकोट नजिकै रहेको जिलु गाँउवाट चरिकोटका होटलहरुमा दुध आउने गरेको छ । भिमेश्वर नगरपालीका वडा नं ५ मा पर्ने जिलु गाँउका फस्मे, डिही र सुपलुङ्गगा गाँउका वासिन्दाहरुको मूख्य आयआर्जनको  श्रोत भनेकै दूधको व्यापार गर्नु हो । झण्डै ३०० परिवार वसोवास गर्ने यस गाँउका २५० भन्दा वढि परिवारले भैंसिपालन गरि दुध उत्पादन गर्ने गर्दछन । “वजारमा दूध वेचेर प्रत्येक परिवारले दैनिक ३ सय भन्दा वढि आम्दानी गर्ने गर्छन ।” स्थानिय सहदेव चौंलागाँइले भने । उनका अनुसार स्थानिय वासिन्दालाई दूध व्यापार गर्नका लागि कुनै समस्या छैन वजारमा जति पनि दूध विक्रि हुन्छ । यस गाँउका भोज वहादुर श्रेष्ठ दैनिक ३३५ रुपैंयाको दूध चरिकोटमा वेच्न आउने गर्दछन । “दूधको व्यापार बाटै परिवारको सबै खर्च धानिरहेको छु । भैंसिलाई लाग्ने दानापानी कटाएर ५ जना वालवालिकालाई विद्यालय पठाउन तथा घरमा लाग्ने सबै खर्चका लागि पनि दूध वेचेर आएको पैसाले धानिरहेको छ ।” श्रेष्ठ भन्छन 
यस गाँउकै मनमाया चौंलागाँई दूध वेचेको पैसाले घरखर्च धानेर मासिक सात सय रुपैंया नियमित रुपमा स्थानिय सहकारीमा बचत गर्छिन । “दूध बेचेरै सबै खर्च चलाइन्छ नत्र घरखर्च धान्ने अरु कुनै वाटो नै छैन । परिवारमा सात जना छन तिनका लागि पनि खर्च गर्नुपर्छ । सबै खर्च गर्ने श्रोत भनेकै दूध वेचेर आएको रकम हो” चौंलागाँइले भनि । उनका अनुसार गाँउमा दूध बेचेरै केहिले जग्गा समेत जोडेका छन । छोराछोरीलाई काठमाण्डौमा पढाएका छन । यो गाँउको पैसा आउने वाटो भनेकै दूध हो । 
डेरीले दूध पाउँदैन 
दोलखामा पशूपालनलाई व्यवसायीक वनाउने भनेर १० वर्ष अगाडी नै निजी साझेदारी लगानीमा सञ्चालीत हुने गरि दोलखा दूग्ध डेरीको स्थापना गरिएको थियो । डेरीमा प्रतिघण्टा १ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता भएको मेसिन जडान गरिएको छ  । तर अहिले डेरीले मुस्किलले दैनिक ५०० लिटर दूध मात्रै प्रशोधन गरिरहेको छ । डेरीका अध्यक्ष लालकुमार केसीले भने किसानहरुले व्यवसायिक रुपमा पशूपालन नगर्दा डेरीलाई आवाश्यक मात्रामा दूध प्राप्त हुन सकेन । पशूपालन गरि दुध उत्पादनलाइृ व्यवसायिक रुप दिनका लागि दोलखामा दुग्ध उत्पादक सहकारीहरुको  गठन समेत गरिएको थियो । तर यस सहकारीले पनि आफ्नो क्षेत्रमा कुनै काम गर्न सकेको छैन । दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्यामकाजी केसी गाँउ गाँउवाट युवाहरु वैदेशिक रोजगारमा पलायन भइरहेको कारण पशुपालनमा जनशक्ति अभाव भएको वताँउछन ।“ गाँउमा काम गर्ने युवा नै छैनन अनि कसरी दुध उत्पादन हुन्छ ? सरकारले पनि पशुपालनको क्षेत्रमा काम गर्नेलाई हौसला दिएको छैन ।” केसीले भने । 
जिरीको पशु बिकाश फर्ममा पालीएका गाईहरु   
जिल्लामा पशुपालनका लागि सहयोग गर्न स्थापना भएको पशुविकास फर्म जीरिले पनि दुध उत्पादनमा ध्यान दिएको छैन । जम्मा ११९ ओटा उन्नत गाइ रहेको यो फर्ममा अहिले दैनिक रुपमा ४४ ओटा गाइले दुध दिने गर्दछन । दैनिक २ सय लिटर दुध उत्पादन गरिरहेको फर्मले दूध जीरि डेरी क्याटल डेभलपमण्ट प्राली लाई ठेक्कामा दिएको छ । जसबाट फर्मले दैनिक ५५ सय रुपैंया आम्दानी गरिरहेको छ । “दुध उत्पादनमा भन्दा वाच्छावाच्छीको उत्पादनमा जोड दिएका कारण दूध उत्पादन कम भएको हो तर गत वर्षभन्दा यस वर्ष वढि दूध उत्पादन भएको छ,” फर्मका प्रमूख टंक श्रेष्ठले भने । 
व्यवसायिकता तर्फ पशूपालन 
वजारमा दुधको अभाव देखेपछि यसको अभाव कम गर्नका लागि व्यवसायिक पशुपालन तर्फ केहि व्यक्तिहरु अग्रसर भएका छन । जिविस सभापति समेत भइसकेका दोलखा दुग्ध डेरीका अध्यक्ष लालकुमार केसीको अगुवाइमा दोलखाको वोच गाविसमा कालिञ्चोक काउ फर्म एण्ड रिसर्च सेन्टर स्थापना गर्न लागिएको छ । यहि माघ महिनाभित्र सञ्चालनमा आउने गरि सञ्चालन गर्न लागिएको फर्ममा २०० गाई व्यवसायिक रुपमा पालन गर्ने लक्ष्य राखिएको छ । १५०० हेक्टर क्षेत्रफलमा सञ्चालन गर्न लागिएको यो फर्मको यहि असोज महिनासम्म आवाश्यक भौतिक निर्माण पुरा गरिने केसीले जानकारी दिए । फर्मका लागि आवाश्यक मेसिनरी सामान सहित अहिले सम्म ५ करोड खर्च भइसकेको छ । फर्ममा चिनवाट उन्नत गाई ल्याउन लागिएको हो । केसी भन्छन व्यवसायिक रुपमा पशुपालन तर्फ आर्कषित गराउने तथा प्रविधि हस्तान्तरण गरि परम्परागत रुपमा गरिंदै आएको पशूपालनमा आधुनिकीकरण गराउने फर्मको प्रमूख लक्ष्य रहेको छ । फर्मले प्रयोग गर्ने १५०० हेक्टर जग्गा स्थानिय सामुदायिक वन संग लिजमा लिइएको छ । यस फर्मबाट उत्पादित दुधका लागि दोलखा दुग्ध उद्योगसंग सहमती समेत भइसकेको केसी वताँउछन । 
सामुहिक रुपमा मात्र नभइ व्यक्तिगत रुपमा पनि दोलखामा व्यवसायिक पशुपालन गर्ने कार्य सूरु भउको छ । नाम्दु गाविसमा बैतेश्वर बहुकृषि अनुसनधान प्राली नामक कम्पनी दर्ता गरेर शान्त उप्रेती गत वर्षबाट व्यवसायिक पशुपालनमा लागेका छन ।  काठमाण्डौबाट १५ ओटा गाई ल्याई सुरु गरिएको यो व्यवसायमा अहिलेसम्म झण्डै १६ लाख खर्च भइसकेको छ । अहिले ४ ओटा गाईले नियमित रुपमा दुध दिइरहेको र दुध दोलखा दुग्ध उद्योगलाई वेच्ने गरिएको उप्रेती वताँउछन । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना