दोलखाको लामावगर गाविसमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत चिनिया मजदुरहरुले पटका आतङ्क मच्चाएको स्थानिय वासिन्दाले आरोप लगाएका छन ।
नयाँ वर्षको खुसियालीमा भन्दै हिजो वेलुका र आज वेलुका ७ः३० वजेदेखि ८ वजेसम्म विना जानकारी पटका पड्काएर स्थानियहरुलाई आतङ्कीत वनाएको स्थानिय गोगर टोलसुधार समितीका सदस्य इन्द्र वहादुर केसीले जानकारी दिनुभयो । तामाकोसी परियोजनामा सिविल इञ्जििनियरिङको काम चिनिया कम्पनि सिनो हाइड्रोले गरिरहेको छ ।
विना जानकारी पटका पड्काँउदा त्यसले वालवालिका तथा विद्यार्थीहरुको पठनपाठनमा असर गरेको केसीले जानकारी दिनुभयो । यस घटनाका वारेमा नजिकै रहेको प्रहरी चौकीले पनि कुनै चासो नदिएको स्थानियको आरोप छ । "यसका बारेमा जिल्लामा डि एस पी संग पनि कुरा गर्यौ तर हिजै उहाँले यसका बारे मा बुझेर रोक्न लगाउछु भनेका थिय
। तर आज फेरी चिनियाहरुले जनतालाई त्रस्त बनाए ।" यसका वारेमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका विष्णुवहादुर थापालाई जानकारी दिंदा उहाँले त्यसका वारेमा आफुलाई जानकारी नभएको जवाफ दिएको पनि केसिले वताउनुभयो । स्थानिय तामाकोसी सरोकार समितिका नारायण गुरुङ्ग सरकारले नागरिकलाई समेत पड्काउन नदिने पटका पड्काएर चिनिँयाहरुले नेपालको कानुन मिचेको वताउनुहुन्छ । यस समाचारको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
प्रकाशन २०६८ माघ ९ गते वेलुका ९ः०० वजे
No comments:
Post a Comment