• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नेताको खेति, को गर्छ राजनीति ?

अर्जुन "अपवाद" 

हुन् त उनलाई राजनीतिक मन्चमा जनता तताउने भासण गर्दै गरेको भेटिनु पर्ने हो तर उनि धेरै समय खेतबारीतिर भेटिन्छन ।  २ वर्ष देखि उनि गाउँको विकाश भन्दै गाउँमा खेति सिकाई रहेका छन् ।
राजनीति गर्नेहरुको काम के हो, भनेर सोध्दा धेरैको जवाफ हुने गर्छ । राजनीति गर्ने । तर दोलखाका राजनीतिज्ञहरु भने व्यवसायिक रुपमा खेतिपातीमा संलग्न हुन लागेका छन । एमाले दोलखाको नेतृत्व समेत गरिसकेका नेता शिवप्रसाद भण्डारी आफ्नो गाँउ घ्याङसुकाठोकरमा सामुहिक रुपमा अनार खेती गर्न लागेका छन । २ वर्ष अगाडीदेखि सुरु गरेको यो अभियानका क्रममा घ्याङसुकाठोकर गाविसमा पाँच हजार अनारका विरुवा रोपिएका छन । यसमा गाँउलेको पनि सकृय सहयोग रहेको छ । अहिले गाँउगाँउमा विकास निर्माणका नामममा सडक निर्माण गरिएको छ । तर यसले स्थानियवासिन्दाको आर्थिक स्थिती नफेरिएका कारण सामुहिक खेतीमा संलग्न भएको भण्डारीको भनाई छ । उनि भन्छन  “पछिल्लो समयमा विकासका नाममा गाँउगाँउमा सडकहरु निर्माण गरिए तर यसले जनताको जीवनस्तरमा परिवर्तन हुन सकेन त्यसैकारण अव गाँउगाँउमा निर्माण भएका सडकहरु प्रयोगमा आउनेगरि व्यवसायिक काम गर्नुपर्छ भन्ने लागेर यो अभियान सुरु गरिएको हो ।”
एमाले नेता भण्डारी मात्रै हैन एकिकृत माओवादीका कुलविन्द्र फुयाँल पनि सामुहिक खेति कार्यमा संलग्न हुनुहुन्छ । माओवादी पार्टिको इलाका नं. ३ को सेक्रेटरीको जिम्मेवारी समेत सम्हालेका फुँयाल च्यामा गाविसमा रहेको महेन्द्र उच्च माध्यामिक विद्यालयको जग्गामा सामुहिक खेति गर्न लाग्नुभएको छ । यस अभियानवाट पुरै गाँउमा व्यवसायिक खेति गर्ने उनको योजना छ । उनि भन्छन “मैले सुरुवात गरेको कृषि र अरुले सुरुवात गरेको चाहेको कृषिमा अन्तर छ भन्देखी मैले चाहेको कृषि भनेको समुदायलाई उन्मुख गर्ने कृषि । व्यक्तिगत हिसावले नजोडेर एउटा स्कुलको आम्दानीलाई देखाउने र त्यो आम्दानीलाई कहाँनिर देखाउने भन्दा समुदायलाई विकासका निमित्त यसरी पनि कृषिमा रुपान्तरण गर्न सकिन्छ । आधुनिक कृषिचाँही यसरी गर्दा फाईदा हुन्छ । यसमा लाग्यो भने गाँउको विकास सम्भव छ भन्ने मेरो योजना हो ।” 
फुयाँलको अगुवाईमा सुरु भएको यो अभियानका कारण त्यत्तिकै खेर गइरहेको महेन्द्रोदय उच्च माध्यामिक विद्यालयको जग्गामा अहिले केरा, अनार, कागती जस्ता फलफुलका वोटहरुका कारण हरियाली छाएको छ । विद्यालयका प्राचार्य टिकाराम फुँयाल पनि यस अभियानमा प्रत्यक्ष रुपमा संलग्न छन । विद्यालयको जग्गामा फलेको फलफुलको विक्रिका कारण विद्यालयको आर्थिक अवस्थामा सुधार आएर विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने उनको भनाई रहेको छ । उनि भन्छन “आउने जेठ महिनावाट पक्का पनि त्यो केरा पसाउन सूरु गर्छ भन्ने लाग्छ । २०६९ को असोज महिनावाट चाँही उत्पादन लिन सुरु गरिन्छ । १०, १५ लाख रुपैया आम्दानी हुन्छ  विद्यालयको लागि, मुनाफा ५, ७ लाख रुपैंया होला । यसरी विद्यालयलाई निरन्तर रुपमा आम्दानीको श्रोत हुने भएपछि विद्यालयमा विभिन्न शैक्षिक कृयाकलापहरु सञ्चालन गर्नका लागि सहज हुन्छ ।” 
घ्याङ सुकाठोकर र च्यामामा सुरु गरिएको यो अभियानलाई जिल्लामा रहेको जिल्ला भूसंरक्षण कार्यालयले सहयोग गरिरहेको छ । जिल्ला भूसंरक्षण कार्यालयले फलफुलका विरुवा लगायतका अन्य प्र्राविधिक सहयोगहरु गरिरहेको कार्यालयका प्रमूख शेरवहादुर श्रेष्ठले जानकारी दिनुभयो । “यस्ता फलफूलका कारण जलवायु परिवर्तनको जोखिम न्युनिकरण हुनुका साथै भुसंरक्षणमा पनि उल्लेखनिय सहयोग हुन्छ । साथै यसका कारण स्थानियहरुको आर्थिक स्तर पनि उकासिने भएका कारण यो दीर्घकालिन पनि हुन्छ भन्ने लागेर यस्तो अभियानमा सहयोग गरिएको हो ।” श्रेष्ठले भने । 
जिल्ला तहका मात्र होइन, दोलखामा खोज्दै जाँदा स्थानिय नेताहरु पनि ब्यवसायीक काममा लागेको भेटिन्छ । परशुराम कार्की नेकपा एमाले गाँउ कमिटि जफेका अधयक्ष हुनुहुन्छ । उहाँ सहितको एक समुहले विगतको पौष महिना देखि २७ रोपनी जग्गा लिजमा लिएर सामुहिक रुपमा व्यवसायिक खेति गर्न सुरु गरेको छ । लोकतन्त्र प्राप्ती पश्चात जनताको आर्थिक स्तर उकासिन नसकेका कारण आफूहरुले उदाहरण वन्नका लागि यो कामको सूरुवात गरेको कार्कीको भनाई छ । उनि भन्छन “लोकतन्त्र पश्चात नेपाली जनताले आफ्ना राजनितीक अधिकार प्राप्त ग¥यौ । सामाजिक अधिकार प्राप्त ग¥यौं । तर हामीले अहिले पनि आर्थिक अधिकार प्राप्त गर्न सकेनौं । हामी आर्थिक रुपले अहिले पनि पिछडिएका छौं । आर्थिक रुपले पछाडी नै छौं । यो हुँदा हामी धेरै नेपाली युवा चाँही विदेश जानु प¥यो । गाँउ प्राय शुन्य हुन लाग्यो । हामी आफ्नै गाँउमा उत्पादनशिल काम गर्न सकिन्छ मानछेलाई रोजगार मुखी वनाउन सकिन्छ भनेर हामीले यो काम सुरुवात गरेका छौं । ”
तर राजनीति गर्नेहरुले व्यवसायमा संलग्न हुनुहन्न भन्ने आवाज पनि सुनिने गर्छन । यसका वारेमा परशुराम कार्की भने सहमत छैनन उनि भन्छन । “यो त मान्छेको वुझाई गलत हो । राजनिति गर्ने मान्छेले व्यवसाय गर्नु हुन्न भन्ने कुरा गलत हो । राजनिति गर्ने मान्छेले हरेक काम गर्न सक्छन र गर्नुपर्छ । आम मानिसहरुलाई यसको उदाहरण दिन सक्नुपर्छ भन्ने हिसावले यो गरिएको हो । हामीलाई विश्वास छ यसले आम मानिसलाई सकरात्मक सन्देश दिन्छ । ”

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना