• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

के हो यस्तो, गाविसमा आठ वडा मात्रै !

अर्जुन अपवाद

नेपालमा भएका सवै गाविसमा नौ वटा छन । तर दोलखामा एउटा यस्तो गाविस छ जसमा आठ ओटा मात्रै वडा छन । एउटा वडामा दोलखा र सिन्धुपाल्चोक जिल्ला आफ्नो दावि गरिरहेका छन । यसले गर्दा दोलखाले आफ्नो भनेको वडाका मानिसको नागरिकता सिन्धुपाल्चोक जिल्लाले दिएको छ । जग्गाको लालपुर्जा पनि उतैको छ । वडामा पुरै १ परिवारको मात्रै दोलखा जिल्लाको नागरिकता छ ।
यसले स्थानिय वासिन्दा मर्कामा परेको वताँउछन । यस जिल्लाको नागरिक भएर हुर्काएको जंगल आफ्नो नाममा दर्ता नै हूँदैन । अर्को जिल्लाकाले उपभोग गर्छन । वल्ल वल्ल यो कुरा जिल्ला प्रशासन कार्यलयले थाहा पाएको छ । जिल्लामा प्रदान गरिने सेवा सुविधा नागरिकाके घर दैलोमा पुगेका सरकारी कर्मचारीलाई स्थानिय जनताले भने सरकारी सुविधाभन्दा पहिला हाम्रो परिचय प्रष्ट पार्नुप¥यो । सबैका कुरा सुनेपछि प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले समस्या समाधान गर्ने आश्वासन दिएका छन ।
गाँउ विकास समिति भुषाफेदा र ताम्चेत दुधपोखरीले संयुक्त रुपमा आयोजना गरेको घुम्ति शिविरमा संलग्न भएका दोलखाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले स्थानिय वासिन्दासंगको अन्तरक्रियामा सिमा विवाद मिलाउन आफुले पहल गर्ने वताए ।
दोलखाको भुषाफेदा गाविसको १ नं. वडाको धेरै भुभाग सिन्धुपाल्चोक गाविसमा नापी भएको र त्यसका कारण स्थानिय वासिन्दाले विभिन्न समस्या भोग्नुपरेको स्थानियले गुनासो गरेपछि भट्टराईले यसका वारेमा आफुले सिन्धुपाल्चोक जिल्लासंग समस्या समाधानका लागि छिट्टै छलफल गर्ने वताए । शिविरमा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयले आफ्नो सेवा प्रदान गरेका थिए । भुषाफेदाको नविन माध्यामिक विद्यालयमा आयोजना गरिएको भुषाफेदा गाविस र ताम्चेत दूधपोखरी गाविसका १ सय २५ जनाले नागरिकता लिएका थिए । शिविरमा जिल्ला आयुर्वेद कार्यालयले १ सय १, पहाडी वाली अनुसन्धान कार्यालयले ५ सय ५०, जिल्ला निर्वाचन कार्यालयले १ सय २८, जिल्ला स्वास्थ्य कार्यालयले ४ सय ४०, महिला विकास कार्यालयले ८ र जिल्ला पशुसेवा कार्यालयले ७ सय १४ जनालाई सेवा प्रदान गरेका छन । यसैगरि शिविरमा वर्द वहादुर गण चरिकोट, जिल्ला भूसंरक्षण कार्यालय लगायत अन्य विभिन्न सरकारी कार्यालयले सेवा प्रदान गरेका थिए
शिविरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले वर्षौदेखी विकास निर्माणका कार्यहरुमा सरकारी कर्मचारीको कारण गुणस्तर कायम गर्न नसकेको गुनासो गरेका थिए । गुनासो सुन्दै स्थानिय विकास अधिकारी ऋषिराज आचार्यले कुनै कर्मचारीहरुले अवैध काम गरे जानकारी गराउन आग्रह गर्दै त्यस्ता कर्मचारीलाई कारवाही गर्न आफु प्रतिवद्ध रहेको जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नागरिकले उठाएका जिज्ञासाका वारेमा प्रहरी नायव उपरिक्षक उमेश राज जोशी, जिल्ला मालपोत अधिकृत खिमानन्द ढकाल, जिल्ला जनस्वास्थ्य अधिकृत वसन्त अधिकारी, गाविस सचिव तीर्थराज घिमिरे, एनेकपा माओवादीका सचिवालय सदस्य रिमालवावु श्रेष्ठ, एमाले जिल्ला कमिटि उपाध्यक्ष भुवनसिं थापा लगायतले जवाफ दिनुभएको थियो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना