• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

शान्तिसुरक्षा दिने प्रहरीले त ग्यास वाँड्न पो लागेछ त !



प्रहरीको कार्यालयमा मानिसहरु आफ्ना वियिभन्न समस्या लिएर जाने गर्छन । वा आफुलाई कुनै अपराधिक कृयाकलापको आरोप लागेमा प्रहरि कार्यालय धाउने सर्वसाधारण हिजो चरिकोटको जिल्ला प्रहरी कार्यालय अलि फरक कामले जम्मा भएका थिए । ग्यास लिनका लागि .
जिल्लामा ग्यासको चरम अभाव भएर विक्रि गरिने केन्द्रमा उपभोक्ताको भिड बढेपछि प्रहरी कार्यालय परिसरबाट नै ग्यास वितरण गरिएको हो ।
चरिकोटका व्यापारी कुमार उप्रेतीले आफ्नो पसलमा बिक्रि वितरण गर्न दोलखा ल्याउन लागेको श्रीकृष्ण ग्यास बाटोमै खोसिन सक्ने सम्भावना रहेको कारण जिल्ला प्रहरी कार्यालयवाट वितरण गर्नुपरेको प्रहरीले वताएको छ । ग्यास वीचवाटोमा खोसीने शंकाका कारण प्रहरीले मानिसलाइ भन्दा कडा सुरक्षा दिएर ग्यास दोलखाको सिमाना खरिढुङगा देखी स्कटिङ गरेर ९६ वटा ग्यासको सिलिन्डर चरिकोट ल्याएको थियो । ग्यास व्यापारीका पसलमा नभई प्रहरी कार्यालयमा ल्याएको थाहा पाएपछि सर्वसाधारण प्रहरी कार्यालयमा नै लाइन वसेका थिए । 
लाइन वसेका ६० भन्दा बढी सर्वसाधारणलाई प्रहरी कार्यालयबाट ग्यास वितरण गरेको थियो भने बाँकी रहेको ग्यास भने डिपोबाट वितरण गरिएको थियो । ग्यासको अभाव भोगिरहेका दोलखाका सर्वसाधारण रातीदेखी नै ग्यास पाउने आशामा ग्यास डिपो र जिल्ला प्रहरी कार्यालय परिसरमा लाईनमा बसेका थिए । 
प्रहरी कार्यालयबाट ग्यास वितरणको क्रममा लाईनमा बसेका सर्वसाधारणलाई नदिई प्रहरी आफुले अगाडि लिएर गएको भन्दै स्थानियले विरोध समेत गरेका थिए । जिल्ल प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बाध्यता बस केहि ग्यास प्रहरी कार्यालयबाट वितरण गर्नु परेको तर प्रहरीले लाईन नबसी अगाडि लिएर गएको कुरा सत्य नभएको बताउनु भयो । “प्रहरीले पनि लाईमा बसेर सर्वसाधारणले जसरी नै ग्यास लगेका होलान लाईन नबसी लान दिएका छैनौं” प्रनाउ जोशीले भन्नु भयो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना