नेपाली सञ्चारमाध्यमका वारेमा अध्ययन गरिरहेको संस्था मार्टिन चौतारीले २०६८ मा प्रकाशन गरेको पुस्तक मिडिया अध्ययन ६ का अनुसार नेपालमा २०६७ कार्तिक मसान्त सम्म २८३ रेडियो १४ टेलिभिजन र पाँच हजारभन्दा धेरै पत्रपत्रिकाहरु सुचना विभागमा दर्ता भइ सञ्चालनमा छन । पुस्तकमा उल्लेख गरिएअनुसार २०६६÷६७ मा मात्रै ८ सय ७१ ओटा पत्रिका दर्ता भएका छन । यस तथ्यलाई मध्यनजर गर्दा नेपालमा सञ्चारमाध्यममा लगानी प्रत्येक वर्ष वढ्दै गइरहेको छ ।
नेपाल सरकारले २०६८ मा तयार गरेको मिडिया नीतिको मस्यौदामा सञ्चारमाध्यममा विदेशी लगानी ५० प्रतिशतसम्म स्वीकार गर्ने कुरा उल्लेख गरियको छ। तर सञ्चारक्षेत्रसंग सम्वद्धहरु भने सञ्चारमा विदेशी लगानी भित्र्याउन नहुने तर्क गर्छन । यसै तथ्यलाई ध्यानमा राखी हामीले तार्किक निष्कर्षको यस अंकमा "सञ्चारमा विदेशी लगानीलाई प्रतिवन्ध गर्नुपर्छ" भन्ने बिषयमा बहस चलाएका छौं ।
यस अंकमा पक्षतर्फ वहस गर्न सहभागी हुनुहुन्छ ।
- लक्ष्मण खड्का, नयाँ पत्रिका दैनिक तथा समाचार प्रमूख हाम्रो रेडियो एफ एम दोलखा
- शम्भु गौतम, हिमालय टाइम्स दैनिक तथा पूर्व अध्यक्ष प्रेस युनियन दोलखा
विपक्षमा वहस गर्नका लागि सहभागिहरु हुनुहुन्छ
- शेर वहादुर भुजेल, समाचार प्रमूख कालिञ्चोक एफ एम
- राजनराज शिवाकोटी, प्रकाशक नवतरङ्ग साप्ताहिक
आमन्त्रित सहभागीहरु
- राजेन्द्र मानन्धर, अध्यक्ष पत्रकार महासंघ दोलखा
- उद्धव पोखरेल, इन्सेक वर्ष पुस्तक प्रतिनीधी
यस कार्यक्रम सुन्नका लागि
तपाँई यो कार्यक्रम डाउनलोड गरेर जुनसुकै समय सुन्न सक्नुहुन्छ ।
यसका लागि यहाँ थिच्नुहोस ।
No comments:
Post a Comment