• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पत्रकारले गरे अपराधीको वचाउ

अर्जुन "अपवाद" 


हुन त उनलाई कुनै राजनीतिज्ञको रुपमा मञ्चमा वोल्न वोलाइएको थिएन । उनलाई सञ्चालकले पत्रकारकै रुपमा वोल्न वोलाएका थिए । पत्रकारमा पनि उनि जिम्मेवार पत्रकार हुनुपर्ने पत्रकारमहासंघका उपाध्यक्षको समेत जीम्मेवारी समालिसकेका मान्छे ।तर उनको पालो आएपछि अनि मञ्चतीर लागे । मञ्चमा उनलाई थोरै वोल्न सञ्चालक सम्झाइरहेका थिए किनभने प्रमूख अतिथीको रुपमा वोलाईएकी संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदी को वोल्ने पालै आएको थिएन । उनी मञ्चमा गएर आफुले वोलेको झण्डै १० मिनेटको समयमा ७ मिनेटभन्दा वढि समय सर्वोच्च अदालतले दोषि भनि फैसला गरेका सभाषद वालकृष्ण ढुंगेलको वचाउ गरेर सके । 

चरिकोटवाट प्रसारण हुने हाम्रो रेडियोको पाँचौं वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको समारोहमा देखिएको दृष्य हो यो । कार्यक्रम सुरु भएको केही समयपछि कार्यक्रमस्थलमा ओखलढुंगाका सभासद वालकृष्ण ढुंगेल सहित जिल्लाका नेताहरु छिरे । कार्यक्रममा दोलखाका प्रहरी प्रमूख तथा वर्द वहादुर गणका प्रतिनीधीहरु पनि औपचारिक पोसाकमै थिए । सूरुमा ढुंगेल दर्शकदीर्घामा वसे । त्यसपछि उनलाई सञ्चालकले मञ्चमा वोलाएर मञ्चमा उनि गएर सबैसंग हात मिलाए प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी कर्मचारी तथा संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीसहित अन्य उपस्थित नेतासंग । 
अरु वोल्दा ढुंगेलका वारेमा कसैले कुरा गरेनन । वोल्ने क्रममा राष्ट्रिय प्रजातन्त्रपार्टिका जिल्ला अध्यक्ष नरवहादुर पाख्रिनले उनीप्रति लक्षित गर्दै कानुन हातमा लिएको वताएपछि कार्यक्रममा वोल्नेहरुका विषय उनको वचाउ गर्नतिर केन्द्रित भयो । 
उनले आफ्नो वोल्ने पालामा एउटा लोककथाको उदाहरण दिंदै उनलाई दोषि ठहर गर्ने सर्वोच्च अदालतको फैसला आफुलाई कानुनको त्रास देखाएर आत्मसर्मपण गराउने प्रयास भएको वताए । उनले यो काम अन्तरिम संविधान र वृहत शान्ति सम्भौता विरुद्ध भएकोपनि जिकीर गरे । कानुनको त्रास देखाएर माओवादी लगायतको शक्तिलाई आत्मसर्मपण गराउने प्रयास हुँदैछ । हामी वरु मर्न तयार छौं आत्मसर्मपण गर्दैनौं । उनले भने । 
यसपछि सञ्चालकले सरकारले गठन गरेको न्युनतम पारिश्रमीक निर्धारण समतिका संयोजक तथा पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष गोविन्द आचार्यले वोल्न मञ्चमा वोलाए । मञ्चमा आउनेवित्तिकै उनले पत्रकारिताका भन्दा सभासद वालकृष्ण ढुंगेलको वचाउ गरे । उनले भने अहिले देशका एकथरी मिडियाले द्धन्दका घाउहरु उप्काउन लागेका छन ।  वालकृष्ण ढुंगेलको मुद्धा पनि त्यस्तै हो यदि उहाँको मुद्धा उल्टिए  देशमा १४ हजारको मृत्युका वारे चल्ने मुद्धामा कसले वोल्ने भन्दै उनले समारोहमा वालकृष्णको मुद्धा भनेको गणतन्त्र चाहनेविरुद्ध लगाइएको मुद्धा जस्तै भएको वताए । 

सभासदले संविधानसभाका विषय नै विर्सिए 
कार्यक्रममा वोल्दै पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्रि देवि खड्काले संविधानसभाको वैठक नवसेको लामो समय भइसकेकाले सभाषदहरुले संविधानका विषयवस्तुनै विर्सिएको वताउनुभयो । काम छैन अढाई वर्ष भैसक्यो वैठक नै वस्दैन । सुरुसुरुमा सवै विषयवस्तु कण्ठ थियो । अहिले त विर्सिइ पो सकियो त । खड्काले भनिन । 

३ ओटा विषयमा मात्रै कुरा मिलेन उपसभामुख 
कार्यक्रममा वोल्दै संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदीले अहिले दलहरु विचमा मुख्य तीनओटा विषयमा कुरा मिल्न नसक्दा संविधान वनाउने काममा विलम्व भइरहेको वताउनुभयो । उहाँले भननुभयो“ राज्य पूर्नसंरचना, शासकिय स्वरुप तथा न्याय प्रणाली का विषयमा कुरा मिल्न नसक्दा संविधान निर्माण गर्ने कुरा रोकिएको छ । यस कुरामा अव छलफलवाट टुङ्गो लाग्न नसके संविधानसभाले सबै कुरा संविधानसभाले टुङ्गो लगाउँछ ।”  

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना