• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

युवाका क्षेत्रमा भएका कार्यक्रमहरुको अनुगमन हुने ।


दोलखा जिल्लामा सरकारी तथा गैरसरकारी निकायहरुले गरेका कार्यक्रमहरुका वारे अनुगमन गरिने भएको छ । चरिकोटमा रहेको सहभागीमुलक ग्रामिण विकास कार्यक्रम दोलखाले जिल्लाका सरोकारवाला निकायसंग छलफल गर्दै यस्तो जानकारी दिएको छ ।

सरोकारवालासंग भएको छलफल कार्यक्रममा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुले आफुले युवाका क्षेत्रमा गरेका कार्यहरुका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा वोल्दै जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाँईले जिल्ला विकास समितिवाट हुने विकास निर्माणका कामहरु अधिकांश युवाका क्षेत्रमा लक्षित भएको वताए । “युवालाई भनेर विनियोजन गरिने रकम कम भए पनि जिल्ला विकास समितिमार्फत हुने विकास सनिर्माणका कामवाट युवाहरु नै लाभान्वीत भइरहेका छन ।” उनले भने ।

कार्यक्रममा वोल्दै नेपाल कांग्रेसका सभापति तारावहादुर कोईरालाले अहिले युवाशक्ति वैदेशिक रोजगारमा संलग्न भएका कारण गाँउहरु युवाविहिन भैरहेको कारण युवाका लागि लक्षित हुने कार्यक्रम प्रभावकारी हुन नसकेको वताए । उनले भने “युवाका वारेमा भएका कार्यक्रमका वारेमा भन्दा युवाकै वारेमा चिन्ता गर्नुपर्ने अवस्था आइसकेको छ ।”

कार्यक्रममा नेपाल सरकारले पारित गरेको युवा नीति तथा संयुक्त राष्ट्रसंघवाट पारित अन्तराष्ट्रिय युवाका लागि कार्ययोजना र जनसंख्या तथा विकासका लागि अन्तराष्ट्रिय सम्मेलनमा उल्लेखीत प्रावधानहरुका वारेमा छलफल गरिएको थियो । छलफलमा जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, महिला तथा वालवालिका कार्यालयलगायतका सरकारी तथा नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था, माईति मञ्चलगायतका गैरसरकारी संस्थाका प्रतिनिधीहरुले युवाका क्षेत्रमा आफ्नो कार्यालयले गरिरहेका कृयाकलापका वारेमा जानकारी गराएका थिए ।

छलफलमा वाल्दै नेपाल युवा संस्था सञ्जाल आयोनका अध्यक्ष प्रदिप परियारले युवाहरुको श्रमको सहि सदुपयोग हुन नसकेको वताँउदै देश वनाउनेश्रम विदेशमा खर्च भइरहेका कारण त्यसलाई न्युनिकरण गर्नु आवाश्यक भइसरको वताए । संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष युएनएफपिए को सहयोग तथा नेपाल युवा संस्था सञ्जाल आयोनको सहकार्यमा कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

जिल्लामा युवाका क्षेत्रमा भएका कार्यहरुका वारे अनुगमनका लागि संस्थाले जिल्लाका ३० युवालाई अनुगमनका वारेमा तालिम समेत सञ्चालन गरेको छ । तालिम प्राप्त युवाहरुले असार यहि असारमहिनासम्म जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा युवाका क्षेत्रमा भएका कामको अनुगमन गर्नेछन ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना