• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

यसपटक पढौं न त, एउटा पानी छलफल !

हाम्रो जीवनमा पानीको भुमिका अत्यन्तै महत्वपूर्ण छ । पानी नभए रहन्न जिन्दगानी यस भनाईले पनि पानीको महत्वलाई जनाउँछ । पानीको विषयमा चरिकोटमा एउटा छलफल कार्यक्रमको आयोजना केहि दिन अगाडी गरिएको थियो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला महासंघ दोलखाले २० औं विश्व पानी दिवसको अवसरमा गरिको यो पानी छलफल । छलफलमा महासंघ दोलखाका कोषाध्यक्ष अनिल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

टंक कार्की
जिल्ला संयोजक आर आर एन
हामो समाजका परम्परागत रुपमा पानीका मुहानमा रुख रोप्ने, वोझो रोप्ने काम हुन्थ्यो । रुखहरु मासिन नदिन तथा पानीको श्रोतहरुमा मानविय रुपमा फोहोर गर्न नदिन देवी थानहरु, नागथानहरु जस्ता धार्मीक आस्थासंग जोडेर संरक्षण गरिन्थ्यो । यसका कारण पानीका मुहान संरक्षित हुनुका साथै पानी पनि शुद्ध हने गर्दथ्यो । अहिले पानीका श्रोतहरु जोगाउन गरिने त्यस्ता काममा कमी आएको मलाई लाग्छ । यसले गर्दा भविष्यमा पानीको ठूलो हाहाकार निम्तन सक्छ । खानेपानी एकदमै महत्वपूर्ण विषय हो तर यसका विषयमा हुने कार्यक्रमहरु औपचारिकता पुरागर्ने खालका मात्रै हुन्छन । चरिकोटमा पानि पानीको अभाव त अहिले खड्किएको छैन तर पानीका पाइप अव्यवस्थित छन । समयमै सम्वन्धीत निकायको ध्यान पुग्नु जरुरी छ ।
 राजेन्द्र श्रेष्ठ
अधिवक्ता
आज हामी २० औं खानेपानी दिवस मनाइरहेका छौं । तर चरिकोटमा यस्तो कार्यक्रम यो नै पहिलो पटक भएको जस्तो लाग्छ । जीवनसंग गाँसिएको यस्तो महत्वपूर्ण विषयमा १९ पटक सम्म हामी वेखवर रह्यौं । स्वच्छ पानीका वारेमा समाजमा चेतना फैलाउने काम त भएको छ तर पानीको मुहान संरक्षण गर्ने कुरामा सरोकारवालाले ध्यान दिएन ।

रामकृष्ण केसी
अध्यक्ष चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति
म वनसंग पनि सम्वन्धीत रहेर काम गर्छु । पछि खानेपानी उपभोक्ता समितिमा जीम्मेवारी लीएपछि मलाई जीवनमा पानीको महत्व कति छ भन्ने कुरा महशुस भएको छ । सञ्चार एक दिन अवरुद्ध हँदा त्यस्तो धेरै समस्या नपर्ला तर पानी १ दिन मात्रे रोकियो भने मानिसको दैनिक कामकाज नै डामाडोल हुँदो रहेछ । उपभोक्ताहरु सचेत नभएका कारण पानी खेर गरहेको छ । यसले खाद्यान्न मा पनि असर पारेको छ ।

कमला त्रिपाठी
शिक्षक, त्रिपुरासुन्दरी निमावि
विद्यालयमा पानीको समस्या देखिन्छ । यसका कारण विद्यार्थीहरु पािन मैलो लुगा लगाएर आँउछन । पानी नभएर लुगा धुन नपाएको वताँउछन । पानी लिन टाढा जानुपरेपछि विद्यार्थी तथा अभिभावकको समय पनि त्यत्तिकै खेर गइरहेको छ । यसले विद्यार्थीको पढाईमा पनि असर परेको देखिन्छ । गृहकार्य पनि राम्रोसंग गर्देनन । पानी लिन गएँ भ्याइन भन्छन ।

सिता केसि,
अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा दोलखा
कार्यक्रममा खाद्यान्न पनि विषयवस्तु वन्नु पर्ने हो तर हामी वन पानी का विषयमा मात्रै अल्झियौं । अहिले गाँउमा भुटेको मकै खान छोडेर चाउचाउ खाने वानीको विकास भइरहेको छ । यसले हाम्रो खाद्य सुरक्षामा नै असर परेको छ । यसका बारेमा हामीले कहिले कुरा गर्छौं ।

ध्रुब खड्का 
भी न पा १२ मकैबारी 
पानि प्राकृतिक श्रोत हो । यो अत्यन्तै आवस्यक पनि छ तर यसको स्वामित्व को संग हुने भन्ने कुरा अहिलेको बहसको प्रमुख कुरा हो । अहिले भैरहेको अभ्यास हेर्दा मलाई एउटा कथाको याद आउँछ . एउटा सामुदायिक जंगलमा बेंसी र लेक दुबैका उपभोक्ता रहेछन । लेकमा रहेको जंगलको उपभोग गर्ने काम लेकका बासिन्दाले धेरै अगाडिदेखि गर्दै आ'का थिय । सामुदायिक भय पछी जंगलमा नियम बनाउनु पर्ने भयो । त्यो नियम बेसिंका बासिन्दाले आफ्ना अनुकुल हुने गरि बनाए । यसपछि बनमा द्वन्द को सुरुवात भयो ।  तल्लो भेगका बासिन्दाला अनुकुल निर्णयले माथिल्लो भेगका बासिन्दाले गर्ने गरेको पशुपालन प्रभावित भयो । पछी दुबैलाई मिल्ने गरि नियम बनाउन तल्लो भेगको  समुदाय सहमत भयो र विवाद टुंगियो । अहिले पानीका श्रोत मा पनि त्यस्तै समस्या देखिन लागेको छ । उपभोग गर्दै आयकालाइ बेवास्ता गर्ने । यसले समस्या निम्तियको छ । यसमा ध्यान पुग्नु पर्यो । नत्र प्राकृतिक स्रोतको लडाई दिर्घकालसम्म चल्नेछ ।  

गणेशप्रसाद भट्टराई,
प्रमूख जिल्ला अधिकारी
पानीका कारण धेरै ठाँउ सुन्दर वनेका उदाहरणहरु छन । धुलिखेल अहिले सुन्दर शहरका रुपमा चिनिन्छ । सफा अस्पताल, सफा रेष्टुरेन्ट तथा पार्कहरु पनि यहाँ छन । त्यो शहर यसरी विकास हुनुमा पानीको भूमिका महत्वपूर्ण छ । एकजान मेयर वेलप्रसाद सेठको नेतृत्वमा त्यस सहरमा पानीको लागि उचित प्रवन्धको व्यवस्था गरे त्यसैकारण अहिले धुलीखेल सफा छ । हामी धेरै कुरामा ध्यान दिंदौनौं । पानी भन्दा दुध महंगो छ अहिले तर त्यो पानी पनि शुद्ध छ भन्ने कुरामा ढुक्क हुने स्थिती छैन ।
    काठमाण्डौका चापागाँउ एकपटक दूध सागपातका लागि प्रसिद्ध थियो । पछि गाँउवाट मानिसहरु पनि वसाँई सरे । गाँउका मुहानहरु पनि सुके पानीको हाहाकार सुरु भयो । यसका वारेमा अनुसन्धाान सुरु भयो अनुसन्धान गर्दे जाँदा रमाइलो कुरा फेला प¥यो । त्यो के भने गाँउको डाँडामा पहिला पोखरी रहेछ । त्यस पोखरीलाई मासेरविद्यालय वनाईएछ र त्यो पोखरी भएको ठाँउमा खेलमैदान वनेछ । वर्षाभरी पोखरीमा पानी जम्मा हुँदोरैछ र त्यहि पोखरीका कारण गाँउमा मुल फुट्ने हुँदोरैछ । यसरी पानीका श्रोतको व्यवस्थापन गर्न नसके धेरै समस्या आउन सक्छ ।
    हाम्रा पूर्वजहरुले पानीका श्रोत व्यवस्थापन गर्न धेरै तरिकाहरु अपनाएका थिए । तर अहिले हामीले त्यस्ता कुरा छोडिरहेका छौं । उनिहरु भैंसीका लागि भनेर ठाँउ ठाँउमा आहाल वनाँउथे यसले पानीका श्रोत संरक्षणमा प्रभावकारी भूमिका खेलेको थियो । त्यसवेला भगवानलाई सबैले मान्थे अनि समाजमा अनुशासन कायम थियो । तर अहिले समाजमा अराजकता छ त्यसले पनि श्रोत व्यवस्थापन राम्ररी हुन सकेको छैन । समस्या पानीमा मात्रै हैन हरेक ठाँउमा छ समाधानका लागि मिलेर अगाडी वढनुपर्छ ।

ऋषिराज आचार्य
स्थानिय विकास अधिकारी दोलखा
    छलफलमा हामी पानीको श्रोतमा केन्द्रित भइरहेका छौं । दोलखामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले विभिन्न कामहरु गरिरहेको छ तर अहिले पानीका श्रोतहरु व्यक्तिगत रुपमा दर्ता गरेर कव्जा गर्ने प्रवृति देखिन थालेको छ । एउटै व्यक्तिले २०, २५ ओटा मुहान दर्ता गरेको अवस्था जिल्लामा विद्यमान छ । यसले गर्दा श्रोत र साधनको सहि उपयोग हन असहज परिस्थित पैदा हुन्छ । यसको लागि सरोकारवालाहरुले समयमै ध्यान पु¥याउनु जरुरी छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दोलखा शाखाले २० औं पनि दिबसको अवसरमा २०६८ चैत्र ९ गते गरेको पानी र खाद्य सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले व्यक्त गरेको विचारको सम्पादित अंश

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना