अर्जुन “अपवाद”
कुखुराहरु,
हत्या गर्ने मनसायमा
हुर्काइन्छन, वढाइन्छन ।
स्याहार पाँउछन
आफ्नो मृत्युको पत्र
सरानीमा राखेर ।
कुखुराहरुको वस्तिमा
जाडो हुन दिइन्न
गर्मी हुन दिइन्न
ओखती नै ओखती कोच्याएर
विरामी हुन दिइन्न ।
वस्तिभित्र कुखुराको संख्या
कुनै वखत
सगरामाथा छुने आँट गर्छ
उत्साह उमंगले ।
कहिलेकाँही
विरक्तिएर झोक्राँउदैसागरतिर ओइरिन्छ
तर
कहिल्यै रित्तिन्न
उत्सवले मान्छे आत्तिएपछि
दूखमा वियरसंग मात्तिएपछि
कुखुराहरु चुपचाप चुपचाप
मृत्यु स्विकार गर्छन
विना स्वार्थ विना अपेक्षा ।
घाँटीसम्म आएपछि
मान्छे घोषणा गर्छ
बाँच्न पाउने सबैको
जन्मसिद्ध अधिकार हो ।
apawad@hotmail.com
No comments:
Post a Comment