• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पूर्व सांसद पोखरेल माथि हमला, सञ्चारमाध्यम बेखबर


नयाँ वर्ष २०६९ धेरैका लागि सुखद रह्यो तर दोलखाका पूर्व सांसद आनन्द पोखरेलका लागि भने यो नयाँ वर्षको पहिलो दिन नै दुखद हुन पुग्यो । साँसद पोखरेलमाथी नयाँ वर्षको शुभ अवसरमा दोलखामा साङ्घातिक आक्रमण भयो । घटना भएको धेरै समय (यो समाचार तयार पार्दा १५ दिन ) सम्म दोलखाका कुनै पनि सञ्चारमाध्यमले घटना थाहा पाएनन वा यसका वारेमा प्रकाशन प्रशारण गरेनन ।

घटना यसरी भएको थियो ।

दोलखा जिल्लाको मागापौवा गाविस वडा नं. ३ मा रहेको कमला निम्न माध्यामिक विद्यालयले नयाँ वर्षको अवसर पारेर चिठ्ठा कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रममा दोलखाका पूर्व सांसद एवं नेकपा एमाले प्राकृतिक श्रोत विभागका सचिव आनन्दप्रसाद खरेललाई पनि निमनत्रणा गरिएको थियो । पोखरेल सहितको एक टोली निमन्त्रणा मान्नका लागि मागापौवा पुगिसकेको थियो । दिनभर पोखरेललाई प्रमूख अतिथि वनाएर आयोजना गरिएको कार्यक्रममा उनले माओवादीको वारेमा चर्को आलोचना पनि गरेको कार्यक्रममा सहभागि एक स्थानियले जानकार दिएका छन । उनका अनुसार कार्यक्रम सकिएर फर्कदाँ रात पर्न लागेको थियो । उनिसहितको टोली मागापौवावाट चरिकोट फर्कन लागेको थियो । भोलीपल्ट दोलखाकै जिरीमा हुन लागेको क्षेत्र नं. १ को क्षेत्रिय अधिबेशनमा सहभागी हुनका लागि ।
    अन्दाजी साँढे ५ वजे कमला निम्न माध्यामिक विद्यालयवाट हिंडेको आनन्द पोखरेल चढेको गाडी मागापौवाकै गाँउ विकास समितिको कार्यलय रहेको स्थानमा आइपुग्यो । गाँउ विकास समितिको कार्यालयमा गाडी आइपुगिसकेपछि स्थानिय माओवादी कार्यकर्ता परमात तामाङसहितको एक समूहले मागापौवा स्थानिय मागापौवा निम्न माध्यामिक विद्यालयका लागि १० हजार रुपैंया चन्दा माग गरे । पोखरेलले आफूसंग त्यत्ति धेरै रकम नभएको र १ हजार मात्र भएको वताए । यसपछि भनाभन मात्रै भएन स्थिती हात हालाहालसम्म पुग्यो । एमाले दोलखा क्षेत्र नं. २ का अध्यक्ष भुवन केसी माथी आक्रमण भएपछि हात हालाहाल भयो ।
    स्थानिय माओवादी गाँउ कमिटीले भने यो माआवादी पार्टीभन्दा पनि जाँड खाएकाहरुले घटाएको घटना भनेको छ । प्रहरीले भने घटनासंग सम्वन्धीत २ जनालाई पक्राउ गरि सार्वजनिक अपराधअन्तर्गत मुद्धा चलाउने वताएको छ भने वाँकीको खोजी भइरहेको वताएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना