पत्रकार आक्रमण मुद्धामा अदालतमा मुद्धा चलिरहेका विराटनगर युथ फोर्सका अध्यक्ष परशुराम वस्नेतले पत्रकार र पेशेवर अपराधी उस्तै भएको आरोप लगाएका छन ।
गृह जिल्ला दोलखा आएका परशुरामले चरिकोटमा पत्रकारहरुप्रति यस्तो टिप्पणी गरेका हुन । सदरमुकाम चरिकोटको एमाले पार्टी कार्यालयमा गएपछि एमालेका जिल्ला नेताहरुले उनलाई स्वागत गरेका थिए । एमाले श्रोतका अनुसार आज जिल्ला कमिटिको वैठक पनि परशुरामको आगमनका कारण प्रभावित भएको थियो । उनिसंग वजारमा जिल्लाका युवा संघका कार्यकर्ता तथा नेताहरुको भीड लागेको थियो । उनको अगुवाईमा चरिकोटको एक होटलमा अनौपचारीक चियापान समेत भएको श्रोतको भनाई छ । श्रोतले जानकारी दिएअनुसार चियापानमा एमाले जिल्लाकमिटिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिती थियो ।
चियापानका क्रममा उनले पत्रकारहरुको कामको प्रशंसा गरेका थिए । चियापानका एक सहभागिले भने चियापानका क्रममा उसले पत्रकारहरुलाई धन्यवाद दिएको थियो । पत्रकारहरुले मलाइृ देशभर चिनाइदिए । यो त मेरा लागि राम्रै हो । परशुरामको भनाई उद्धृत गर्दै ती सहभागिले भने ।
चियापान सकिएपछि भने उनले पत्रकारहरुलाई अपराधी जस्ते भएको वताए । युवा संघ दोलखाका एक पदाधीकारीले पत्रकारहरुको प्रसङ्ग निकालेपछि भने उनले पत्रकार प्रहरी, माओवादी र पेशेवर अपराधी एकै भएको टिप्पणी गरेका थिए । उनले भने “यी चारओटा मान्छेहरु मलाई एकै लाग्छ । संगत नगरिपनि नहुने तर सधें सचेत रहनुपर्ने ।”
श्रोतका अनुसार उनि कुल पुजाका लागि आफ्नो घर आएका हुन ।
No comments:
Post a Comment