• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

विचरा म

"अर्जुन अपवाद "
विज्ञानले आफ्नो भन्दै
दावी गरिरहेको यो युगमा
चन्द्रमामा जग्गाको मोलमोलाई
चलिरहेको छ 
तर म
आफ्नै आदिमथलो
अन्वेशणमा जीवन व्यतित गरिरहेछु ।
 
मानिस सामाजिक प्राणी
सामुहिकता उसको परिचय
धेरै काल अघिको वुद्धवाणी
यसैको आडमा आज
ताण्डवनृत्य मञ्चन गरिँदैछ
नयाँ नेपालमा ।

अघि जाने वहस छ

पछिल्तिर दौडिएर
मैले वुझ्न सकेको छैन
तराई झरेर, हिमाल चढिन्छ र ?

सस्तो विवेक हाम्रै हो की ?

जहाँ पनि जहिले पनि
किनवेच हुन सक्ने
वजारको सरसामान झैं ।

परालको वुख्याचा वलियो होला

हाम्रो अभिमानभन्दा
म, म हुँ भन्न नसक्ने
कसैले भनिदिनुपर्ने ।

आफ्ना वारे आफैं वोल्न नसक्ने

अरुले ने वोली दिनुपर्ने
मोटो भने
दुव्लो भए पनि मोटो हुने
पातलो भने पातलै हुने
ठूलाहरुले जे भने पनि हुने
जे गरे पनि हुने
हामी विना विरोध सहने ।

पराईको खान्की खाएर

आफ्नै वास आगो लगाउने
वुइ चढ्न पाइयो भने
संसार सारा भुलिदिने ।
कुनै दिन कुनै वखत
भूँइमा पछारिने दिन आएपछि
सारा इतिहास सम्झने
कस्तो विवेक लिएर जन्मिएँ म ?
आफ्नै हितमा प्रयोग गर्न नसक्ने ।

सबै कुरा सम्झेर ल्याँउदा

भन्न करै लाग्छ
विचरा म !
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

हाम्रो फेसबुक पाना