अर्जुन अपवाद
हुन त कार्यालयको वडापत्रमा सेवा दिएवापत कुनै शुल्क तिर्नुपर्ने प्रावधान राखिएको छैन । तर सर्वसाधारण भन्छन पैसा नतीरी सेवा नै पाइन्न ।
जिल्ला पशुसेवा कार्यालयले चरिकोटमा आयोजना गरेका सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखा परिक्षणमा सहभागी भएका सर्वसाधारणले कार्यालयवाट प्राप्त हुने सेवा लिनका लागि कार्यालयका कर्मचारीहरुले अनावाश्यक रुपमा रकम लिने गरेको वताए । कार्याक्रममा सहभागी एक सेवाग्राही भन्छन "कार्यालयबाट 4 किलोमिटर पनि दुरी छैन तर प्राबिधिक लैजाँदा तिन हजार नभई हुन् भनेर असुल गर्छन "
कार्यक्रममा सहभागिले उठाएको समस्याका वारेमा जवाफ दिंदै जिल्ला पशुसेवा कार्यालय दोलखाका कार्यलय प्रमूख रामचन्द्र देवकोटाले यस वारेमा आफुले आन्तरिक छानविन गरि यस्तो कार्यालयमा संलग्न कर्मचारीलाई आगामी दिनमा यस्तो कार्य नदोहो¥याउन चेतावनी दिइने वताउनुभयो । स्थानिय विकास अधिकारी ऋषिराज आचार्यको अध्यक्षतामा संलग्न कार्यक्रममा पशुसेवा कार्यालयले सञ्चालन गरिरहेको बृहत्तर चौरी विकास तथा ग्रामिण युवा स्वरोजगार कार्यक्रमका वारेमा यस वर्ष सञ्चालन भएका कार्यक्रमहरुका बारे जानकारी गराइएको थियो । कार्यक्रममा चौरी विकास कार्यक्रमका वारेमा जानकारी दिंदै जिल्ला पशुसेवा कार्यालय प्रमुख देवकोटाले जिल्लाका ६ ओटा क्षेत्रमा चौरीवकास कार्याक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा युवा स्वरोजगार सम्वन्धी जानकारी दिंदै कार्यालयका पशुचिकित्सक रामचन्द्र सापकोटाले हालसम्म कार्यालयले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १ सय ७२ जना युवाहरुलाई विभिन्न कार्यक्रम गर्नका लागि सहयोग प्रदान गरिएको वताउनुभयो । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत यस वर्ष जिल्लाका ३० युवालाई ३० हजारका दरले कार्यक्रम गर्न सहयोग गरिएको वताउनुभयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कार्यक्रम लक्षित वर्गसम्म पुग्नुपर्ने वताँउदै कार्यक्रम सफल वनाउनका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने वताउनुभयो । कार्यक्रममा वोल्दै एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी हिमाल शर्मा, एमालेका जिल्ला कमीटि सदस्य हिरा थोकर, राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला सचिब तीर्थ केसी लगायतले वाल्दै किसानसंग सम्बन्धीत कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुनुपर्ने वताउनु भयो ।
apawad@hotmail.com
No comments:
Post a Comment