नेकपा माओवादीका पोलिटव्युरो सदस्य हितमान शाक्यले नेपाली क्रान्तीलाई सफल वनाउनका लागि नेकपा माओवादी पार्टिले शसस्त्र युद्ध गर्ने वताएका छन ।
पार्टीका आगामी कार्यदिशा लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी दोलखाले आज चरिकोटमा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममा वोल्दै शाक्यले नेपाली जनताका लागि मुक्तिको सपना वाँडेको एनेकपा माओवादीका पुष्पकमल दाहाल र वावुराम भट्टराइ लगायतका नेता दक्षिणपन्थि तथा नवसंसोधनवादी किक्तामा उभिएका कारण नेपाली क्रान्ती सफल हुने सपना अधुरो रहने भएका कारण नयाँ पार्टीको आवश्यकता परेको वताए । भेलामा वोल्दै शाक्यले पार्टी फुटमा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको भूमिका प्रमूख रहेको आरोप लगाँउदै उनले जनविद्रोह सफल वनाउनका लागि नेकपा माओवादी देशव्यापि सेना निर्माणको अभियानमा जुटेको वताए । “क्रान्ती सफल वनाउनका लागि हामी शान्तीपुर्वक संघर्ष गर्छौ । यदी यस कुरामा सुनुवाई भएन भने हतियार पनि उठाइन्छ ।” शाक्यको भनाई उद्धृत गर्दै भेलामा सहभागि गोविन्द काफ्लेले भने ।
प्रशिक्षण कार्यक्रममा नेकपा माओवादीका पोलिटव्युरो सदस्य हितमान शाक्य लगायत ताम्सालिङ राज्य समितिका इञ्चार्ज सूर्य सुवेदी, केन्द्रिय सदस्य कुमार दाहालले पार्टिको आगामी कार्यदिशा लगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्लाका १ सय २० कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा सहभागि नाम्गेल मोक्तानले जानकारी दिए । प्रशिक्षणमा नेपालको वर्तमान राजनीतिक परिवेश, पार्टिको आगामी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेकपा माओवादी दोलखाका इञ्चार्ज पूर्णवहादुर खड्का, सेक्रेटरी उज्जवल थामी लगायतको उपस्थिती रहेको थियो ।
apawa@hotmail.com
No comments:
Post a Comment