• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल : तिम्रा मिठा कुरा


अर्जुन“अपवाद”

तिम्रा मिठा कुरा सुनी, उसलाई छोडी आएँ
विचार यता असल लाग्यो, नाता तोडी आँए

उ मलाई नजाउ भनि, हात जोड्दै थियो
पुग्ने ठाँउ फरक प¥यो, लक्ष्य मोडी आँए ।



अप्ठ्यारो पो हुने रैछ, एक्लो जीवन ज्युन
नयाँ यात्रा सुरु गर्न, साइनो जोडी आँए ।

सारा इच्छाहरु यहाँ, दवाएरै बाच्नुपर्ने
जान्दाजान्दै विषवृक्ष, मैले गोडी आँए ।

आँखाबाट झरी पर्दा, मनभित्र पैरो गाथ्यो
कति पाप लाग्छ होला ? उस्को दील फोडी आँए ।


apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना