• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कार्यक्रम पुष्पलालको, छलफल हिमालीको


कार्यक्रममा अधिकांश सहभागिलाई उच्च पहाडी जीविकोपार्जन सुधार परियोजना (हिमाली प्रोजेक्ट)का वारे जानकारी दिन आमन्त्रण गरिएको थियो । तर कार्यक्रम हलमा पसेपछि सहभागीहरु अलमलिए पुष्पलाल स्मृति दिवसका कुरा सुनेर । 


Photo from HIMALI PROJECT site
नेपाली कम्युनिष्ट पार्टिका जन्मदाता मानिन्छन पुष्पलाल । उनको जन्मदिनका अवसरमा देशभरि नेकपा एमालेले विभिन्न कार्यक्रम गरेर मनाउने चलन विगतदेखि नै चलेर आएको हो । तर दोलखामा पुष्पलालका स्मृतिमा गरिएको कार्यक्रममा नेपालका १० हिमाली जिल्लामा यस वर्षदेखी सुरु भएको हिमाली परियोजनाका वारेमा छलफल भयो । जिल्लाका विभिन्न क्षेत्रबाट आएका किसान राजनीतिज्ञहरुले कार्यक्रममा पुष्पलालका विचार सुनेनन वरु हिमाली परियोजनामा योजनाहरु कसरी निर्माण गर्ने भन्ने सिके । कार्यक्रममा सहभागी भएका एक सहभागीले आफु कार्यक्रममा पुगेपछि मात्रै आफुले आज पुष्पलाल स्मृति दिवस भएको थाहा पाएको वताए । “हिमाली परियोजनाका वारेमा छलफल गरिने भनेर नै निम्ता गरिएको थियो । कार्यक्रममा पनि यसकै वारेमा कुरा भयो”, उनले भने । उनका अनुसार एमाले जिल्ला अध्यक्ष लगायत अन्य नेताले हिमाली परियोजनाका वारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि एक एमाले नेताले पनि कार्यक्रममा हिमाली परियोजनाका वारे छलफल भएको वताए । “एमाले अहिले एक गाँउ एक उत्पादनको अभियानमा लागेको छ । त्यसैकारण पनि यस विषयमा छलफल भएको हो,” उनले भने ।
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु हुन लागेको हिमाली परियोजनामा किसानले ८० प्रतिशतसम्म अनुदान पाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था भएपछि जिल्लामा किसानभन्दा वढि राजनैतिक दल सक्रिय हुन लागेका छन । आफ्ना कार्यकर्ताहरुका विचमा कसले वढि योजना पार्ने भन्ने अघोषित प्रतिष्पर्धा नै चलेको छ । यो कुरा राजनैतिक दलका नेता पनि स्विकार्छन । भन्छन “पछि हामीलाई थाहा दिएनन भन्ने आलोचना सहनुभन्दा अहिले नै कार्यकर्ताहरुलाई जानकारी दिइएको हो ।”

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना