• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

तमाङपुत्रको माग नेपाल हिन्दु राज्य हुनुपर्छ ।



हेर्दा अनुहार मंगोलियन नै थियो । यस्ता अनुहार हुने धेरैजसोको गुनासो हुन्छ, हिजो हामीलाई राज्यले धर्मका आधारमा अन्याय ग¥यो । राज्यले हिन्दु धर्म मान्नेलाई वढि प्राथमिकता दियो । अरु धर्ममा आस्था राख्नेलाई मान्यता दिएन । राज्य कुनै धर्म राख्नेको मात्रै हैन त्यसैकारण राज्य धर्म निरपेक्ष हुनुपर्छ ।

यस्तै कुरा सुनिने चरिकोटमा केहि दिनअगाडी अनौठो घटना घट्यो । एकजना तामाङले नेपालमा हिन्दु राज्यको वकालत गरे । चरीकोटमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा वोल्दै फुर्वा तामाङले नेपालको समग्र विकासका लागि राज्य धर्ममा निरपेक्ष नभई सापेक्ष हुनुपर्ने वताए । राष्ट्रिय शिव सेना पार्टीको दोलखा जिल्ला कार्य समिती गठन भएको जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा कार्यसमितिको पुरै विवरण भने दिइएको थिएन । तामाङ नेपाली सेनाका पूर्व कर्मचारी हुन । दोलखाको भिमेश्वर नगरपालिकाको माटी स्थायी घर भएका तमाङको अध्यक्षतामा ६ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको हो ।
 केन्द्रमा २०६७ सालमा नै पार्टी गठन भए पनि दोलखामा यो पार्टीको नाम यस अघि सुनिएको थिएन ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना