दोलखाको गौरिशंकरको वेदिङमा जन्मिएका हिमआरोही पेम्वा दोर्जे शेर्पा निरन्तर वढिरहेको च्छो रोल्पा तालको आकारवाट चिन्तत छन । सानो छँदा आफुहरुले चौंरी चराएको ठाँउमा अहिले वल्लोछेउवाट पल्लो छेउ नै नदेखिने आकारको ताल वनिसकेको छ । यसले त्यसको नजिकै पर्ने वेदिङमात्र हैन देशमा नै असर पर्छ उनले भने । उनको भनाईवाट च्छोरोल्पा तालको उत्पति धेरै अगाडी हैन भन्ने बुझ्न सकिन्छ । सन १९५७ देखी सन १९५९ को विचमा ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको फैलावट सन २००९ मा १.५३७ वर्गकिलोमिटरमा पुगिसकेको छ । यसरी निरन्तर फैलिरहेको च्छो रोल्पा दोलखाको मात्र नभई देशकै ध्यान तान्ने माध्यम वनिसकेको छ ।
![]() |
तालको बढिरहेको नक्सा श्रोत इन्टरनेट |
हिमाली क्षेत्रमा रहेका तालहरुका वारेमा अनुसन्धान गरिरहेको संस्था इसिमोडले सन २०११ मा प्रकाशन गरेको एक प्रतिवेदनका अनुसार च्छो रोल्पा हिमतालको विष्फोटन भएमा तामाकोसी नदि किनारका ३ सय ३१ घरमा क्षति पुग्नेछ । वाढिवाट ८ सय ३५ घरधुरीको सम्पत्ती नोक्सान पूग्नेछ । यसवाट ५ हजार १ सय ८३ जनसंख्या प्रत्यक्ष प्रभावीत हुनेछ । वाढिका कारण ८ हजार १ सय ८७ हजार अमेरीकी डलरवरावरको आर्थीक क्षती हुन सक्छ ।
जोखिम न्युनिकरणका लागि भएका प्रयास
तालको कारणवाट जोखिम बढेपछि जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु भइरहेका छन । तालको आकार वर्षेनी वढ्न लागेपटि सन १९८८ को मे महिनामा दोलखा र रामेछापका १६ ओटा उच्च जोखिमममा रहेका गाँउहरुमा साइरन निर्माण गरिएको थियो । जोखिम न्युनिकरणका लागि सन १९९८ मा विश्व बैङ्कको, नेदरल्याण्डस अन्तराष्ट्रिय विकास सहयोग निडा र नेपाल सरकारकोल संयुक्त पहलमा तालको सतह तीन मिटर घटाइएको थियो । साईरनहरुमा रहेका सौर्य पाता लगायतका सामाग्रीहरु द्धन्दकालमा माओवादीले लगेपछि अहिले साईरनहरु बेकामे वनेका छन । यस पछि युएनडिपिको सहयोगमा इर्काडस दोलखाले विगत २ वर्षदेखि जोखिममा रहेका सिङ्गटी भोर्ले लगायतका स्थानमा जोखिम न्युनिकरण्का लागि काम गरिरहेको छ । कार्यक्रम अन्तर्गत जोखिममा परेका सिङ्गटी भोर्ले लगायतका वस्तिमा पूर्वसुचना दिनका लागि संयन्त्र वनाइएको र स्थानिय स्तरमा समूह निर्माण गरि समूहहरुलाई आर्थिक सहयोग समेत इकार्डस दोलखाका तिवेन्द्रराज सापकोटाले जानकारी दिए । जोखिममा रहेका वस्तिहरुमा नदिको पानकिो मात्रा मापन गर्ने, यसैगरि तल्लो क्षेत्रमा जोखिमको जानकारी दिनका लागि टेलिफोन सेट लगायतका सामाग्री समेत वितरण गरिएको छ । उनले भने । स्थानिय बासिन्दा पनि समयमा नै पूर्वसुचना पाउने हो भने जोखिम कम गर्न सकिने वताँउछन । तामाकोसी किनारमा रहेको जगतमा होटल व्यवसाय सञ्चालन गरिरहेका देवराम वुढाथोकी भन्छन हिमतालको विष्फोटनको सुचना समयमा नै प्राप्त गर्न सकिए जोखिमको धेरै कम गर्न सकिन्छ ।
सेतिको वाढीले झस्कायो
२०६९ बैशाख २३ गते शनिवार सेती नदिमा वाढी आयो । विना वर्षा आएको वाढिले ३१ जनाको ज्यान लिएको थियो भने ४० जना अझै हराइरहेका छन । यस वाढीको समाचारसंगै दोलखामा रहेको च्छोरोल्पाका वारेमा पनि चिन्ता वढेको छ । सेतिमा आएको वाढीका वारेमा अझै पनि एकिन कारण पत्ता लगाउन सकिएको छैन ।
सेतीको वाढिका कारण दोलखामा पनि च्छोरोल्पा तालको कुरा आएको थियो । तर दोलखामा विगतदेखी नै च्छोरोल्पाका वारेमा कार्यक्रमहरु सञ्चालन गरिएकाले यस क्षेत्रमा त्यती धेरै क्षती नहुने सरकारी अधिकारीको भनाई छ । युएनडिपिको सहयोगमा इकार्डस दोलखा र सिडिइसिएफ सिन्धुपाल्चोकको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरिएको विपद व्यवस्थापन सम्वन्धी कार्यक्रममा धेरै जसो समय च्छोरोल्पाका वारेमा भयो । दोलखा र सिन्धुपाल्चोकका २५ पत्रकार सहभागि कार्यक्रममा विपदका अवस्थामा समाचार संकलन लगायतका विषयमा छलफल गरिएको थियो ।
पूर्व तयारीबारे सरकार तयार छैन ।
कार्यक्रममा दोलखाका प्रमूख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विपद न्युनिकरणका वारेमा सरकारसंग कुनै कार्यक्रम नरहेको वताए । सरकारको काम त विपद परिहालेमा उद्धार राहत मात्रै गर्ने भन्ने जस्तो छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पराजुलिले भने । जिल्लामा विपद परिहालेमा सेना प्रहरी रेडक्रस लगायतको भूमिका प्रष्ट रुपमा उल्लेख गरिएको छ । तर यी संस्थाहरुसंग आवाश्यक समयमा वैठक नै वस्न सक्दैन । उनले अगाडी थपे । कार्यक्रमको समापन समारोहमा भाग लिएका सहायक प्रमूख जिल्ला अधिकारी रोशन ज्ञवनली भन्छन सरकारले नै उद्धार केन्द्रविन्दुमा राख्ने चलन छाडेर पुर्वतयारीका कार्येक्रमहरु पनि सुरु गर्नुपर्छ ।
apawad@hoptmail.com
No comments:
Post a Comment