• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

वृक्षारोपण कार्यक्रम सम्पन्न


इश्वरी दाहाल / मिर्गे

 जिल्ला भू संरक्षण कार्यालय दोलखाको सहयोगमा मिर्गे गाविस वडा नं. ५ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानिय आर्वतन कृषक समूहको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा विभिन्न जातका ४ सय विरुवा रोपिएका छन ।
वृक्षारोपण कार्यक्रममा किम्बु, बडहर, बाँस लगायतका डालेघाँसका विरुवाहरु रोपिएको थियो । पशुपालनमा समेत सहयोग पुग्ने र वातावरण समेत संरक्षण हुने भएका कारण डालेघाँसका विरुवाहरु रोपिएको स्थानिय राजेन्द्र दाहालले जानकारी दिनुभयो । उनका अनुसार कार्यालयले उपलव्ध गराएका विरुवाहरु नाङ्गा पाखा जग्गामा रोपिएको र विरुवा हुर्किएपछि पशुपालनका लागि सहयोगि हुने भएका कारण वृक्षारोपण कार्यक्रममा स्थानिय वासिन्दाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
घाँसका विरुवाहरु पाएपछि स्थानिय वासिन्दाहरु खुसी छन । स्थानिय वासिन्दा शेषमाला तामाङले भनीन “पहिले गाँउमा यस्ता पोसिलो घाँसको विरुवा पाइन्नथ्यो । तर अव गाँउमा यस्ता विरुवा भित्रएका कारण आगामी दिनमा पशुपालन गरेर जीवन चलाउन छोरा नातीहरुलाई सजिलो होला ।”
घाँसकका विरुवा वितरण भएपछि यसले पशुपालनमा त स्थानिय वासिन्दालाई सहयोग गरेको छ नै यसका कारण वातावरण जोगिनुका साथै भू क्षयको खतरा पनि कम भएको छ । पहाडी क्षेत्रमा भू संरक्षणका लागि गरिने प्रयासहरु वहु आयामीक रुपवाट अगााडी वढाउन सकिए त्यसले दीर्घकालिन फाईदा दिन सक्छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना